Advertisement
Advertisement
Advertisement
Advertisement

मि टू अभियानमा सक्रिय नायिका अर्जेन्टो आफैँ आरोपित

  |      13:01:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र ५, काठमाडौं ।  यौन दुर्व्यवहार तथा लैङ्गिक विभेदविरुद्ध सञ्चालित मि टू अभियानकी अग्रणी व्यक्तित्वमाथि नै यौन दुर्व्यवहारको आरोप लागेको बताइएको छ।

 

गतवर्ष बरिष्ठ हलिवूड चलचित्र निर्माता हार्भी वाइन्स्टिनमाथि यौन दुर्व्यवहारको आरोप लगाउने अग्र पंक्तिमा इटालेली नायिका आजिया अर्जेन्टो पनि एक थिइन्। न्यू योर्क टाइम्समा उल्लेख भएको  कानुनी पुर्जाका आधारमा नायिका आजिया अर्जेन्टोले आफ्ना पूर्व सहकर्मीलाई ३ लाख ८० हजार अमेरिकी डलर तिरेकी थिइन्।

 

पूर्व सहकर्मी जिम्मी बेनेटले क्यालिफोर्निया होटलको एक कोठामा आजिया अर्जेन्टोले आफूमाथि सन २०१३ मा यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए।

 

अस्वीकार
नायिका अर्जेन्टोका वकिलले आरोपबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। आरोपी जिम्मी बेनेट घटना हुँदा जम्मा १७ वर्षका थिए जबकी क्लालिफोर्नियामा आपसी सहमतिमा यौन सम्पर्क गर्न सकिने उमेर १८ तोकिएको छ।

 

घटनाका बेला नायिका अर्जेन्टो ३७ वर्षकी हुनुपर्ने बताइएको छ। न्यू योर्क टाइम्सको समाचारमा भनिएको छ, कानुनी पुर्जामा बेनेटले उक्त घटनापछि आफू आहत भएको र आफ्नो मानसिक स्वास्थ्य एवं काममा समस्या उत्पन्न भएको उल्लेख गरेका छन्।
उनले सन २००४को एउटा सिनेमामा अर्जेन्टोको सानो छोराको भूमिका खेलेका थिए।

 

सहयोग
अखबारले देखेको कानुनी पुर्जाबारे नायिका अर्जेन्टोका वकिलले बेनेटलाई सहयोग स्वरुप त्यो रकम उपलब्ध गराइएको र त्यसैका आधारमा नायिकालाई शिकार बनाइएको बताएका छन्।

 

भ्यानिटी फेयरले प्रकाशित गरेको एक विज्ञप्तीमा बेनेटका वकिलले बेनेटले तत्काल प्रतिक्रिया नदिने तर आगामी २४ घण्टा वा त्यो भन्दा बढि समय लिएर केही प्रतिक्रिया दिने बताएका छन्। हार्भी वाइन्स्टिनका वकिलले पछिल्लो घटनाक्रमले ूआजिया अर्जेन्टोको आश्चर्यचकित बनाइदिने खालको पाखण्ड उजागर भएको टिप्पणी गरेका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement