Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाल भाषा साहित्य पर्व सम्पन्न

  |      00:00:00   |  
नेपाल भाषा साहित्य पर्व सम्पन्न

भदौ ३१, ललितपुर – नेपाल भाषा साहित्य पर्व आज यहाँ सम्पन्न भयो । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले उक्त पर्वको आज यहाँको केशव नारायण चोकमा उद्घाटन गरे ।

 

आफ्नो उद्घाटन भाषणमा शताब्दी पुरुष जोशीले नेपालका विविध सांस्कृतिक सम्पदाका देख्न सकिने स्वरुपको मात्र हैन त्यससँग जोडिएका अदृश्य परम्पराको संरक्षणमा पनि ध्यान पुग्नुपर्ने बताए ।

 

उद्घाटन सत्रमा अधिकारकर्मी तथा भाषासेवी मल्ल के सुन्दरद्वारा लिखित ‘द पोस्टर’ उपन्यास र कवि वसन्त चौधरीद्वारा लिखित ‘वसन्त’ कविता संग्रहको लोकार्पण गरिएको थियो । संस्कृतिविद् जोशी, नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त र नेपालभाषा एकेडेमीका कुलपति चित्तरञ्जन नेपालीले ती पुस्तकको लोकार्पण गरेका थिए ।

 

द पोस्टर राजनीतिमा समर्पित एक महिला पात्रको कथा हो र यसमा चुनावताका गरिएका वाचा भुल्ने गैरजिम्मेवार र विसंगतिपूर्ण राजनीतिक प्रवृत्तिलाई उदाङ्गो पार्ने प्रयाश गरिएको छ । वसन्त लेखकको ६० वर्ष प्रवेशका अवसरमा नेपालभाषाबाट अनूदित ६० वटा कविताको संग्रह हो । 

 

साहित्य पर्वमा भूषण प्रसाद श्रेष्ठ, सुलोचना मानन्धर, धु्रव मधिकर्मी र राजेन मानन्धरको सहभागितामा ‘भोलिको नेपाल भाषा साहित्य’ विषयमा पहिलो अन्तक्र्रिया कार्यक्रम भयो । कवि सुरेश किरण मानन्धर यसको सहजकर्ता हुनुहून्थ्यो । ‘नेपाल भाषामा कलम चलाउने नेवाः साहित्यकारहरु’ विषयमा गरिएको दोस्रो अन्तक्र्रियामा स्नेह साय्मी, जलेश्वरीदेवी श्रेष्ठ र श्रीओम श्रेष्ठ ‘रोदन’ सहभागी थिए । यसको सहजकर्ता नवीन चित्रकार थिए ।

 

प्रा. प्रेमशान्ति तुलाधरले ‘नेपाल भाषा साहित्यको परिचय’ विषयमा एक कार्यपत्र प्रस्तुत गर्दै ललितपुरको उकुबहालमा पाइएको सन् १११५ गोष्ठीपत्र नेपाल भाषाको पहिलो लिखित पत्र भएको र राजा महेन्द्र मल्ल यस भाषाका पहिलो ज्ञात कवि भएको चर्चा गरे। 

 

सो अवसरमा जनकवि दुर्गालाल श्रेष्ठ, राजभाइ जकःमि, हृदयप्रसाद मिश्र, सुरेन्द्र तुलाधरलगायतका स्रष्टाहरुबाट आ–आफ्नो रचना वाचन गर्ने काम पनि भयो । साहित्यक पर्वको समाप्तिमा कुटुम्ब सांगीतिक समूहले सांगीतिक प्रस्तुति दिएर मनोरञ्जन प्रदान गरेको थियो । रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement