Advertisement
Advertisement
Advertisement
Advertisement

महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगरलाई

  |      13:34:00   |  
महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगरलाई
असार १२, विराटनगर । पहिलो संस्करणको उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले हात पारेको छ ।
 
हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको फाइनल खेलमा विराटनगरले बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै विराटनगरले रु पाँच लाख हात पार्दा उपविजेतामा चित्त बुझाएको बाह्रबिसेले रु तीन लाख प्राप्त ग¥यो ।
 
खेलको निर्धारित समयसम्म १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । विराटनगरकको जीतमा रेखा पौडेल, इमा राई, विद्या राना र मनमाया लिम्बूले गोल गरिन् । यता बाह्रबिसेका लागि भने रुबिना पहरीले एक गोल गरिन् ।
 
त्यसअघि खेलको निर्धारित समयसम्म १–१ गोलको समाप्ती हुँदा विराटनगरका लागि जमुना मगरले गोल गरेकी थिइन् भने बाह्रबिसेका लागि सम्झना लावतीले गोल गरेकी थिइन् ।
 
प्रतियोगितामा विराटनगर महानगरपालिकाकी रेखा पौडेल सर्वोकृष्ट खेलाडी घोषित भइन् । उनले उपाधिसहित ट्रफी र रु २५ हजार हात पारिन्। 
 
त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर विराटनगरकी कल्पना कार्की, डिफेण्डर बाह्रबिसेकी सरिता शेर्पा, मिडफिल्डर बाह्रबिसेकी रजनी श्रेष्ठ र स्ट्राइकर बाह्रबिसेकै पार्वती घले घोषित भइन् । उत्कृष्ट प्रशिक्षकको उपाधि भने विराटनगरका पारस चौधरीले पाए । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही रु दश हजार प्राप्त गरे ।
 
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को महिला समितिद्वारा आयोजित उक्त प्रतियोगितामा विभिन्न १८ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
रासस 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement