असोज २६, पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरू नेतृत्व विकाससँगै उद्यमी बन्नुपर्नेमा जोड दिनुभएको छ ।
पोखरा महानगरपालिका–१७ महतगौडास्थित ढुङ्गेसाँघु सीतापाइला आमा समूहद्वारा दशैँ, तिहारका अवसरमा बिहीबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले महिला सशक्तीकरणका लागि गरिने तालीम व्यवहारमा उपयोग हुन नसकेको र प्राप्त ज्ञान सीपलाई समृद्धिसँग जोड्नुपर्ने उल्लेख गर्नुभयो ।
नेतृत्व विकासका साथै त्यसअनुरुप सामाजिक, आर्थिकलगायतका क्षेत्रमा महिला सक्रिय बन्नुपर्ने उहाँले औँल्याउनुभयो ।