Advertisement
Advertisement
Advertisement
Advertisement

भरिया र पथप्रदर्शक हुँदै ट्रेकिङ कम्पनीकी मालिक गोमाको जीवन यात्रा

  |      22:07:00   |  
गोमा थापा
गोमा थापा

काठमाडौं ।  महिलालाई सबल बनाउने प्रयास व्यवहारभन्दा बढी भाषण बनिरहेका बेला कतिपय महिलाले भने आफ्नै मेहनतबाट आफूलाई सक्षम बनाइरहेका छन् । त्यसकै एक उदाहरण बनेकी छन् पाल्पाको एक ग्रामीण भेगकी गोमा थापा । एकदशकअघि पोखरा झरेकी गोमा एक त्यस्तै पौरखी महिला बनेकी छिन् । जसले कठिनाइ हुँदाहुँदै पनि अध्ययन र पर्यटन व्यवसायलाई सँगसँगै लगिन् । भरिया र पथप्रदर्शक हुँदै अहिले उनले आफ्नै ट्रेकिङ कम्पनी काठमाडौंमा संचालन गरिरहेकी छन् । 

 

महिलाले चाहे भने गर्न नसक्ने कुरा छैन । अरूले होइन आफैले गर्छु भनेर लाग्ने हो भने र अरूले बाटो देखाए पनि कुलो खन्ने काम त आफ्नै हो भन्छिन्– गोमा थापा । यो आत्मविश्वासले भरिएको भनाइ राख्ने उदाहरणीय महिला हुन्–पाल्पा कुसुमखोलाकी गोमा थापा । ११ कक्षामा अध्ययन गर्दा गोमा एक दशकअघि गाउँकी एक दिदीसँग पोखरा हानिएकी थिइन् । 
 

 

आँट गरेर घरबाट निस्किएकी गोमाको पोखरामा पदयात्रा तथा व्यावहारिक जीवनको तालिम लिएपछि उनको व्यावसायिक यात्रा सुरु भयो । उनी भन्छिन्–घरबाट आँट गरेर निस्केकी हुँ । महिलाहरू पछि पर्नुको कारण पुरुषले भन्दा महिलाहरू आफूले गर्दा नै हो ।’ तालिम लिइसकेपछि गोमा  ट्रेकिङ गइन् । तालिममा सबैले गरेजस्तै गोमाले पनि भारी बोकेर र तालिमका विभिन्न आयामलाई निरन्तरता दिँदै अघि बढिन् । उनले अरुको तुलनामा छिटै तालिम प्राप्त गरिन् । गोमा अरु भन्दा चाँडै गाइड कम्पोटर भएर काम गर्न सक्षम भइन् । काठमाडौंमा आउँदा पनि उनी पूर्णरूपमा गाइडको काम गर्न सक्षम भैसकेकी थिइनन् । तथापि  ट्रेकिङ कम्पनीले बोलाएपछि उनले काम थालिन् । गोमाले कामका साथमा अध्ययनलाई पनि निरन्तरता दिइन् । पर्यटकहरू निदाएपछि मध्यरातमा पढ्ने गोमा परीक्षाको पन्ध्र दिन अगाडिसम्म  ट्रेकिङमै व्यस्त हुन्थिन् । अहिले गोमाले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरिन् । 
 

 

पाल्पा कुसुमखोलाबाट सुरु भएको गोमाको यात्रा पोखरा हुँदै उनी हाल काठमाडौंमा गाउँकै दिदीसँग मिलेर ट्ेरकिङ कम्पनी खोलेर व्यावसायिक जीवन बिताइरहेकी छिन् । गाउँमा पर्यटक नै नदेखेकीे गोमालाई पोखरामा आएर अंग्रेजी सुन्दा हाउगुजी जस्तो लाग्थ्यो । अहिले अंग्रेजी बोलेर काम गर्दा र ट्रेकिङका क्रममा विश्वभरिका मान्छेसँग भेट्दा गोमालाई अचम्मै लाग्छ । गोमाले जीवनको बाँकी यात्रा पनि  ट्रेकिङमै बिताउने योजना बनाएकी छिन् ।

(नेपाली बीबीसीमा प्रसारित भिडियो सामग्रीको सहयोगमा तयार गरिएको रिपोर्ट)


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement