Advertisement
Advertisement
Advertisement
Advertisement

प्रदेश सांसद जगतारैन देवीले नै गरिन् बुहारीमाथि हिंसा

  |      18:09:00   |  
तस्विर : महिला खबर
तस्विर : महिला खबर

फागुन १३, ललितपुर । प्रदेश नम्बर २ की सांसद जगतारैन देवी साहकी बुहारी पिंकीकुमारी साहले सासूसहित परिवारले नै आफूमाथि हिंसा गरेको आरोप लगाएकी छिन् ।

 

पिंकीले श्रीमान देवशरण, सासू जगतारैन र ससुरा स्वामीशरणले आफूमाथि हिंसा गरेको आरोप लगाएकी हुन् । भारतको चण्डीगढमा श्रीमान देवशरण बस्दै आएका र एक छोरी सहित आफू सिराहास्थित घरमा बस्दा सासू ससुराले खान लाउन पनि नदिएको आरोप लगाएकी हुन् । उनले श्रीमानले बेवास्ता गर्ने र सासू ससुराले खान लाउन पनि नदिएको भन्दै उनले जिल्ला अदालत सिराहामा मुद्दा समेत दायर गरेकी थिइन् । मानाचामल माग गर्दै दायर गरेको मुद्धा गएको माघ १० गते जिल्ला अदालत सिराहाले फैसला गरेको छ ।

 

‘मासिक १० हजार रुपैयाँ पाउने गरि फैसला भएको छ’ पिंकीले महिला खबरसँग कुरा गर्दै भनिन्, ‘फैसला भएको एक महिनाभन्दा बढी भइसक्दा पनि मैले खर्च पाएको छैन ।’

 

पिंकीले २०७४ साल भदौ ८ गते जिल्ला अदालत सिराहामा मुद्दा दायर गरेकी थिइन् । २६ वर्षकी पिंकीले २०६० सालमा विवाह गरेको अदालतमा दायर गरेको मुद्दाको मिसिलमा उल्लेख छ ।

 

पिंकीको माइती जनकपुर हो । उनका अभिभावकले १ लाख ५१ हजार रुपैयाँ दाइजो दिएर विवाह गरेको पिंकीले बताइन् । ‘विवाह पछि केही समय श्रीमान र परिवारले पनि राम्रो व्यवहार गरेका थिए’ पिंकीले भनिन्, ‘एक वर्षजति पछि दाइजो पुगेन भनेर सासूससुराले हेला गर्न थाले ।’


उनले श्रीमान बसेको ठाउँमा जाँदा पनि आफूलाई कुटेर पठाएको गुनासो गरिन् । उनले भनिन्, ‘छोरी गर्भमा रहँदा पनि मलाई पिट्ने गरेपछि बस्न नसकेर घर आएँ ।’ अहिले पिंकीको ३ वर्षकी छोरी पनि छिन् । छोरीको समेत हेरचाह र पढाइ खर्च श्रीमानले नदिएको उनको गुनासो छ ।

 

पिंकीका ससुरा स्वामीनारायण साहले भने बुहारीमाथि हिंसा नगरेको दाबी गरे । ‘आफै श्रीमान र हामीसँग मिलेर बस्न सकिन’ महिला खबरसँग कुराकानी गर्दै स्वामीनारायणले भने, ‘मेरो श्रीमतीलाई र परिवारलाई नराम्रो देखाउन उसले यस्तो गरेकी हो ।’

 

उनले अदालतले गरेको फैसला अनुसार छोराले उसलाई खर्च दिने बताए । ‘अदालतले जे भन्छ त्यो स्वीकार गर्छु’ स्वमीनारायणले भने । प्रदेश नम्बर २ की सांसद जगतारैन देवी साह भने बिरामी परेको भन्दै बोल्न स्वीकार गरिनन् । 
स्रोत : महिला खबर 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement