Advertisement
Advertisement
Advertisement
Advertisement

बालविवाह विरुद्ध साझा प्रतिबद्धता

  |      21:00:00   |  
Symbolic Image
Symbolic Image

जेठ ३०, जाजरकोट । बढ्दो  बालविवाह न्यूनीकरणका लागि सामाजिक सङ्घ संस्थालेसमेत साथ दिन थालेका छन् । ती सङ्घसंस्थाले स्थानीय तहसँग मिलेर बालविवाह विरुद्धको अभियानमा लाग्ने प्रतिबद्धता गरेका हुन् ।जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल, जिल्ला प्रहरी कार्यालय, गैसस, पत्रकार, नागरिक अगुवासमेतले एकैसाथ बालविवाह न्यूनीकरणका लागि साझा पत्रमा हस्ताक्षर गर्दै सो अभियानमा जुट्न हातेमालो गरेका हुन् । 

 

जिल्लामा बढ्दो बालविवाह न्यूनीकरण नगरे ठूलो समस्या देखापर्ने भएकाले सबै सचेत र सजक भएको बताइएको छ । पाँचतारा युवा संरक्षण मञ्चले विगत एक वर्षदेखि बालबिवाह न्यूनीकरणका लागि काम गर्दै आएकामा यसलाई  अभियानको रूपमा साथ दिन जिल्लाका छेडागाड नगरपालिकामा बालिका सम्मेलन गरी बाल विवाह विरुद्ध जनचेतनामूलक सन्देश पनि दिइएको थियो । 

 

एक वर्षअघि गरिएको कार्यक्रम सफल भएकाले सरोकारवालाहरूले यो वर्ष पनि बालविवाह न्यूनीकरणका लागि आक्रामक रणनीति लिएर अगाडि बढ्ने निष्कर्ष निकालेका हुन् । जिल्लामा अहिले स्थानीय तह, सङ्घसंस्था, शिक्षकसमेत सो अभियानमा लागेको पाँचतारा युवा संरक्षण मञ्चका छवि पन्तले बताउनुभयो ।

 

बालविवाह धेरै हुँदा शिशु मृत्यु दर, कुपोषण, पाठेघर खस्ने समस्या बढी भएकाले  बालबालिकाको इच्छा पूर्ति गर्ने नाममा कुलतमा फस्ने गरी इच्छा पूरा नगराउन उहाँको सुझाव थियो । जिल्ला अदालतको तथ्याङ्कअनुसार  १६ वर्ष नपुग्दै बिहे र २० वर्ष नपुग्दै आमा बने लगत्तै सम्बन्ध विच्छेदका  मुद्दा बढ्ेको देखिन्छ ।

 

गरीब, दलित र निम्न आय भएका परिवारमा सानै उमेरमा बिहे गर्नेहरू धेरै छन् । जिल्लामा १५ वर्ष नपुग्दै ४० प्रतिशत र १९ वर्ष नपुग्दै ७४ प्रतिशत किशोरीले विवाह गरिसक्ने महिला अधिकारको पक्षमा काम गर्दै आउनुभएका रामविक्रम शाहको भनाइ थियो । 
 

जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका छन् । वैशाख महीनाको तेस्रो सातासम्म सम्बन्ध विच्छेदका १०३ वटा मुद्दा दर्ता भएकामा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दाको सङ्ख्या १० छ । नयाँ संहिताअनुसार पुरुषबाट दर्ता हुन आएका सम्बन्धविच्छेदका मुद्दाको सङ्ख्या २९ रहेको अदालतले जनाएको छ ।

 

उक्त अदालतले गत साउनदेखि हालसम्म सम्बन्ध विच्छेदका ६५ मुद्दा फस्र्यौट गरिसकेको छ । कम उमेरमा विवाह, अन्तरजातीय विवाह, मदिरा सेवन, दाइजो, वैदेशिक रोजगार, बहुविवाह, घरेलु हिंसा, बेरोजगारी, खाना लाउन नदिएको, परपुरुषसँग सम्बन्धलगायत कारण देखाउँदै सम्बन्धविच्छेदको मुद्दा पर्ने गरेको अदालतले जनाएको छ । 
- रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement