Advertisement
Advertisement
Advertisement
Advertisement

फेसन डिस्प्ले शोलाई इगल आइजका पहिरनले बनायो आकर्षक

  |      13:31:00   |  
फेसन डिस्प्ले शोलाई इगल आइजका पहिरनले बनायो आकर्षक

असोज २, काठमाडौं । पार्टीरक इभेन्टद्धरा शनिबार ब्लुवर्डमा आयोजित फेसन फेसन डिस्प्ले शोमा इगल आइज फेसन हाउसले तयार पारेका ट्रेडिसन्ल थिमका पहिरनले सो हेर्न आउनेको मन निकै तानेको थियो । राजधानीको फेसन माहोललाई बढवा दिने अहंम भूमिका निवार्ह गर्ने मध्येकी परिचित डिजाइनर राधा ढकाल सापकोटा डिजाइन गरेका पहिरनमा १४ जना मोडल परम्परागत थिममा डिजाइन गरिएका पहिरन लगाएर र्याम्पवाकमा उत्रिएका थिए । यस्तै, आयोजक टिमका सबैले इगल हाउले नै तयार पारेका पहिरन लगाएर कार्यक्रम सम्मपन्न गरे । 

अहिले बजारमा कुन डिजाइनका पहिरनहरुको माग बढी छ भनेर जानकारी गराउन आफूले परम्परागत पहिरनको थिममा डिजाइन गरेका कारण सबैले रुचाएको डिजाइनर राधा बताउँछिन् । उनी भन्छिन्,– ‘हामीले यसरी आयोजित कार्यक्रममा ग्रहाकले कस्ता पहिरनहरु मन पराउँछन् भनेर मुल्यांकन गर्ने अवसर मिल्छ । यति मात्र हैन फेसनका बारेमा विश्वबजार सचेत छ । नेपाल पनि अछुतो छैन । यसकारण, सबै हिसावले आफूले बनाएको पहिरन सबैको नजरमा परुन भन्ने हुन्छ । यो कुरामा सफल छु । यतिमा म सन्तुष्ट हुन्न । आगामी दिनमा अझै नेपाली फेसन जगतमा आफूले दिने योगदान अनन्तसम्म जारी राख्नेछु ।’ 

आधुनिक मानिसहरु फेसनमा निकै सजग छन् । सकेसम्म नयाँ डिजाइन र ट्रेन्डी पहिरन लगाउन रुचाउने नेपाली फेसन पारखीहरुको संख्या दैनिक जसो बढ्दोक्रममा छ ।  अझ भनौ सस्तो मुल्यमा पाइने र फेसन परिवर्तन गरेर फरक–फरक स्टाइलमा लगाउन धेरैेले रुचाउँछन् ।  

पछिल्लो समय राजधानीमा धेरै प्याटर्नका पहिरन प्रदर्शन गर्ने हिसावले फेसन शो आयोजना गरिन्छन् । यसका अलवा शहरको व्यस्ततालाई मनोरञ्जन मार्फत आरामदायी प्रदान गर्ने हेतुले पनि शोको आयोजना गर्ने गरेको पाइन्छ । साथै च्यारिटीका लागी पनि फेसन शो आयोजना गरेको पाइन्छ ।  यहि कुरालाई निरन्तरता दिने तर अहिले आयोजना भए भन्दा फरक शैलीमा डिजाइनर राधा ढकाल सापकोटाले फेसन शो आयोजना गर्ने योजना बनाएको बताइन् । 

इभेन्टमा परैबाट चम्किलो देखिने कुल स्काइ ब्लु ब्लिडर सारीमा र जाप्निज स्यार्टनको चोलीमा सजिएर फेसन डिस्प्लेमा उपस्थित भएकी डिजाइन राधा जहिले  पनि पहिरन लगाउने कुरामा सजग छिन् । एक डिजाइनरले हुनुपर्ने सजगता र सल्लाह दिन समेत अग्रसर राधा आफ्नो लागि मात्र हैन ग्रहाकका लागि पनि उतिनै उपयोगि पहिरन लगाउने सल्लाह दिन्छिन् । 

आउँदै गरेको दशैंमा सिम्पल सारी, कुर्ती र सिम्पल पहिरनहरुको डिजाइन गर्न व्यस्त डिजाइनर राधा दशैंलाई लक्ष्ति गरि मिक्स कलरमा खेलेर विभिन्न डिजाइनका पहिरन बजारमा ल्याउने तयारी गरिरहेको बताउँछिन् । इगल आइजमा दशैंलाई लक्ष्ति गरि दुई हजारदेखि बिस हजारसम्मका पहिरन पाइने उनले बताइन् । ‘धेरै भडकिलो नहुनेगरि पहिरन तयार गर्दैछु ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement