Advertisement
Advertisement
Advertisement
Advertisement

न्याय माग्दै प्रदर्शन : सरकारलाई निदाउन दिन्नौं

  |      15:41:00   |  
न्याय माग्दै प्रदर्शन : सरकारलाई निदाउन दिन्नौं

भाद्र ३१, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय खोज्दै देशका प्रमुख शहरहरूमा शनिबार प्रदर्शन गरिएका छन्।

 

काठमाण्डौंमा निर्मलाका लागि न्याय भनिएको शान्तिपूर्ण प्रदर्शनमा हजारौँ सर्वसाधारणले स्वतस्फूर्त रूपमा सहभागिता जनाएको बताइएको छ। न्याय नपाएसम्म घर नफर्कने भन्दै आएका निर्मलाका आमाबुवा पनि प्रदर्शनमा सहभागी थिए। निर्मलाकी आमा दुर्गादेवी पन्त र बुवा यज्ञराज पन्त न्यायका लागि भन्दै केही दिनअघि मात्रै केही महिला अधिकारकर्मीसहित काठमाण्डौं आएका हुन्।

 

कारबाही
माइतीघर मण्डलाबाट शुरू भएको प्रदर्शनका सहभागीहरूले हत्यारालाई कारबाही माग गरिएका प्लेकार्ड बोकेका थिए। नयाँ बानेश्वर पुगेर टुङ्गिएको प्रदर्शनका सहभागीले बलात्कार र हत्याजस्ता जघन्य अपराधका दोषीलाई उन्मुक्ति दिएको भन्दै सरकारविरुद्ध नाराबाजी समेत गरे।

 

पूर्वनिर्धारित समय अनुसार विराटनगर, धरान, इटहरी, राजविराज, जनकपुर, कञ्चनपुर, पोखरा, हेटौडा लगायतका शहरमा पनि प्रदर्शन भएको आफूहरूलाई जानकारी आएको प्रदर्शनमा सहभागि लुना भट्टराईले बताइन्।

 

भरतपुर र वीरगञ्ज लगायत केही स्थानमा चाहिँ साँझ कार्यक्रम गरिन लागिएको अभियानमा सहभागीहरूले बताएका छन्। शनिवारको प्रदर्शनमा सहभागी हुन केही दिन अघिदेखि नै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले स्वतःस्फूर्त रूपमा आह्वान गर्दै आएका थिए।

 

आलोचना
सोही आह्वानका आधारमा आफूहरू विरोधमा आएको कतिपय सहभागीले बताए। काठमाण्डैंको प्रदर्शनमा सहभागी महिला अधिकारकर्मी सुधा कोइरालाले भनिन्, निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई सरकारले लुकाउने काम गरेको छ।
 न्याय दिनुको साटो सरकार सुतेको अवस्थामा रहेकाले उसलाई जगाउन हामीले विरोध गर्नुपरेको छ। हामी निर्मलालाई न्याय नदिलाइ सरकारलाई निदाउन दिँदैनौँ।

 

गत साउन १० गते महेन्द्रनगरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। घटना भएको ५२ दिन पुगिसक्दा पनि दोषीलाई पक्राउ गरी कारबाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement