Advertisement
Advertisement
Advertisement
Advertisement

बलात्कारको ‘क्याटलिस्ट’

वेब तस्विर
वेब तस्विर

सम्झना वाग्ले भट्टराई

असोज २, काठमाडौं  । ४३ वर्षकी राधिका केसी नाम परिवर्तन लाई चाररपाँच वर्ष अघिसम्म जीवनप्रति खासै गुनासो थिएन । छोरा अध्ययनको सिलसिलामा अष्ट्रेलिया छन् । छोरी पनि ‘प्लस टु’ सकेर विदेशतिरै जाने तयारी गर्दैछिन् । सत्र वर्षको उमेरमा मागी बिहे गरेकी उनका श्रीमान अहिले ४५ वर्ष पुगे । पुख्र्यौली घर धादिङ भएका उनका श्रीमान कुनै गैरसरकारी संस्थामा राम्रो तहमा काम गर्छन् । काठमाडौंमा बसोबास राम्रो छ । 

 

बिहेको बीस वर्षसम्म उनको यौन जीवन राम्रै थियो । एक–अर्काप्रति गुनासो थिएन । कहिलेकाहीँ आफ्नो मन नभए पनि श्रीमानको लागि हुन्छ भनिदिनुलाई उनले कहिल्यै नराम्रो ठानिनन् । कहिले आफ्नो चाहना हुँदा श्रीमानले मन नलगाइदिँदा पनि गुनासो गरिनन् । चार/पाँच वर्षयता भने उनको यौन जीवन खल्बलिएको छ । जब छोराछोरी हुर्किए, तब उनका श्रीमानमा ‘पोर्न फिल्म’ हेर्ने लत लाग्यो । आफूले हेर्नेमात्र होइन, सँगै हेरिदिनु पनि पर्ने । र फिल्ममा गरेजस्तै आफूले पनि गरिदिनुपर्ने ।

 

श्रीमानको यो व्यवहारले उनलाई आजित बनाइसक्यो । मनले नस्वीकारे पनि ‘नाइ’ भन्न सक्दिनन् । यस उमेरमा चुपचाप हिंसा सहिरहेकी छन् । वैवाहिक बलात्कार नसुनेकी होइनन् । तर पनि यो उमेरमा उनलाई प्रहरीकोमा जानुभन्दा बरु आत्महत्या गरुँ जस्तो लाग्छ । भन्छिन्, ‘पहिले त्यस्ता थिएनन्, ल्यापटपमा के–केजाति हेर्न थालेपछि त्यस्ता भए ।’ 

 

काठमाडौंको एक निजी कम्पनीमा काम गर्ने २६ वर्षकी रोशनी थापा नाम परिवर्तन ले ‘पोर्न फिल्म’ नहेरेकी होइनन् । सात/आठ वर्षअघि केटी साथीमात्र बसेर पहिलोपल्ट हेर्दा फिल्म गतिविधिले सबैलाई ‘वमिटिङ’ भएको थियो रे । पछि–पछि पनि एकाधपटक हेरेकी छन् । यौन सम्बन्धको मिठास पनि उनलाई थाहा छ । यसै वर्ष भदौमा कार्यालयबाट ‘रिफ्रेसमेन्ट’का लागि धुलिखेल गएका थिए । साथीहरूसँग अलिअलि पिइन् पनि । तर होश गुमाउनेगरी होइन ।

 

मिल्ने एक जनासँग प्रेमपूर्ण रात बिताउने उनको समझदारी थियो । तर ऊसहित कार्यालयका दुई सहकर्मीले ‘पोर्न फिल्म’कै शैलीमा उनीसँग सम्बन्ध राखे । उनले नकार्न भ्याइनन् । त्यो नमिठो पलले उनलाई नराम्ररी झस्काएको छ । अहिले त्यस्ता फिल्ममात्र होइन, यौन सम्बन्ध र पुरुष सहकर्मीहरूप्रति नै घृणा लागेको छ, उनलाई । 

 

दिनहुँ समाचार बनिरहेका बलात्कारका प्रकृति र संख्याबारे सोच्दा यस्तो लाग्छ, हामी बर्बर युगको उत्कर्षमा बाँचिरहेका छौँ । यौनको सामान्य आभाससम्म नभएका नानीहरूदेखि ७० प्लसका हजुरआमासम्म बलात्कृत भैरहेका छन् । यस्ता घटना बढ्नुका विविध कारणमध्ये सहजै उपलब्ध हुने ‘पोर्न फिल्म’को प्रभाव पनि हो । पछिल्ला दिनमा पोर्न फिल्म प्रभावित यौन दुव्र्यवहारको उजुरी लिई प्रहरीमा आउनेको संख्या बढेको छ । सार्वजनिक नभएका अझ होलान् । 

 

यस्ता फिल्मको नकारात्मक प्रभावबारे आम स्वीकारोक्ति छ । तर हेर्ने क्रम पनि ह्वात्तै बढेको छ । यस्ता फिल्महरूको वेबसाइट ‘पोर्नहव’को वार्षिक समीक्षा अनुसार सन् २००१ मा यस्ता फिल्म विश्वभरमा वार्षिक १० लाखले हेर्थे । सन् २०१७ मा झन्डै साढे २८ अर्बपटक पोर्न साइट चहारिए । यस हिसाबमा दैनिक औसतमा ८ करोड, एक मिनेटमा ५० हजार र एक सेकेन्डमा ८ सयभन्दा बढी मान्छेले यस्ता साइट हेरे । इन्टरनेटप्रति बढ्दो पहुँचले यो संख्या बढाएको हो ।

 

पोर्नहवका अनुसार अमेरिका र बेलायतपछि त्यस्ता फिल्म धेरै हेरिने देश भारत हो । नेपालका युवायुवतीमा पनि यो लत व्याप्त छ । आजभन्दा ५ वर्ष अघिको एक अध्ययनले इन्टरनेटमा पहुँच भएका ६८ प्रतिशत किशोर–किशोरीले नियतवश वा झुक्किएर पोर्न फिल्महरू हेर्ने देखाएको थियो । इन्टरनेटको पहुँच वृद्धिसँगै यो तथ्यांक बढेको अनुमान गर्न सकिन्छ । 

 

किशोर–किशोरीमा यौनप्रति चासो र उत्सुकता बढ्नु स्वाभाविक हो । अधिकांश नेपाली अभिभावक त्यो चासोलाई सम्बोधन गर्न कञ्जुस देखिन्छन् । अनि चाहेर–नचाहेर उनीहरू सहजै उपलब्ध हुने यस्ता फिल्मतिर पुग्छन् । यस्ता फिल्ममा केटीहरूलाई कुनै भावना नभएको ‘सेक्स टोय’ जसरी प्रस्तुत गरिन्छ भने केटाहरूलाई उग्र र उद्दण्ड ।

 

त्यो हेरेर यौनप्रतिको मनोविज्ञान बनाएको कुनै युवाले यौन सम्बन्धप्रति कस्तो दृष्टिकोण राख्छ ? यस्तो स्कुलिङबाट यौनसम्बन्ध भनेको माया, प्रेमको उच्च अभिव्यक्ति हो भन्ने भावना आउँछ र ? आजभोलि केही युट्युव च्यानलमा युवतीहरूलाई ‘तपाईँ कस्तो सेक्स पार्टनर चाहनुहुन्छ ?’ जस्ता प्रश्न सोधिन्छ । युवतीहरू सहजै भन्छन्, ‘वाइल्ड एन्ड एग्रेसिभ’ । यो त्यस्तै फिल्मले दिमाग भरिदिएको ‘रेडिमेड’ उत्तर हो । पुरुषसत्ताले दमित समाजमा हुर्किएकी केटी जब त्यस्ता फिल्ममा आफूजस्तै अर्को केटीको भूमिका देख्छे, स्वभावैले ‘इन्फेरिअर’ महसुस गर्छे । उसले यौनलाई त्यसरी नै बुझ्छे र स्वीकार्छे ।

 

यस्ता फिल्मले पुरुषलाई बलात्कार गर्न उक्साउँछ भने महिलालाई स्वीकार्न । बलात्कारको कारण यस्तो फिल्ममात्र होइन, बलियो कारण भने हो । मनोविद तथा अपराधशास्त्रीहरू ‘पोर्नमुभी’ र बलात्कारबीच सम्बन्ध हुने स्वीकार्छन् ।

 

मानव सभ्यताको इतिहासमा सिकारी युगसम्म सबै कुरा सामूहिक हुन्थ्यो । समूहमा सिकार गर्ने, बाँडेर खाने अनि समूहमै बस्ने । यौन जीवन पनि सामूहिक हुन्थ्यो । यौनजोडी छान्न सबै स्वतन्त्र हुन्थे । भर्खर जन्मिएको बच्चालाई समूहको नयाँ सदस्यको रूपमा लिइन्थ्यो । उसको हेरविचार पनि सामूहिक रूपमै हुन्थ्यो । सिकारी युगबाट कृषि युगमा प्रवेश गर्नु मानव सभ्यताको एउटा कोसेढुंगो थियो ।

 

कृषि युगसँगै मानिसको स्थायी बसोबास, पारिवारिक जीवन सुरु भयो । र त्यहीँबाट निजी सम्पत्तिको अवधारणा सुरु भयो । विस्तारै समाजमा वर्गीय असमानता सुरु भयो । महिला–पुरुषमा कामको बाँडफाँड भयो । लैंगिक भेदभावको जग बस्यो । फ्रेडरिक एंगेल्सले ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ पुस्तकमा वर्गीय तथा लैंगिक विभेदका यिनै जरालाई खोतलेका छन् ।

 

औद्योगिक क्रान्तिपछि उद्योगधन्दाको विकास भएका देशमा महिला–पुरुष दुबै औद्योगिक श्रमिकको रूपमा काममा जान थाले । यस्तो सहकार्यले महिला–पुरुषबीच समानताको सम्बन्ध कायम गर्न केही सघायो । तर उद्योगधन्दा विकास नभएका देशमा पुरुष रोजगारीको लागि घर बाहिर जाने र महिला बच्चाको हेरविचार र खेतीकिसानी गरी घरतिरै बस्न थाले ।

 

बाहिरफेर हिँड्ने हुनाले पुरुष महिलाभन्दा बढी जान्ने–बुझ्ने भए । औद्योगिक उत्पादनसँगै व्यापार फस्टाउन थाल्यो । मुद्राको महत्त्व बढ्न थाल्यो । यसले महिलाले उब्जाएको अन्नपातको भन्दा पुरुषले बाहिरफेर कमाएको पैसाको महत्त्व उच्च मानियो । यसरी महिला र पुरुषको श्रमबीच विभेद सुरु भयो । यो नै सामाजिक लिंगको निर्माण र पुँजीवादले मलजल गरेको लैंगिक विभेदको आधार थियो ।

 

सुरुदेखि नै काममा लागेका कारण उत्पादन प्रविधि र व्यवस्थापन क्षेत्रमा पुरुष अगाडि भए । विस्तारै यस क्षेत्रमा महिलाको प्रवेश भयो । तर उनीहरूलाई उत्पादनको बजारीकरणमा बढी सहभागी गराइयो । आकर्षक महिला र उत्पादनलाई समानान्तर रूपमा बजारमा पठाइयो । अहिले उत्पादनका हरेक सामानसँग आकर्षक महिलाको उपस्थिति अविभाज्यजस्तै बनेको छ । यसले महिलालाई उपभोग्य वस्तुको हाराहारीमा पुर्‍याएको छ । महिलाको सन्दर्भमा मापदण्डजस्तै बनेको आकर्षक पहिरन र मेकअपको अन्तर्यमा सुन्दर ‘प्याकेजिङ’को अदृश्य भाव त लुकेको छैन ?

 

पुँजीवादको उत्कर्षमा महिला, सुन्दरता र यौनप्रति पुरुष मनोविज्ञान यस्तो बन्यो । यो व्यक्ति पुरुषको भन्दा पनि सभ्यताको खोट हो । यौन प्रकृति हो । सभ्यता मानव निर्मित । सभ्यता सापेक्ष हुन्छ । सभ्यता र समाजसित जीवविज्ञान छुटाउन मिल्दैन । जीव विज्ञानका सामान्य तथ्यलाई छोडेर जब गलत मान्यता बन्छन्, तब त्यहाँ समस्या सुरु हुन्छ । सृष्टिको आदिकालदेखि नै महिला र पुरुषबीच हुने सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध भनेकै यौनसम्बन्ध हो । यौनबारे कुरा नगरी बाँकी सभ्यताको चर्चा गरिन्छ भने त्यो अपुरो हुन्छ, फगत बकवास । 

 

जीवविज्ञान अनुसार यौन प्रजननसँग सम्बन्धित विषय हो । अन्य जीवजन्तुको जस्तै मानिसको हकमा पनि यौन वंशवृद्धि र निरन्तरताको लागि अपरिहार्य हुन्छ त्यसो त प्रजननका लागि प्राकृतिक यौन सम्बन्धमा मात्र भर पर्नुपर्ने अवस्था अब छैन । तर अन्य जीवमा सामान्य जसरी घटित हुँदै आएको यौन मानिसको सन्दर्भमा भने सरल र जटिलको माझधारमा फँसेको छ । मानिसका हकमा यौनले प्रजनन प्रक्रियाभन्दा बढी मनोरञ्जनका रूपमा ठाउँ लियो । मनोरञ्जन पक्ष हावी हुँदै गएपछि यौनलाई व्यवस्थित गर्न बनाइएका विवाहजस्ता संस्था पनि कमजोर हुँदै गएका छन् । 

 

जब परिवार नियोजनका साधन तथा ज्ञानले व्यापकता पायो, तब यौन मनोरञ्जनको माध्यम बढी हुँदै गयो । यसले देहव्यापारको ‘स्पेस’ बढाउँदै लग्यो । यसैलाई व्यवसायीकरण गर्न ‘पोर्न फिल्म’ उद्योग सफल हुँदै गए । अवास्तविक र ‘लार्जर देन लाइफ’ दृश्यहरू खिचिएका पोर्न फिल्मले यौनप्रतिको धारणामा परिवर्तन ल्याउन थाल्यो ।

 

भर्चुअल र डिजिटल यौनमा अभ्यस्त हुँदै गएको पुस्ता जैविक र वास्तविक यौन सम्बन्धसँग असन्तुष्ट हुँदै गएको छ । यस्ता फिल्मका ‘म्याग्निफाइड’ दृश्यहरूले व्यक्तिमा हीनता, कुण्ठा तथा आवेशहरू भर्दै गयो । परिणामस्वरूप शरीर र मन एक हुने कोमल र प्राकृतिक यौनसम्बन्ध रुखो, आवेगपूर्ण कृत्रिम र हुँदै गयो । बलात्कारको जरोमा ती फिल्मका प्रभाव हावी छ । 

 

बलात्कार अस्वस्थ समाजको ‘बाइ–प्रोडक्ट’ हो । अस्वस्थ समाजको मुहान विकृत राजनीति हो । विकृत राजनीतिले अस्वस्थ समाजलाई मलजल गर्छ र सभ्यता धमिल्याउँछ । धमिलिएको सभ्यतामा पीडितको मनोबल कमजोर हुन्छ भने पीडकको उच्च । पोर्न फिल्म त ‘क्याटलिस्ट’ मात्र हो । समाज स्वच्छ बनाउन मुहानबाटै सफाइ गर्नुपर्छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement