Advertisement
Advertisement
Advertisement
Advertisement

महिला अधिकारकर्मीद्वारा नगर प्रमुखको राजीनामा माग

  |      00:00:00   |  
महिला अधिकारकर्मीद्वारा नगर प्रमुखको राजीनामा माग

असार १०, सुर्खेत । कर्णालीका महिला अधिकारकर्मीहरुले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीको राजीनामा माग गरेका छन् । महिला अधिकारका क्षेत्रमा कार्यरत यहाँका नौ महिला अधिकारवादी संस्थाका प्रमुखले सामूहिकरूपमा राजीनामा माग गरेका हुन् । 

महिला अधिकारवादीको संयुक्त हस्ताक्षरित हिजो जारी विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्र अधिकार हनन गरी समग्र महिलाको बेइज्जत गर्ने नगर प्रमुखलाई सरकारले यथाशीघ्र कारवाही गर्नुपर्छ ।” महिलाहरुले राखेको माग सरकारले सुनुवाइ नगरे देशभरिका महिलाले सडक तताउने उनीहरुले चेतावनी दिएका छन् । अश्लील अभिव्यक्ति दिने र महिलाको सम्मानमा प्रहार गरेकाले कारवाहीका लागि माग गरिएको आवाज संस्था सुर्खेतका प्रमुख पवित्रा शाहीले जानकारी दिनुभयो ।

“जननिर्वाचित प्रतिनिधिले सार्वजनिक स्थानमै महिलाको अस्मितामाथि दाग लाग्ने खुलेआम अभिव्यक्ति दिने नगर प्रमुख कुर्चीमा बस्न योग्य छैनन्,” अध्यक्ष शाहीले भन्नुभयो, “समग्र महिलाको बेइज्जत गरेकाले नैतिकताका आधारमा उनले राजीनामा दिनुपर्दछ ।” सामाजिक, कानूनी र मानवीय अपराध गरेको व्यक्ति जनताको प्रतिनिधि हुन नसक्ने उहाँको जिकिर थियो । 
 
पदीय मर्यादा नाघेर अभिव्यक्ति दिने नगर प्रमुख चौधरी जननिर्वाचित प्रतिनिधि हुन नसक्ने महिला मानवअधिकार रक्षक सञ्जालका प्रतिनिधि निशा पौडेलले जिकिर गर्नुभयो । यता एकल महिला समूह सुर्खेतका अध्यक्ष शीतलसिंह राठौरले नगर प्रमुखले पदको दुरुपयोग गरेको आरोप लगाउनुभयो । यसरी महिलाको आत्मसम्मानमा आँच आउनेगरी बोल्ने नगर प्रमुख चौधरीलाई रति पनि नछोड्ने उहाँको भनाइ थियो ।

नगर प्रमुख चौधरीले केही दिनअघि सार्वजनिकरुपमा बोलेको भिडियो भाइरल भएको थियो । उहाँको विरुद्धमा आवाज संस्था, महिला मानवअधिकार रक्षक सञ्जाल, एकल महिला समूह, सङ्कल्प सञ्जाल, मगर महिला सङ्घ कर्णाली प्रदेश, वाम संस्था, सुन्दर नेपाल, राष्ट्रिय आदिवासी जनजाति महिला सङ्घ, बेजिङ कमिटी र मगर महिला सङ्घ सुर्खेतले संयुक्त हस्ताक्षरित विज्ञप्ति जारी गरेका छन् ।
रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement