Advertisement
Advertisement
Advertisement
Advertisement

फिल्ममा रमाइलो मात्र खोजिन्छु

  |      12:01:00   |  
फिल्ममा रमाइलो मात्र खोजिन्छु

काठमाडौं,  ‘फिल्म चल्नु भनेको पैसा कमाउनु मात्रै होरु या यसले पारेको सामाजिक प्रभावको आधारमा फिल्मको समीक्षा गर्नेरु ’ नेपाली चलचित्रकी चर्चित अभिनेत्री रेखा थापा प्रश्नकर्तासँग सबालजवाफ गर्दै थिइन्।

 

खासमा फिल्म के होरु कस्तो बनाइनुपर्छरु र फिल्मले के काम गर्नुपर्छ कुनै बनिबनाउ नियम या सिद्धान्त छैन। अक्सर अहिलेको समाजमा फिल्मले कमाएको पैसाको आधारमा वर्गीकरण गरेको पाइन्छ। तर फिल्मलाई व्यापारिक नाफा र दर्शकको उपस्थितिको आधारमा मात्रै उत्कृष्टको ट्याग भिराउन नहुने थापाको तर्क थियो।

 

हरेक दुई महिनाको अन्तरमा महिनाको अन्तिम शनिबार सञ्चालन हुने आह्वान संवादमा यस पटक रेखा थापा उपस्थित भएकी थिइन्। मार्टिन चौतारीको हलमा सञ्चालित कार्यक्रम ‘नेपाली चलचित्रमा महिला पात्रको भूमिका, नारीप्रधान चलचित्रको माग, महिला निर्देशनलगायतको विषयमा छलफल गरिएको थियो। ‘फिल्मले समाजको कथा बोल्नुपर्छ, समाजका समस्याविरुद्ध आवाज उठाउनुपर्छ र केही सकारात्मक प्रभाव पार्नुपर्छ’, रेखाले फिल्मको विषयमा यसरी आफ्नो धारणा राखेकी थिइन्। नेपाली चलचित्रमा आफ्नो १८ वर्षे उपस्थिति र अनुभवको आधारमा आफूले फिल्मका पात्र र प्रवृत्तिमा केही फरक नपाएको उनले बताइन्।

 

फिल्म मेकिङको टेक्नोलोजी, कलाकारको स्टारडम, लगानी र आम्दानीको विषयमा केही फरक अवस्था बने पनि फिल्ममा देखाइने महिलाको चरित्र, प्रवृत्ति र कथामा खासै नयाँपन देखिन नसकेको उनले बताएकी थिइन्। केही महिनाअघि रेखा अभिनीत र निर्देशित फिल्म ‘मालिका’ प्रदर्शित भयो। सामाजिक महिला हिंसा र बालविवाहलाई समाजबाटै निर्मूल पार्ने उद्देश्यका साथ उनले छोरीका लागि स्वर्णिम नेपाल अभियानअन्र्तगत यो फिल्म निर्माण गरिएको थियो। व्यापारिक रूपमा यो फिल्मले खासै सफलता पाउन नसकेको स्विकार गर्दै थापाले दर्शकले समाजका कथा व्यथा र वास्तविक कुरा हेर्न नचाहेको बताइन्। नेपाली फिल्मका दर्शक र यो देशले आफूलाई रेखा थापाको परिचय दिएकाले आफूले समाजको वास्तविकता फिल्ममा देखाउन खोजेको बताइन्। उनले भनिन्, ‘अहिलेका दर्शक फिल्ममा मनोरञ्जन मात्रै हेर्न चाहन्छन्। आफूमा भएको कमजोरी बिर्सन मात्र फिल्म हलसम्म पुग्छन्।’

 

‘विदेशी फिल्ममा आफ्नोपन भेटिँदैन, संवाद, संस्कारदेखि कुनै पनि कुरा हामीसँग मिल्दैन तर पनि नेपालमा विदेशी फिल्मले करोडौंको व्यापार गर्छन्। तर नेपालको दुर्गम गाउँको कथा, मधेसी उत्पीडनको कथा र कर्णालीको व्यथा टिपेर फिल्म बनाउँदा हामीलाई हेर्ने मन भेटिँदैन। सबैलाई कृत्रिमताले अन्धो बनाइसकेको छ’, उनले भनिन्।

 

कार्यस्थलमा हुने यौन हिंसाविरुद्ध बोल्न विश्वभर चलेको मिटु आन्दोलनमा नेपाली कलाकार किन चुप बसेरु नेपाली चलचित्र क्षेत्र महिलाका लागि अत्यन्तैे सुरक्षित भएर होरु सहजकर्ताको भूमिकामा रहेकी अर्चना थापाको प्रश्न थियो। बालिका बलात्कार गर्ने अपराधीलाई सजाय दिलाउन र पीडितलाई न्याय दिन बारम्बार आन्दोलन गर्नुपर्ने अवस्था हाम्रो देशमा भएको बताउँदै उनले हाम्रो समाजमा पुरुष कहिल्यै पनि दोषी नमानिने तर्क गरिन्। यसका साथै ६र७ वर्षअघि आफूले सम्बन्धविच्छेद गर्दा वास्तविक कुरा कसैले बुझ्नै नखोजी एकोहोरो आफूलाई गलत देखाउने प्रयत्न सबैले गरेको अनुभव सुनाएकी थिइन्।

 

मिटुबारे बोल्दा उसले जीवनभर लगाएर बनाएको करियर नै धरापमा पर्ने र कतैबाट पनि सहयोग नपाइने हुँदा धेरै कलाकार चुप बसेको उनले बताइन्। महिलाका लागि तपाईं खुलेर बोल्नुस् हामी छौं भनेर साथ दिने कोही नभएको उनको भनाइ थियो। अन्नपूर्ण पोष्ट


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement