Advertisement
Advertisement
Advertisement
Advertisement

प्रदेश सभाका महिला सांसदहरुले भन्छन आफूहरुलाई सञ्चारमाध्यमले प्राथमिकता दिइएन

  |      13:01:00   |  
वेब तस्विर
वेब तस्विर

चैत १, सुर्खेत । कर्णाली प्रदेश सभाका महिला सांसदहरुले आफूहरुलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन् ।प्रदेशसभा सचिवालयको आयोजनामा वीरेन्द्रनगरमा बिहीबार भएको सांसद र सञ्चार सम्बन्ध विषयक अन्तरक्रियामा महिला सांसदहरुले पुरुषभन्दा महिला सांसदका समाचार निकै कम आएको बताएका हुन् ।

 

 

सांसद पद्मा खड्काले विशेष र शून्य समयमा महिला र पुरुष सांसद उत्तिकै महत्वपूर्ण विषय उठाएपनि महिला सांसदको भनाइ सञ्चार माध्यमले नसमेट्ने बताइन् ।आफूले संसदमा राखेको वन विज्ञान विश्वविद्यालयको विषयदेखि नदी दोहन, बाटोघाटोका समस्याहरु सार्वजनिक हुन नसकेको उनको अनुभव छ ।

 

 

सांसद कौशिला खत्री, मिनासिंह रखाललगायतले सञ्चारमाध्यम महिलामैत्री नहुँदा संसदमा राखेका गम्भीर सवाल पनि बहसको विषय हुन नसकेको गुनासो गुनासो गरेका थिए ।कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले सञ्चार माध्यममा कसरी विषय उठान गर्ने भन्ने विषय सांसदको कलामा भर पर्ने बताइन् । त्यसको साथै हरेक विषयलाई सञ्चार माध्यमले गम्भीरताका साथ लिनुपर्ने पनि उनको भनाइ थियो ।

 

 

उपसभामुख तुम्बाहाङ्फेले भनिन्, ‘दुवै पक्षले आपसी छलफलमा विषय केन्द्रित बहसलाई सञ्चार माध्यसम्म पुर्याउनुपर्छ ।’कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले पत्रकारलाई समाचार संकलनमा सहज बनाउन प्रदेश सभा सचिवालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती विष्टले प्रादेशिक संसदको अभ्यासमा रहेकाले कतिपय विषयमा ध्यान पुग्न नसक्ने भन्दै संसद र पत्रकारबीचको सहकार्य बलियो बनाउँदै लैजानुपर्ने धारणा राखिन् ।

 

 

बेलायती पूर्वसांसद एनीमक्लौगल्लिनले सञ्चारमाध्यमले गर्ने आलोचनालाई स्वीकार गर्न सांसदहरुलाई आग्रह गरिन् । उनले नेपालमात्रै होइन विश्वका अन्य देशमा पनि पुरुषलाई जति सहज महिला सांसदलाई नभएको उनको भनाइ थियो ।नेकपा प्रमुख सचेतक गुलावजंग शाहले पत्रकार र सांसदहरुबीच अन्योन्याश्रित सम्बन्ध रहनुपर्नेमा जोड दिए । नेपाली काँग्रेस प्रमुख सचेतक हिमबहादुर शाहीले लोकतन्त्र र लोकतान्त्रिक व्यवस्था जोगाउन संसदीय मामिला पत्रकारको भूमिका बढी हुने जनाए ।कार्यक्रममा वरिष्ठ पत्रकार तीर्थ कोइराला र सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले संसदभित्रका विषयलाई प्रस्तुत गर्दा सांसद र पत्रकारले धेरै सजगता अपनाउनुपर्नेमा जोड दिएका थिए ।

 

 

कार्यक्रममा संसदीय मामिलामा रिपोर्टिङ गर्ने पत्रकारहरुले प्रदेश सभा सचिवालय पत्रकारमैत्री हुन नसकेको गुनासो गर्दै समाचार संकलनमा सहजता अपनाइदिन आग्रह गरेका थिए ।

-महिला खबरबाट

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement