Advertisement
Advertisement
Advertisement
Advertisement

परिवारै गुमाएपछि एक्लिइन् राधिका

  |      19:08:00   |  
परिवारै गुमाएपछि एक्लिइन् राधिका

भाद्र ४, फालेलुङ (पाँचथर) । खोलामा एक्कासि बाढी आएपछि श्रीमान् र छोरी विद्युत् गृहभित्र छिरे । सानिमा र हजुरबालाई पछ्याउँदै नातिनी पनि त्यहीँ गइन् । उनी भने शौचालय छिरेकी थिइन् । निवाखोला माथिबाट ओइरिएर आएको बाढी पहिरोले श्रीमान्, छोरी र नातिनीलाई भेलमै मिसाइदियो ।

 

पाँचथर सदरमुकाम फिदिमदेखि २२ कोस सुदूर उत्तर फालेलुङ गाउँपालिका–३ मेमेङस्थित ताङलेपाकी ५२ वर्षीया राधिका राई बाढीपहिरोमा परिवार गुमाएपछि एक्लो भएकी छन् । गत शुक्रबार पति ५९ वर्षीय विष्णुभक्त, १३ वर्षीया छोरी गंगा र १३ वर्षीया नातिनी प्रियालाई बाढीले बगाएपछि एक्लो परेकी हुन् ।

 

चर्पीबाट निस्कँदा श्रीमान्, छोरी र नातिनीलाई सपनाझैं लाग्ने गरी एक्कासि बाढीमा मिसाइदिएको हेर्दाहेर्दै उनलाई पनि छालले तानिहाल्यो । माथिबाट आएका रूख, बोटबिरुवा, काठपात, बाँस र झाडीले छोपेर घाइते भइन् । बल्लबल्ल एउटा बिरुवा समाएर उम्किएर बाँचेकी उनी परिवारमा एक्लो भएकी छन् । स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि राधालाई फिदिमस्थित जिल्ला अस्पताल भर्ना गरिएको छ । ‘सम्झिँदा सपना जस्तै लाग्छ, उनीहरू ९श्रीमान्, छोरी र नातिनी० लाई कहाँ पुर्‍यायो रु’ अस्पतालको बेडबाट उठेर ५२ वर्षीया राधिकाले भनिन्, ‘घरबास छैन, खाने, लाउने केही छैन, सबै पहिरोले बगाइहाल्यो ।’ पति र नातिनी प्रियाको शव अझै भेटिएको छैन । छोरी गंगाको शव तीन दिनपछि एक किलोमिटर तल मेवाखोला दोभानमा फेला परेपछि दाहसंस्कार गरिएको छ । 

 

फालेलुङ गाउँपालिका–३ मेमेङका स्थानीयवासीको सक्रियतामा एक वर्षदेखि सञ्चालनमा रहेको २० किलोवाट क्षमताको निवाखोला लघुजलविद्युत् आयोजनाको चौकीदार रहेका विष्णुभक्त सपरिवार विद्युत्गृहमा बसेका थिए । गत कात्तिक १० गतेदेखि मासिक १० हजार रुपैयाँ पाउने गरी उपभोक्ता समितिले नियुक्ति दिएपछि विद्युत्गृह र कुलो हेरचाह गर्दै आएका राई परिवार खोला किनारमै बसोबास गर्थे । परिवारै गुमाएपछि राधिकालाई पर्नु पीडा परेको छ । 

 

ताङलेपादेखि आधा घण्टा तल निवाखोला लघु जलविद्युत् आयोजनामा सुरक्षाको काम गरेबापत मासिक पाउँदै आएको पारिश्रमिक तीन महिनादेखि नपाएको बताइन् ।

 

कुलो र उपकरणसहित विद्युत् गृह बाढीले बगाएपछि ताङलेपा, खोलाघारी सेपीडाँडा, विकटे, सल्लेनी, माङलेबुङ लगायत आसपासका एक सय ६७ घर उपभोक्ता ८ दिनदेखि विद्युत् सेवाबाट वञ्चित छन् । सोही गाउँको अर्को ४५ किलोवाट क्षमताको खेवाताम लघु जलविद्युत् आयोजनासमेत पूर्णरूपमा क्षतिग्रस्त भएको छ । खेवाताम लघु जलविद्युत् भत्किएपछि सात सय घरपरिवार अन्धकारमा बस्न बाध्य छन् । आयोजनाको विद्युत् गृह, कुलो र विद्युतीय उपकरण पूर्णरूपमा क्षतिग्रस्त छन् । 

 

मेमेङको तेर्सेनीलगायत आसपासका क्षेत्रमा सडक खन्न स्काभेटर ९डोजर० मेसिनले भित्तो खनेर थुपारेको माटो वर्षातले बगाएपछि पहिरो गएर पूरै गाउँ बगाएको स्थानीयवासीले बताए । फालेलुङ क्षेत्रमा बाढीपहिरोले घर, गोठ बगाएपछि भाँडाकुँडा, लत्ताकपडा, खाद्यान्न तथा उपभोग्य वस्तुको अभाव र हजारौं गाईभैंसी, भेडाबाख्रा, सुँगुरबंगुर, पशुपक्षी बगेर करोडौं रुपैयाँ बराबर नोक्सानी बेहोर्नुपरेको वडा नं। ३ का वडाध्यक्ष सोमबहादुर राईले बताए । उनका अनुसार बाढीपहिरोले मकै, कोदो, धान, अम्लिसो, अलैंची, अदुवा, आलु, सिमी, केराउ, मटर लगायत करोडौंको बालीनाली क्षति पुर्‍याएको छ । किसानले लगाएको बाली नष्ट भएपछि आगामी वर्ष पहिरोपीडित क्षेत्रमा खाद्यसंकटको सम्भावना बढेको स्थानीय मदन मुर्छना राईले बताए ।

 

यस्तै घरसहित पहिरोले बगाएर मृत्यु भएका फालेलुङ–४ एकतिनस्थित चुप्पादेनका ८३ वर्षीय त्रिलोचन विश्वकर्माको शव पनि त्यही दिन भेटेर दाहसंस्कार गरिएको छ । माछा मार्न गएका फालेलुङ–८ याङनामका मनराज केरुङलाई समेत सोही बाढीले बगाएको थियो । उनको शव पनि फेला परेको छैन । उनीहरूको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए । 

 

यसैगरी उत्तरी पाँचथरको फालेलुङ गाउँपालिका क्षेत्रमा एक साताको अविरल वर्षा र बाढीपहिरोले दुई सय घरपरिवारभन्दा बढी विस्थापित भएका छन् । फालेलुङ गाउँपालिका–३ मेमेङको ताङलेपामा १६ घर, खोलाघारीमा ७ घर, माङलेबुङ १५ घर, विकटेमा ४८ घर, बुङछ्याङडाँडामा २४ घर, एकतिनको चुप्पादेनमा ६ घर, कुम्मायकमा दुई घर र फिदिम नगरक्षेत्रमा एउटा घर बाढीले बगाएको छ । जिल्ला प्रशासन कार्यालयले भने पूर्णक्षति १४ घर र आंशिक क्षति २६ घरपरिवार गरी ४० वटा घर पूर्णरूपमा क्षतिग्रस्त रहेको जनाएको छ । पहिरोपीडित ४० घरपरिवारलाई जिल्ला प्रशासन कार्यालयबाट १२ हजार रुपैयाँ नगद र खानेकुरा वितरण गरेको जनाएको छ । सरकारले मृतक परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गरे पनि रकम आइनसकेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए । 

 

फालेलुङ आसपासमा १५ ठाउँमा गएको ठूलठूलो पहिरोले लामो र छोटो दूरीका सडक, खानेपानी, लघु जलविद्युत् आयोजना र सार्वजानिक भवनमा क्षति पुर्‍याएको छ । फालेलुङ गाउँपालिका आसपासको क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकाले स्थानीयवासी डराइरहेका छन् । फालेलुङ आसपासमा पहिरोले खानेपानीको मुहान र धाराहरू पुरिएपछि पिउनेपानीको अभाव छ । 

 

फालेलुङ क्षेत्रमा गएको बाढीपहिरोले घरबास उठेपछि खानेबस्ने समस्या छ । गाउँका वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा समस्या देखा परेको छ । बाढीपहिरोपीडितको खानेबस्ने टुंगो नभएपछि स्कुले बालबालिकालाई विद्यालय पठाउन कठिन भएको फालेलुङ–३ का रविन केरुङले बताए । बाढीपहिरोले बगाएका पशुपक्षी, चौपाया कुहिएर दुर्गन्ध फैलिएकाले माहामारी, भाइरल प्रकोपको लक्षण देखिन थालेको छ । कान्तिपुरमा प्रकाशित खबर ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement