Advertisement
Advertisement
Advertisement
Advertisement

प्रसूति गृह भन्छः पुरुष कुरुवा निषेध

  |      14:43:00   |  
महिला खबरबाट साभार तस्विर
महिला खबरबाट साभार तस्विर

–सन्दिप वि.क.

असार २०, काठमांडौ । काठमाडौं थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल । महिला बिरामीको खचाखच । आकस्मिक कक्षदेखि सबै वार्डमा महिला मात्रै । जहाँ देशभरका महिलाहरू श्रीमानसँग वा आफन्तसँग स्वास्थ्य समस्या लिएर आउँछन् ।

 

सेतो विल्डिङको ३ तलामाथिको गेटमा सोमबार राती १० बजे सुरक्षा गार्डलाई श्रीमतीको कुरुवा बस्न पाउँ भन्दै पटक –पटक अनुरोध गर्दै थिए, सिन्धुली घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय रमेश खत्री ।

 

२४ वर्षीया उनकी श्रीमती फूलकुमारी दुई महिनाकी गर्भवती हुन् । बिरामी भएसँगै श्रीमान खत्रीले आइतबार राती अस्पताल भर्ना गराएका थिए ।

 

‘त्यो दिन दाजुभाउजु सँगै आयौं । श्रीमतीको कुरुवा भाउजु बस्नुभो । हामी चाहिँ अस्पतालको टिकट काउन्टर नजिए गएर सुत्यौं’ रमेशले भने भाउजुको पनि सानो बच्चा भएकाले उनीहरू भोली पल्ट कोठामै फर्किए । अस्पतालमा बाँकी रहे रमेश मात्रै ।
 

 

रमेशकी श्रीमतीको गर्भ पाठेघर नलिमा बसेकै कारण तुहियो । श्रीमतीको अपरेशन गर्नुपर्ने भो । अपरेशनपछि आइतबार फूलकुमारीलाई आइसीयूमा राखियो । श्रीमतीलाई आइसीयूमा राख्दा समेत रमेशले भेट्न पाएनन् । उनलाई श्रीमतीको बेडसम्म जाने अनुमति भएन ।

 

सोमबार फूलकुमारीलाई आइसीयूबाट वार्डमा राखियो । तर उनका आफन्त महिला नहुँदा फूलकुमारी एक्लै भइन् । डाक्टर र नर्सको सोधपुछ बाहेक उनीसँग मुख बोल्ने मान्छेसमेत कोही भएन । धेरै पटक अनुरोध गर्दा समेत रमेशले वार्डको गेटसम्म बस्न पाएनन् ।

 

उनले भने, ‘श्रीमतीको अवस्था गम्भीर छ । कतिखेर के हुन्छ थाहा छैन । श्रीमतीलाई यो अवस्थामा समेत कुरुवा बस्न पाइएन । श्रीमतीलाई यस्तो हालतमा छोडेर बाहिर कता जानु ।’
अस्पतालका नर्सहरूले श्रीमतीको अवस्था गम्भीर भएकै कारण भित्र बस्ने व्यवस्था मिलाइदिन्छु भन्थे तर पछि केही नगरेको उनले बताए ।

 

रमेश मात्रै होइन भक्तपुरकै ३० वर्षीया श्रीजन अवालको समस्या पनि त्यस्तै छ । उनी पनि दुई महिनाको गर्भवती श्रीमती लिएर अस्पतालमा शनिबार भर्ना भएका थिए । उनले पनि श्रीमतीलाई कुरेर बस्न पाएनन् ।

 

अवाल भन्छन्, ‘आफ्नो बिरामी श्रीमतीलाई कुरेर बस्न पाउँदैनौ । त्यस्तो अवस्थाकी श्रीमतीलाई छोडेर बाहिर बस्न बाध्य छु ।’
अवालकी श्रीमतीको पनि अपरेशन भयो । आइसीयूमा राखेर वेडसम्म ल्याए पनि श्रीमतीलाई कुर्ने मान्छे नहुँदा समस्या भएको उनी बताउँछन् ।

 

उनी भन्छन्, ‘श्रीमतीलाई तीन तलामाथि राखिएको छ । कति खेर के हुन्छ थाहा हुँदैन । जतिबेला पनि औषधि चाहिन सक्छ । यस्तो अवस्थामा के गर्ने ?’ बर्खाको बेला पानीमा रुज्दै बिरामी श्रीमती त्यसै छोडेर हिँड्नुपर्ने बाध्यता रहेको अवाल गुनासो गर्छन् ।


गोरखा घर भई हाल ललितपुर लुभु बस्दै आएका निशान बराम पनि अस्पतालले पुरुषलाई बिरामी कुरुवा बस्न नदिँदा समस्या भएको बताउँछन् ।

 

‘गाउँबाट श्रीमानहरू श्रीमती लिएर आउँछन् । तर उनीहरू बिरामी श्रीमती कुर्न पाउँदैनन् । बिरानो शहरमा आफ्नो श्रीमती कुरिदिने कुन महिला खोज्नु ?’ उनले भने, ‘अस्पतालले यो नियम परिवर्तन गरे सबैलाई राहत हुन्थ्यो ।’

 

अस्पतालमा २८ वर्षदेखि सुरक्षा गार्डको रुपमा काम गर्दै आएका टिकाराम खत्री प्रशासनको आदेश अनुसार नै आफूहरूले रातीको समय पुरुषलाई भित्र छिर्न नदिएको बताउँछन् । खत्री भन्छन्, ‘पहिलेदेखि नै पुरुषलाई कुरुवा बस्न प्रतिबन्ध लगाइएको छ । कसैको कुरुवा पुरुष हुन्छन् । तर उनीहरू श्रीमती एक्लै छोडेर बाहिर जान बाध्य हुन्छन् । हामीले भनेर मात्रै के गर्ने, माथिकै आदेश यस्तो छ ।’

 

पाठेघरमा भएको सिस्टको अपरेशन गर्न सोमबार प्रसूति गृहमा भर्ना भएकी लमजुङकी एक महिलाले पनि कुरुवा बिना नै रात काटिन् । काठमाडौंमै पत्रकारिता गर्ने उनका श्रीमान सोमबार श्रीमती भर्ना गराए ।

 

अस्पतालले दिएको गेट पासमै लेखिएको छ ‘यो कार्डबाट रातीलाई एक जना महिला कुरुवा राख्न दिइनेछ । पुरुष कुरुवा बस्न दिइने छैन । गेटपासमा लेखिएको कुराले पत्रकार झस्किए । उनले श्रीमती कुर्न आफन्त, नातागोतामा महिला खोजे । तर सम्भव भएन । त्यसपछि श्रीमतीलाई एक्लै छोडेर आफू कोठामा फर्किए ।

 

श्रीमती कुर्न महिला नपाएका पत्रकारले महिला खबरसँग भने, ‘बिरामीका कुरुवा श्रीमानको विश्वास हुन्न भने बिरामीको उपचार गर्ने पुरुष डाक्टरको पनि के विश्वास त? पुरुषलाई बिरामी कुर्न नदिने अस्पतालले सबै फाँटमा महिला कर्मचरी राख्नु पर्दैन ? यो सरासर गल्ती हो । अस्पताल प्रशासनले यो नियम फेर्नु पर्छ ।

 

अस्पतालका प्रमुख डा. जागेश्वर गौतम भने महिलाको सुरक्षाको लागि नै अस्पतालले पुरुष कुरुवा बन्देज गरेका बताउँछन् । अस्पतालमा पुरुष कुरुवा राख्दा महिलाहरू बलात्कृत समेत भएको उनले उदाहरण दिए । अस्पतालमा एउटै नियतले मान्छेहरू नआउने भन्दै महिलामाथि हुन सक्ने सम्भावित दुरव्यवहार रोक्न यस्तो नियम बनाइएको उनको दाबी छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement