Advertisement
Advertisement
Advertisement
Advertisement

महिला समालोचकको सङ्ख्या वृद्धि गरिनुपर्नेमा जोड

  |      19:45:00   |  
महिला समालोचकको सङ्ख्या वृद्धि गरिनुपर्नेमा जोड

असार १४, काठमाडौं । नेपाली साहित्य जगत्मा महिला समालोचकको सङ्ख्यामा कमी रहेकाले घरपरिवार एवं समाजले प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको छ ।

सिसार साहित्य प्रतिष्ठानले आज यहाँ आयोजना गरेको महिला समालोचक देवी गुणीद्वारा लिखित ‘हरिविक्रम केसी व्यक्ति र कृति’ समालोचना ग्रन्थको लोकार्पण कार्यक्रमका सहभागीले अवसर दिए महिला पनि लेखन क्षेत्रमा अब्बल भएर आउने बताउनुभयो ।

कार्यक्रममा पद्ममकन्या क्याम्पसकी पूर्वप्राध्यापक रञ्जुश्री पराजुलीले देवीजस्ता महिला समालोचकको सङ्ख्या वृद्धि गर्न सबैको सहयोग हुनुपर्ने विचार राख्नुभयो । ‘मसान’ शीर्षकको एउटै नाटक लेखे पनि गोपालप्रसाद रिमाल प्रसिद्ध नाटककार हुनुभएजस्तै थोरै गुणस्तरीय कृतिले स्रष्टालाई अमर बनाउने उहाँले बताउनुभयो ।

केसीले ‘भावनाका भुल्काहरु’ एउटै कविता सङ्ग्रह लेखेपनि राम्रो भएकाले नै समालोचना कृति प्रकाशित गर्न लेखकलाई प्रेरणा मिलेकामा कार्यक्रमका वक्ताले जोड दिनुभएको थियो । प्रतिष्ठानका अध्यक्ष ज्ञाननिष्ठ ज्ञवालीले विसं २०३५ मै शुरु भएर बन्द रहेको सिसार साहित्यिक द्वैमासिक पत्रिकालाई विसं २०६४ देखि पुनःनिरन्तरता दिइएको उल्लेख गर्नुभयो । 

सो अवसरमा प्रा डा विष्णुराज आत्रेय, लक्ष्मीप्रसाद ज्ञवाली, स्रष्टा केसी, लेखिका गुणी, लोकेन्द्रराज भट्टराई, कविता केसीलगायतका वक्ताले महिला समालोचकलाई नेपाली साहित्यमा अझै बढी प्रेरणाको आवश्यकता रहेकामा ऐक्यबद्धता जनाउनुभएको थियो । 

कविता बस्नेत र विनोद भण्डारीले प्रकाशन गर्नुभएको समालोचना मूल्य रु २११ छ । लेखिकाको यो पहिलो समालोचना कृति भएको कार्यक्रममा जानकारी गराइयो । सो अवसरमा सिसारको अङ्क १६ समेत सार्वजनिक गरिएको थियो ।

- रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement