Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाल बङ्गलादेश बैंकमा म्यानेजरदेखि कार्यालय सहायकसम्म महिला

  |      10:37:00   |  
नेपाल बङ्गलादेश बैंकमा म्यानेजरदेखि  कार्यालय सहायकसम्म महिला

►भक्तराज रसाइली
भदौ ५, काठमाडौं । 'क' वर्गका वाणिज्य बैंकहरुको भीडमा नेपाल बङ्गलादेश बैंक समावेशी बैकिंग सेवा संचालन गर्ने एक छुट्टै पहिचान बोकेको बैंकको रुपमा प्रस्तुत छ । उसको एउटा शाखामा कार्यालय सहयोगीदेखि शाखा प्रबन्धकसम्म नै महिला कर्मचारी मात्र छन् । महिला कर्मचारीले मात्र चलाएको देशका केही सीमित बैंक शाखामध्येको यो पनि एक शाखा हो । 

बि.स.२०७३ साल फागुन २५ गतेको नारी दिवसका उपलक्ष्यमा यो ४४ औं शाखाको रुपमा काठमाण्डौको महाराजगञ्जमा संचालित शाखाका सबै कर्मचारी महिला नै छन् ।

 

शाखामा प्रबन्धकीय जिम्मेवारी प्रमिला मानन्धरले निर्वाह गरिरहेकी छिन् ।  २३ वर्ष सोही बैंकमा असिस्टेन्ट पद आफ्नो करिअर थालेकी मानन्धर न्यूरोड, भक्तपुर ,वीरगञ्ज ,कर्पोरेट शाखाको कार्यानुभव सम्हाल्दै महाराजगञ्ज शाखामा शाखा प्रमुख भएर व्यवस्थापन सम्हाल्दै छिन् ।'महिला सशक्तिकरणको युगमा शुद्ध लेडिज ब्राञ्च चलाउन पाउँदा म गौरवान्ति छु ।'( शाखा प्रमुख प्रमिला भन्छिन् । 

 

सानैदेखिको बैंकप्रतिको चाहना र पारिवारिक र कर्मघर पनि बैंकिङ्ग पृष्ठभूमि भएकोले उनी बैंकरका रूपमा स्थापित भएको बताउँछिन । उनका पिता र पति दुवै नेपाल रास्ट्र बैंकका पूर्वकर्मचारी हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट भूगोलमा स्नातकोत्तर गरेकी हुन् । 

शाखा प्रमुख प्रमिला मानन्धर । 

शाखा संचालनका सुरुवाती समयमा लिक्वीडीटी क्रन्च , बचतको अभाव १ वर्षसम्म झेल्नुपरेको तीतो अनुभव सुनाउँदै स्टाफलाई टीमवर्कमा उत्प्रेरित गर्दै आज धेरै महिला दिदीबहिनीहरुको रोजाईको बैंक बन्न सफल भएको उनले बताइन् । महिलाहरुले चलाएको बैंक शाखालाई ग्राहकहरुले समेत फरक ढंगले माया गरिदिएका उनको अनुभव छ ।

 

आफ्नो अथाह र दृढ इच्छाशक्ति बैंकिङ्गमै रहेको र परिवारको समेत पूर्ण साथ सहयोग पाएकोमा उनी खुशी छिन् । उनका शाखामा आउने महिलाहरुलाई बैंकले सेवामा विशेष सहुलियत र सहजताको व्यवस्था समेत गरिदिने गरेको छ । प्रमिला आफैं पनि महिला ग्राहक आउँदा उनीहरुको सहजताका लागि खटिने गरेकी छिन् । 

 

'कहिलेकाही जेन्ट्सहरु आएर हामीले कारोबार गर्न मिल्छ कि मिल्दैन भनेर पनि सोध्छन् ।'(प्रमिलाले हाँस्दै भनिन् । उनले समाजसँग बैंक भन्ने अवधारणामा महिलाहरुलाई आबद्ध गराउनका लागि कतिपय समयमा आफ्नो शाखामा कारोबारका लागि आकर्षित महिलाहरुलाई उपहार समेत दिने गरेकी छिन् ।

टोल समाजमा दशैमा बैंकिङ्ग सचेतना कार्यक्रम संचालन गरेको र ६ महिनाअघि ब्लड डोनेसनमा बित्तीय सहयोग गरी कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटीमा पनि नचुक्ने उनी सुनाउँछिन । उनका शाखामा १२ सय जना जत्ति ग्राहक रहेकोमा नियमित कारोबार गर्ने ९ सय जत्ति रहेको उनको भनाई छ ।  उनका ग्राहकमध्ये महिला ६० प्रतिशत र पुरुष भने ४० प्रतिशत रहेका छन् । बैंकका विविध प्रडक्टमध्ये गृहिणी बचत खातामा विशेष आकर्षण रहेको उनले बताइन् । 

 

एकादुई पुरुषको हेराइ र सोचाइमा केही फरक देखाउने भए तापनि सबै ग्राहकको साथले गर्दा काममा उत्साह थपिएको उनको भनाई छ । तपाईको जिन्दगीको अन्तिम लक्ष्य के हो ? भन्ने  प्रश्नमा उनले भनिन् ('अवश्य पनि एउटा बैंकरले सीईओ बन्ने लक्ष्य नै राखेको हुन्छ, म पनि यस्तो लक्ष्य राख्नेहरुमध्येमै पर्छु ।'

 

शाखा स्थापनाको पहिलो दिनमा ६ जना महिला कर्मचारीबाट सुरु भएको यो शाखामा अहिले ८ कर्मचारी छन् । छेउछाउमा थुप्रै सहकारी र बैंकका शाखाहरुको चूनौतिको सामना गर्दै तीव्र प्रतिस्पर्धा र दशौ वर्ष स्थापित बैंककै शाखाहरुसँगको प्रतिस्पर्धालाई चिर्न उनी मार्केटिङ र सचेतनामा समेत विशेष ध्यान दिन्छिन ।

स्कुलमा गएर ८/१० कक्षामा अध्ययनरत विध्यार्थीहरुलाई २ पटक सम्म निशुल्क प्रत्यक्ष सचेतना दिएको उनको स्मरणमा ताजै छ । उनलाई हामीले तपाईकै शाखामा सेवा लिन ग्राहक किन आउने ? भन्ने प्रश्न गरेका थियौ । जिज्ञासा मेटाउँदै उनले भनिन् ('हाम्रा राम्रा प्रडक्ट र सर्भिसको गति एकदमै राम्रो रहेकाले हाम्रो शाखामा आउन म आग्रह गर्छु ।'

 

उक्त शाखाले संकलन गर्ने बचत र ऋण प्रबाहमा महिलाको उपस्थिति नै उल्लेखनीय रहेको उनले  बताईन् ।

 

स्टाफको राम्रो टीम ,सहयोगी भावना र साझा उद्देश्यले यो शाखा महिलाले नै चलाएका भए तापनि अरु शाखा जत्तिकै बिजनेस ग्रोथ रहेको मानन्धर बताउँछिन् । यत्रो लामो बैंकिंग यात्रामा दुःखका पलहरु बताउन आग्रह गर्दा उनले भनिन् ('लड्दै पड्दै सिकेको, परिवारलाई  दोस्रो प्राथमिकतामा राख्दै संगठनमा दृढ भएर लागिएको छु, अनेक बाधाहरुलाई छिचोल्दै यो अवस्थामा छु, खुशी नै छु ।'

 

काम गर्ने क्रममा आउने उकालीओरालीहरुलाई छिचोल्दै उपलब्धि हासिल गर्न कोशेढुङ्गा साबित गर्न अहोरात्र खट्न तयार रहेको उनका हौसिएका अनुहारमा छ्ताछुल्ल देखिन्थे । असिस्टेन्टदेखिको सुरु भएको बैकिङ्ग करियर शाखा प्रमुखसम्म ल्याउन आफ्ना पतिको निकै ठूलो सहयोग रहेको उनले सुनाइन् । उनी वीरगन्ज शाखामा खटिएका बेला ६ वर्षदेखि बेड रेस्ट्मा बसेकी सासूआमाको स्याहार सुसारमा उनका पतिले सहयोग गरेका रहेछन् । जीवनका यस्ता अप्ठ्यारा सप्ठ्यारामा उनलाई सधैं पतिको साथ र दरिलो सहयोग रहँदै आएको छ । 

 

जन्मघर नै काठमाडौ डील्लीबजार रहेकी उनी हाल २ जना छोरा र पतिका साथमा काठमाडौ २६ सामाखुसीमा बस्छिन् । महिला दिदीबहिनीलाई  के सुझाव दिनुहुन्छ भन्दा उनी भन्छिन्('कामप्रति समर्पित हुँदै समयअनुसार चल्नुपर्छ । समयले ख्याल गर्दैन, समय व्यवस्थापन गर्दै जागिर र गृहस्थ जीवनको दोहोरो भूमिकामा खरो उत्रिए सफल भइन्छ ।

 

महिलाहरु पनि बैंकिङ्ग  च्यानलमा आई स्रोत परिचालन गरेर मात्र  वृत्ति विकास हुनेमा उनी जोड दिन्छिन् । यसमा सबै परिवारको पनि साथ चाहिने कुरासँग सहमत रहेको बताईन । सेयरबजार बारे धेरथोर जानकार उनले  दुई चार कम्पनीको आइपीओ भरेको अनुभव सुनाईन । तर उनका पतिले भने केही रकम दोश्रो बजारमा पनि लगानी गरेका छन् ।

 

त्यसै बैंकमा कार्यरत जुनियर एक्सक्युटिभ अफिसरका रूपमा कार्यरत विजया पाण्डे महिला शाखा प्रमुख भएकोमा काम गर्न सहज भइरहेको  र महिलाले पनि लीड गर्नुपर्नेमा जोड दिन्छिन् । समस्या र व्यक्तिगत कुराहरु सेयर गर्न व्यवस्थापक सङ्ग सजिलो भएकोमा सोही बैंककी सुपरभाइजर सोफिया श्रेष्ठ पनि खुशी देखिन्थिन् ।

 

पहिले पोखराको फाइनान्समा काम गरेकी जुनियर असिस्टेन्ट अञ्जु जीसीको अनुभव साट्दै भन्छिन्('गौरवान्वित महशुस र पर्फेक्ट टाईपको फिलिङ्ग भएको छ । तर, कुनैकुनै पुरुष ग्राहकलाई राम्रो रेस्पेक्ट गर्दागर्दै पनि कोही कोहीले ठूलो पल्टिने गरेकोमा थोरै दुःख लागेको बताउँछिन ।' उनी थप्छिन्('महिला भएकै कारण आफ्ना समस्या म्यानेजरसँग राख्न केही सहज हुँदो रहेछ । महिलाको नेतृत्वमा रहेको शाखामा काम गर्ने वातावरण समेत निकै राम्रो हुने अनुभव गरेकी छु ।'


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement