Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाली सुन्दरीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा माथिल्लो स्थानमा आउन नसक्नुका कारण के हुन्?

नेपाली सुन्दरीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा माथिल्लो स्थानमा आउन नसक्नुका कारण के हुन्?

मिस वर्ल्ड र मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व जनाएका मिस नेपाल शृङ्खला खतिवडा र मनिता देवकोटाले विगतमा नेपालको तर्फबाट हुने प्रदर्शनको दाँजोमा यो वर्ष राम्रो भएको पूर्व मिस नेपालहरूले बताएका छन्।थाइल्याण्डको बैंककमा भएको मिस युनिभर्समा मनिताले अन्तिम १० सम्मको स्थान सुरक्षित बनाउन सकिन् भने केही समयअघि चीनको सान्यामा भएको मिस वर्ल्डमा शृङ्खला अन्तिम १२ मा पुग्न सकेकी थिइन्। उनीहरू दुवैको प्रदर्शनलाई विगतका वर्षमा नेपालले गर्ने प्रदर्शनभन्दा राम्रो मान्नुपर्ने पूर्व मिस नेपालहरूले बताएका छ

 

तालिमको कमी तर प्रदर्शन राम्रो हुँदाहुँदै पनि किन मिस वर्ल्ड वा मिस युनिभर्स जस्ता उपाधि जित्न नेपालबाट प्रतिनिधित्व गर्ने सुन्दरीहरूले सक्दैनन्रु सन् २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठ भन्छिन्, नेपालको अहिलेको संघर्ष भनेको टप फाइभ वा टप थ्रीसम्म पुग्ने हो। त्यहाँ पुगेर सुन्दरी छनोटका लागि सोधिने अन्तिम प्रश्नको सामना गर्न पाए भने मात्रै नेपालले उपाधि ल्याउन सक्छन्।

 

उनको भनाइमा नेपालीहरू बोल्न सक्छन् तर सुरुका चरण पार गर्न आवश्यक प्रदर्शनहरूमा पछि पर्छन्। त्यसको एक मुख्य कारण सदीक्षाको बुझाइमा अन्तर्राष्ट्रिय स्तरको तालिम पाउन नसक्नु पनि हो। उनको भनाइमा मत मिलाउँदै पूर्व मिस नेपाल माल्भिका सुब्बा भन्छिन्, पहिला पहिला भन्दा यो वर्ष नेपालको प्रदर्शन राम्रो भयो। एउटा कारण यो वर्ष पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय ट्रेनरहरू ल्याउनु पनि थियो। त्यस्ता थुप्रै तालिम नेपालका सुन्दरीहरूले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जानुअघि पाउन आवश्यक छ।यो वर्ष नेपालको मिस नेपाल आयोजक स‌ंस्था हिडन ट्रेजरले फिलिपिन्सबाट तालिम दिने मानिसहरू ल्याएको थियो। तालिमको साथसाथै प्रतिस्पर्धी स्वयंको पनि पृष्ठभूमि बलियो हुनुपर्ने माल्भिका बताउँछिन्। जुन वर्ष मिस नेपालमा भाग लियो त्यही वर्षमात्रै सामाजिक कार्य गर्ने जस्तो गरेर पर्याप्त हुँदैन, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने सुन्दरीहरू स्वयंको पृष्ठभूमि पनि बलियो हुन आवश्यक छ। र, उहाँहरूले अन्तर्राष्ट्रिय अनुभवहरू पनि पाउन आवश्यक छ। तर नेपालले अन्तर्राष्ट्रिय स्तरका सुन्दरी प्रतियोगितामा जे हासिल गरिरहेको छ त्यो आफैँमा राम्रो रहेको उनीहरू ठान्छन्। सन् २०१० मा मैले विश्व सुन्दरीमा भाग लिन जाँदा पूरा १ महिना पनि तालिम गर्न पाएको थिइनँ, त्यो भन्दा अगाडिका दिदीहरूले त तालिमको कुरै छोडौं लुगा पनि पहिलाको मिस नेपालहरूको लैजाने गर्नुभएको थियो, सदीक्षाले बीबीसीसँग भनिन्, अहिले त कम्तीमा मिस नेपाल वा मिस युनिभर्समा जाने प्रतिस्पर्धीको त्यस्तो अवस्था छैन। अवस्था सुधारोन्मुख भए पनि मिस वर्ल्ड, मिस युनिभर्स वा अन्य कुनै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने नेपाली महिलाहरूलाई पर्याप्त तालिम दिन नसकिएको उनीहरू बताउँछन्।


नेपालदक्षिण एशियामहिला


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement