Advertisement
Advertisement
Advertisement
Advertisement

बाँकेमा कक्षा १ मा भर्ना भएका बालबालिकालाई झोला वितरण

  |      13:49:00   |  
बाँकेमा कक्षा १ मा भर्ना भएका बालबालिकालाई झोला वितरण

असार १२, राँझा । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत बाँकेमा कक्षा १ मा भर्ना भएका बालबालिकालाई झोला वितरण गरिएको छ ।

जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला वितरण गरिएको जिल्ला सहजकर्ता केशव चालिसेले बताउनुभयो । उहाँका अनुसार बालबालिकालाई विद्यालयमा अध्ययन गर्न आउन सजिलो बनाउनका लागि झोला वितरण गरिएको हो । यो कार्यक्रमअन्तर्गत जानकी गाउँपालिकाभित्रका छ वटै वडामा कक्षा १ मा यो वर्ष नयाँ भर्ना भएका एक हजार ७३३ विद्यार्थीले झोला र कापी प्राप्त गरेका छन् । 

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत कक्षा १ मा भर्ना भएका बालबालिकालाई झोला वितरण गरिएपछि बालबालिकालाई विद्यालय आउन–जान धेरै सजिलो भएको जानकी गाउँपालिका–१ स्थित नेराप्रावि पचपोखराका प्रधानाध्यापक द्रोण थापाले बताउनुभयो । उहाँका अनुसार नेराप्रावि पचपोखरामा २४ बालबालिकालाई झोला र कापी वितरण गरिएको छ । यसले बालबालिकालाई विद्यालय नियमिततामा सघाउ पुगेको छ । जानकी गाउँपालिकामा विद्यालय भर्ना र विद्यालयमा बालबालिका टिकाउन सहयोग पुग्ने अपेक्षाका साथ कक्षा १ मा नयाँ भर्ना भएका बालबालिकालाई झोला र कापी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताउनुभयो । 

बालबालिकालाई झोला वितरण कार्यक्रम प्रभावकारी रहेको आधारभूत विद्यालय गुरुवागाउँकी शिक्षक सन्ध्या शर्मा बताउनुभयो । बाँकेको जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू भएको छ । कार्यक्रमअन्तर्गत नरैनापुर गाउँपालिकाका १७० विद्यार्थीलाई विद्यालय जानका लागि झोला र पोशाक वितरण गरिएको छ । यसले आर्थिक रुपमा विपन्न परिवारका बालबालिकालाई विद्यालय जानका लागि प्रोत्सहान मिलेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले गाउँपालिकाका अति गरीब, विपन्न र आर्थिक रुपले पछाडि परेका परिवारलाई प्रत्यक्ष सहयोग हुने गरी कार्यक्रम सञ्चालन गरिएको बाँके जिल्ला सहजकर्ता चालिसेले जानकारी दिनुभयो ।
रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement