Advertisement
Advertisement
Advertisement
Advertisement

फेसबुक : रोजगारीसम्बन्धी विज्ञापनमा महिलामाथि विभेद

  |      11:56:00   |  
फेसबुक : रोजगारीसम्बन्धी विज्ञापनमा महिलामाथि विभेद

असोज ४, काठमाडौं । भ्यान चलाउने, छत छाउने, प्रहरीको काम गर्ने  सबै काम पुरुषका लागि। फेसबुकमा प्राय यस्तै विज्ञापन देखिएका छन्।

 

अमेरिकन सिभिल लिवर्टिज युनियन एसीएलयूले मंगलबार अमेरिकाको समान रोजगार अवसरसम्बन्धी काम गर्ने निकाय इक्वेल इम्प्लोयमेन्ट अपरच्युनिटी कमिसन ईईओसी समक्ष फेसबुकको पुरुषकेन्द्रित विज्ञापन प्रणालीबारे उजुरी गरेको छ।
एसीएलयूले फेसबुकमा देखिएको सो अभ्यास गैरकानुनी भनेको छ।

 

उजुरीमा १० विभिन्न रोजगारी दिने संस्थाहरूको फेसबुक पोस्टहरूबारे उजागर गरिएको छ। कतिपय रोजगारदाताले पुरुष फेसबुक प्रयोगकर्तालाई मात्र लक्षित गरी विज्ञापन गरेको पाइयो जुन महिला फेसबुक प्रयोगकर्ताको पहुँचभन्दा बाहिर देखियो।

 

उजुरी
ओहायो, पेन्सिल्भेनिया र इलिनोइसमा बस्ने तीन महिलाहरूले परम्परागत रूपमा पुरुषको वर्चस्व रहेको कामको विज्ञापन आफूहरूको पहुँचमा नभएको एसीएलयूको गुनासोमा समेटिएको छ।

 

प्रोपब्लिका नामक संस्थाले गरेको एउटा अनुसन्धानमा समेत उस्तै किसिमका धेरै नतिजाहरू देखा परेको बताइएको छ। यातायातसम्बन्धी रोजगारी दिने एउटा अमेरिकी संस्था उबरको ९१ वटा विज्ञापनमध्ये एउटा मात्र महिलालक्षित, तीनवटा सबैको पहुँचमा र बाँकी सबै पुरुषलक्षित पाइएका थिए।

 

छानबिन
तर फेसबुकले रोजगारीको सवालमा महिलालाई विभेद गरेको घट्नाहरूको आँकडाबारे थप विचार गर्नुपर्ने बताइएको छ। कुनै फेसबुक प्रयोगकर्तालाई लागेकै भरमा फेसबुकमाथिको आरोप निर्क्यौल गर्न नसकिने बताइएको छ। प्राप्त जानकारीअनुसार फेसबुकले आफूमाथि लागेको आरोप सामना गर्न तथ्याङ्क र जानकारीहरू संकलन गर्दैछ।

 

एसीएलयूको महिला अधिकार परियोजनाकी ग्यालेन शेरविनले भनिन् ूपरम्परागत रूपमा पुरुषहरूले मात्र गर्ने कामको विज्ञापन पुरुषहरूलाई मात्र लक्षित गरी फेसबुकमा देखापर्दा त्यस्ता कामहरूमा महिलाहरूले उपस्थितीनै जनाउन नपाउने अवस्था देखा परिरहेको छ। यसले लैङ्गिक पहिचान खुलाउन नचाहने मानिसहरूलाई समेत रोजगारीको अवसरबाट वञ्चित गरेको छ।

 

फेसबुकले एसीएलयुको गुनासोमाथि छानबिन सुरु गरेको र आफ्नै अभ्यासको बचाउ गर्ने बताएको छ। फेसबुकका प्रवक्ता जो ओस्बोर्नले फेसबुकमा विभेदका लागि ठाउँ नभएको बताए। उनले भने, जातीय लैङ्गिय वा अन्य कुनैपनि किसिमका विभेद फेसबुकमा निषेधित छ। हामीले विगतका वर्षहरूदेखि नै फेसबुकको दुरुपयोग रोक्ने बलियो नीति बनाएका छौँ।

 

फेसबुकले भर्खरै मात्र ५ हजार त्यस्ता विज्ञापनहरू हटाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement