काठमाडौं। नेपाली गीतसंगीतमा एकताका एकक्षत्र राज गरेका रामकृष्ण ढकालकी जीवनसंगिनी निलम शाह यतिखेर आफ्नै म्युजिक भिडियोका कारण चर्चामा छिन् । गएको भ्यालेन्टाइन डेका दिन गायक ढकालले आफ्नो नयाँ म्युजिक भिडियो ‘यस्तो को हौ तिमी...’ सार्वजनिक गरेका थिए । त्यही भिडियोमा मञ्चिन शाक्यका साथ अभिनय गरेकी निलम भिडियोको सकारात्मक प्रतिक्रियाले दंग छिन् ।
म्युजिक भिडियो छायांकनका क्रममा निलमले अविस्मरणीय क्षण बिताइन् । ‘चितवन मेघौलीको बाराही जंगल लजमा भन्दा कालिञ्चोकको सेताम्मे हिउँमा सुट गर्दा धेरै रमाइलो भयो,’ उनले अनुभव बाँडिन्, ‘तर घुँडासम्म हिउँले पुरिएर अति गार्हो भयो । चिसोमा कठ्यांग्रिएर दुई–दुई घण्टा हिँडेका थियौं हामी ।’ उक्त भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । गीतमा दावा गुरुङको संगीत र मनीष वशिष्ठका शब्द छन् । निलमले सेलेक्टेड भिडियोका लागि अफर आए अरूमा पनि अभिनय गर्ने बताइन् । कान्तिपुरमा प्रकाशित सामाग्री ।