Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाली महिलालाई भारतको बाटो खाडी मुलुक पठाइँदै
गएको सात दिनमा ७१ जना नेपाली महिलाको उद्धार

  |      12:55:00   |  
DELHI WOMEN'S COMMISSION
DELHI WOMEN'S COMMISSION

साउन १७, काठमाडौं । सङ्गठित रूपमा काम गर्ने दलालहरूले कीर्ते गरिएका सरकारी कागजपत्र प्रयोग गरेर नेपालबाट महिलाहरूलाई भारतको बाटो हुँदै खाडी मुलुकहरूमा पठाउने गरेको भेटिएको सरकारी अधिकारीहरूले बताएका छन्।

 

दलालले अवैध रूपमा भारतको राजधानी नयाँ दिल्ली पुर्‍याएर अलपत्र पारेको अवस्थामा उद्धार गरिएका केही महिलासँग फर्जी कागजपत्र भेटिएपछि यो तथ्य खुलेको उनीहरूले बताए।  दिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता हरिप्रसाद ओडारीका अनुसार उद्धार गरिएका केही महिलाहरूसँग दूतावासबाट जारी भएको देखिने फर्जी 'नो अब्जेक्शन लेटर' भेटिने गरेको छ।

 

'त्यो हेर्दै नक्कली भनेर चिनिने खालको छ,' उनले भने, 'यस विषयमा हामीले भारतीय प्रहरीलाई जानकारी गराइसकेका छौँ।' यो एक हप्तामा नयाँ दिल्लीका विभिन्न स्थानबाट नेपाली राहदानी लिएर खाडी मुलुक हिँडेका दर्जनौँ महिलालाई दिल्ली महिला आयोगको सहयोगमा उद्धार गरिएको छ।


गिरोह
नेपाली राजदूतावासका अनुसार भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकका लागि यात्रा गर्न आवश्यक कागजपत्रका नमुना भारतीय अध्यागमन विभागलाई तत्कालै इमेल गरेर पठाइने प्रणाली विकास गरिसकिएको छ। तर अहिले पनि नेपाली महिलाहरू नक्कली कागजपत्र बोकेरै भारतीय अध्यागमन पार गरेर तेस्रो मुलुक पुगिरहेका छन्।


गत सोमवार गरिएको उद्धारमा ६१ वटा नेपाली राहदानी भेटिएको दिल्ली महिला आयोगले जनाएको छ । उनीहरूलाई त्यसरी लैजाने काममा अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय भएको हुनसक्ने जानकारहरू बताउँछन्।

 

नेपाल प्रहरीका अधिकारीहरूका अनुसार कामदार भिसामा खाडी मुलुक जानबाहेक अरू भ्रमणका लागि राजदूतावासले कागजपत्र बनाउनु नपर्ने हुँदा सहजै महिलाहरूले भारतीय अध्यागमन पार गर्ने गरेका छन्।


सोमवार गरिएको उद्धारमा ६१ वटा नेपाली राहदानी भेटिएको दिल्ली महिला आयोगले जनाएको छरतको बाटो खाडी मुलुक पठाइँदै / तस्विर : DELHI WOMEN'S COMMISSION

'भ्रमण भिसामा जाने नेपालीका लागि दूतावासले त्यस्ता कागजात जारी गर्नु पर्दैन, 'नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले भने, 'धेरै नेपाली महिला भ्रमण भिसामा नै खाडीतर्फ जाने गरेको भेटिएको छ।'

 

उद्धार

नेपाल सरकारले जोर्डनबाहेक खाडी मुलुकहरूमा घरेलु कामदारका रूपमा नेपाली महिलालाई जान प्रतिबन्ध लगाएको छ। त्यो प्रतिबन्ध छल्नका लागि दलालहरूले भारत र श्रीलङ्काको समेत बाटो रोज्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन्।

 

गएको सात दिनभित्र तीन फरक स्थानबाट ७१ जना नेपाली महिलाको उद्धार गरिसकिएको दिल्ली महिला आयोगले जनाएको छ। सो आयोगका अनुसार अधिकांश महिलाहरूलाई बनारस हुँदै दिल्ली पुर्‍याइएको हुनसक्ने आधार भेटिएका छन्।

 

दिल्लीमा उद्धार गरिएका महिलामध्ये ३२ जना नेपाली नै भएको पुष्टि भएको र गत हप्ता उद्धार गरिएका १६ जनालाई मंगलवार नेपाल पठाइसकिएको भारतस्थित नेपाली राजदूतावासले बताएको छ।

 

मंगलवार राति उद्धार गरिएका थप ३९ जनाको भने कागजपत्र जाँच गर्न बाँकी नै रहेको दूतावासका अधिकारीहरूले बताएका छन्। उनीहरू नेपाली नागरिक भएको पुष्टि भए नेपाल फर्काइने प्रवक्ता ओडारीले बताए।

- बिबिसीबाट 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement