Advertisement
Advertisement
Advertisement
Advertisement

बाबु विदेशी भए पनि आमाको नागरिकताबाट सन्तानले अंगीकृत नागरिकता पाउने

  |      00:00:00   |  
सर्वोच्च अदालत
सर्वोच्च अदालत

काठमाडौं। सर्वोच्च अदालतले बाबु विदेशी भए पनि वंशजका आधारमा आमाले नेपाली नागरिकता लिएको भए उनीहरूबाट जन्मेका सन्तानलाई अंगीकृत नागरिकता दिन सकिने फैसला गरेको छ । सर्वोच्चको फैसलाअनुसार विदेशी नागरिकसँग विवाह गर्ने नेपाली नागरिक महिलाबाट जन्मिएको सन्तानले अंगीकृत नागरिकता पाउने बाटो सहज बनेको छ । तर अंगीकृत लिने सन्तान नेपालमै जन्मेर नेपालमै स्थायी बसोबास गरेको हुनुपर्नेछ ।
बाबुको नागरिकताका आधारमा कुनै सन्तानले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने मात्र त्यस्ता सन्तानलाई अंगीकृत नागरिकता प्रदान गर्न सकिने गरी खुकुलो व्याख्या सर्वोच्चले गरेको छ ।विदेशी बाबुबाट नेपालमै जन्म लिए पनि गाविस र जिल्ला प्रशासनले अंगीकृत नागरिकता दिन इन्कार गरेको भन्दै सर्वोच्चमा दायर एक रिटमा न्यायाधीश डा। आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।

 

इजलासले नेपाली आमा र भारतीय बाबुबाट जन्मेका ती सन्तानलाई अंगीकृत नागरिकता दिलाउन गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र जोरपाटी गाविस कार्यालयलाई परमादेशसमेत जारी गरेको छ । आफू नेपालमा जन्मेर नागरिकता लिन योग्य भए पनि अंगीकृत नागरिकता नदिएर गाविस र जिल्ला प्रशासनले एक दशकदेखि झुलाएको भन्दै भारतीय बाबु गोपेशचन्द्र गुप्ता र नेपाली आमा सरिता प्रधानका छोरा आदित्यले २०६४ सालमा जोरपाटी गाविसमा निवेदन दिँदा सिफारिस नदिएको दाबीसहित सर्वोच्चमा पुगेका थिए ।

 

विदेशीसँग विवाह गरेकी नेपाली महिलाको कोखबाट २०५१ चैतमा जन्मेका गुप्ता नेपालमै पठनपाठन गरी बसोबास गर्दै आएका छन् ।ुयी निवेदकले मैले नागरिकता पाउनका लागि २०६४ सालदेखि लगातार प्रयास गरेकोमा सम्बन्धित गाविसले सिफारिस नदिई आलटाल गर्ने, जिल्ला प्रशासन कार्यालयले सिफारिस दिन निर्देशन नदिने तथा नागरिकता दिने सम्बन्धमा कुनै सार्थक ताकेतासमेत नगरिदिएबाट आफू नागरिकताबाट वञ्चित हुनुपरेको उल्लेख गरेको पाइन्छु,।

 

 फैसलामा उल्लेख छ, निवेदकले पेस गरेका कागज प्रमाणका आधारमा यी निवेदकले नेपालको संविधान तथा नागरिकतासम्बन्धी प्रचलित कानुनअनुसार आमाको नामबाट नेपालको अंगीकृत नागरिकता पाउने अवस्था स्पष्ट रूपमा देखिएकाले निजलाई सम्बन्धित गाविसले नागरिकता प्राप्तिका लागि सिफारिस दिनुपर्ने र त्यसका आधारमा जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र दिनुपर्ने नै हुन्छ । नागरिकता दिने कार्य तथा यसको प्रक्रियासँग सम्बन्धित कार्य गर्न इन्कार तथा आलटाल गर्न मिल्दैन ।

 

आमाको नामबाट गुप्‍ताले नेपालको अंगीकृत नागरिकता पाउने अवस्था देखिएको भन्दै सर्वोच्चले आवश्यक कागजपत्र तथा प्रक्रिया पुर्याएर उपलब्ध गराउन परमादेश जारी गरेको छ ।आदित्यले अंगीकृत लिन पाउनुपर्ने भन्दै गत माघ १० मा भएको फैसलाको पूर्ण पाठ सर्वोच्चबाट मंगलबार सार्वजनिक भएको छ।

 

सर्वोच्चले फैसलामा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८ को उपधारा ९७० मा ुयस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएको व्यक्तिको हकमा निजको नेपालमा जन्म भई नेपालमा नै स्थायी बसोबास गरेको र बाबुको नागरिकताका आधारमा निजले विदेशी मुलुकको नागरिकता प्राप्‍त गरेको रहेनछ भने निजले प्रचलित कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्‍त गर्न सक्नेछ भन्‍ने व्यवस्था रहेकोु उल्लेख छ ।

 

यस्तो व्यवस्था अहिलेको नेपालको संविधानको धारा ११ को उपधारा ९७० मा समेत रहेको जनाइएको छ । नागरिकतासम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न बनेको नेपाल नागरिकता ऐन, २०६३ को दफा ३ को उपदफा ९१० ले पनि ुकुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजका नाताले नेपालको नागरिक हुनेछु, भन्‍ने व्यवस्था गरेको व्याख्यासहित सर्वोच्चले अंगीकृतका लागि बाटो खुला गरिदिएको हो ।

 

सोही ऐनको दफा ५ को उपदफा ९२० लेसमेत विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोराछोरीको हकमा निजको नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको र बाबुको नागरिकताका आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने निजलाई अंगीकृत नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरेको अवस्थामा अंगीकृतमा बाधक बन्न नमिल्ने निर्णय सर्वोच्चले दिएको छ ।
बाबु भारतीय नागरिक भए पनि आफूले भारतको नागरिकता नलिएको दाबी गुप्ताको थियो । सर्वोच्चले यस्तो अवस्थामा नेपालको अन्तरिम संविधान, २०६३, नेपालको संविधान र नेपाल नागरिकता ऐन, २०६३ अनुरूप अंगीकृत नागरिकता दिन मिल्ने निर्णय दिएको  अन्नपूर्णले लेखेको छ ।  

 

निजको बाबु विदेशी नागरिक भएको मात्र आधारमा नागरिकताबाट बाहेक गर्न नसकिने भनाइ सर्वोच्चको छ । कुनै पनि व्यक्तिले आफ्नो आमा वा बाबुको नागरिकता भएको देश तथा बसोबास भएको देश अर्थात् राष्ट्रियता रहेको देशबाट कानुनमा उल्लेख भएअनुसार नागरिकता पाउनु व्यक्तिको आधारभूत मानवअधिकारको विषय होु, फैसलामा उल्लेख छ, ुनागरिकताको प्रमाणपत्रले नै व्यक्तिलाई कुन देशको नागरिक हो भन्‍ने पहिचान गराउँदछ । उक्त देशको कानुनअनुसार पाउने हकअधिकारको विषय उपभोग गर्न सक्षम बनाउँछ । नागरिकताबिना व्यक्ति आफ्ना मानवअधिकार अन्तर्गतका आधारभूत नागरिक र राजनीतिक अधिकारलगायत अन्य आधुनिक लोककल्याणकारी राज्यले प्रदान गर्ने सेवासुविधा तथा हकाधिकारबाट समेत वञ्‍िचत रहनुपर्ने हुन्छ ।

 

सर्वोच्चले नागरिकता व्यक्तिको व्यक्तिगत एवं राष्ट्रिय पहिचानसँग जोडिएको अत्यन्त संवेदनशील विषय भएकाले कुनै पनि व्यक्तिलाई नागरिकताविहीनताको स्थितिमा राख्‍न नमिल्ने भनेको छ । नागरिकताको यसै संवेदनशीलतालाई आत्मसात गरी एक देशको नागरिक पुरुष वा महिलाले अर्को देशको नागरिक पुरुष वा महिलासँग विवाह गरी जन्मेका सन्तानहरूले आफ्नो स्थायी बसोबास भएको बुबा वा आमामध्येको जसको पनि नागरिकता रहेको देशबाट नागरिकता पाउने गरी अंगीकृत नागरिकताको व्यवस्था गरिएको होु, पूर्ण फैसलामा लेखिएको छ ।

 

वर्तमान संविधानको धारा ३८ को उपधारा ९१० मा महिलाको हकअन्तर्गत प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक हुनेछ भन्‍ने व्यवस्था गरिएको बताउँदै सर्वोच्चले समान वंशीय हकभित्र वंशजको उत्तराधिकार र त्यसका आधारमा पहिचानको समान हकसमेत पर्ने जनाएको छ । यसका आधारमा समेत निवेदक गुप्ताकी आमाले आफ्नो वंशजको उत्तराधिकारीको नागरिकता आफ्ना नामबाट बनाइदिएर आफ्नो सन्तानको पहिचान गराउन पाउने ठहर सर्वोच्चको छ ।

 

गुप्ताकी आमा सरिताले २०४८(८(२५ मा तत्कालीन जिल्ला कार्यालय काठमाडौंबाट वंशजका आधारमा नेपाली नागरिकता प्राप्‍त गरेकी छन् । उनले नेपालमा बस्दै आएका भारतीय नागरिक गुप्‍तासँग २०५० सालमा विवाह गरेकी थिइन् । नागरिकता व्यक्तिगत एवं राष्ट्रिय पहिचानसँग जोडिएको अत्यन्त संवेदनशील विषय भएकाले कुनै पनि व्यक्तिलाई नागरिकताविहीनताको स्थितिमा राख्‍न नमिल्ने सर्वोच्चको भनाइ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement