Advertisement
Advertisement
Advertisement
Advertisement

प्रभावकारी बन्दै स्वास्थ्य बीमा

  |      14:20:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र ५, झापा ।  झापामा स्वास्थ्य बीमा गर्नेमध्ये आधा हिस्साले स्वास्थ्योपचार गरेका छन् । 

 

सरकारले झापामा २०७४ असोजदेखि स्वास्थ्य बीमा लागू गरेको हो । गत असोजदेखि हालसम्मको ११ महिनाको अवधिमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या एक लाख २२ हजार ३०५ पुगिसकेको जिल्लास्थित स्वास्थ्य बीमा बोर्डकी दर्ता अधिकारी लक्ष्मी कँडेलले जानकारी दिईन्। 

 

उनका अनुसार बीमा गराएकामध्ये ५० हजार ५४९ जनाले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उपचार सेवा लिइसकेका छन् । दमकस्थित आम्दा अस्पतालले सबैभन्दा बढी १७ हजार ६०० जनालाई गत एक वर्षको अवधिमा बीमामार्फत उपचार सेवा प्रदान गरेको जनाएको छ । 

 

जिल्लाको १५ वटै स्थानीय तहमा स्वास्थ्य बीमा लागू गरिएको छ । बीमा गराएकाले भद्रपुरस्थित मेची अञ्चल अस्पताल, विर्तामोडस्थित मेची आँखा अस्पताल र जिल्लाका सबै प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार सेवा लिन सकिने व्यवस्था छ । 

 

यस अवधिमा बीमा गराएकामध्ये सबैभन्दा कम १७७ जनाले गौरीगञ्ज गाउँपालिकाको खजुरगाछी स्वास्थ्य केन्द्रबाट उपचार गराएका छन् । दर्ता अधिकारी कँडेलका अनुसार भद्रपुरस्थित मेची अञ्चल अस्पतालबाट ११ हजार ४७१ बिरामीले बीमामार्फत उपचार गराएका छन् । 

 

विर्तामोडको मेची आँखा अस्पतालबाट तीन हजार ६७५ बीमितले आँखासम्बन्धी रोगको उपचार गराएका छन् । पाँच जनासम्मको परिवारमा वार्षिक रु. दुई हजार ५०० बीमा रकम बुझाएपछि एक बीमितले आफूले गरेको बीमाबाट वार्षिकरुपमा रु ५० हजारसम्मको उपचार सेवा लिन पाउने व्यवस्था भएकाले स्वास्थ्य बीमा कार्यक्रमप्रति सर्वसाधारणको आकर्षण बढेको दर्ता अधिकारी कँडेल बताउँछिन् ।स्वास्थ्य बीमा गरेबापत गर्भपतन, प्लाष्टिक सर्जरी, अङ्ग प्रत्यारोपणबाहेकका धेरै किसिमको उपचार सेवा पाउने व्यवस्था रहेको उनको भनाइ छ । 

 

बीमितलाई धुलाबारी, शनिश्चरे, बनियानी, सुरुङ्गा, शिवगञ्ज, खजुरगाछीलगायतका स्वास्थ्य सेवा केन्द्र र अस्पतालमा दमक अस्पताल, मेची अञ्चल अस्पताल भद्रपुर, मेची आँखा अस्पताल विर्तामोडबाट उपचार सोवा प्रदान गरिने व्यवस्था गरिएको छ । 

 

जिल्लामा स्वास्थ्य बीमा बोर्डले १५ वटै स्थानीय तहमा घरघरै पुगेर बीमा गराउनका लागि १९५ दर्ता सहयोगीलाई परिचालन गरेकाले २०७४ असोजदेखि २०७५ साउन मसान्तसम्मको ११ महीना अवधिमा एक लाख २२ हजार ३०५ ले स्वास्थ्य बीमा गराएका र तीमध्ये ५७ हजार ३०३ पुरुष र ६४ हजार ९९८ महिला छन् । 

 

बीमा गर्नेमा पनि सबैभन्दा बढी दमक नगरपालिकाका रहेका छन् । सो नगरपालिकाबाट २५ हजार ३६२ ले स्वास्थ्य बीमा गरेका छन् भने सबैभन्दा कम झापा गाउँपालिकाबाट एक हजार ९४९ ले मात्र बीमा गराएका छन् । बीमा गरेबापत सोही अवधिमा रु. छ करोडभन्दा बढी बीमा रकम सङ्कलन भएको दर्ता अधिकारी कँडेल बताउँछिन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement