Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाली पहिरनलाई पुनमले अमेरिकाको ऱ्याम्पमा उतारिन

  |      00:00:00   |  
नेपाली पहरिनमा अमेरिकन मोडल
नेपाली पहरिनमा अमेरिकन मोडल

काठमाडौं। नेपालका विभन्न १४ जातजातिका परम्परागत पहिरनहरु पहिलो पटक अमेरिकाको अन्तर्राष्ट्रिय फेसन शोमा प्रदर्शन गरिएको छ । शनिबार राती न्यूयोर्कमा सम्पन्न वल्र्ड फेसन परेडद्वारा आयोजित न्यूयोर्क फेसन विक–३ मा नेपालबाट गएकी फेसन डिजाइनर पूनम क्षेत्री गौतमले तयार पारेका विभिन्न पहिरनहरु अन्तर्राष्ट्रिय मोडलहरुले प्रदर्शन गरेका हुन् ।

 

नेपाल सांस्कृतिक रुपले सुन्दर तथा धनी छ भन्ने सन्देशसहित डिजाइनर गौतमले तयार पारेका पहिरनहरु फेसन शोमा प्रस्तुत गरिएको हो । वल्र्ड फेसन शोले आयोजना गरेको उक्त फेसन शोमा प्रदर्शन गरिएका नेपाली पहिरनहरु अन्तर्राष्ट्रिय मोडलहरुले नै प्रस्तुत गरेका हुन् ।

फेसन शो सम्पन्न भए लगत्तै आफूलाई विश्वका स्थापित फेसन डिजाइनरहरुले बधाइ दिएको बताउँदै डिजाइनर गौतमले भनिन्—‘अन्य डिजाइनरका कमर्सियल पहिरन प्रदर्शन गरिँदा मैले नेपाली मौलिक कला तथा संस्कृती झल्कने पहिरन तयार पारेकोमा अधिकांशले नेपाली पहिरनको प्रशंसा  गरेकोमा म असाध्यै हर्षित भएकी छु ।’

 

फेसन शोमा डिजाइनर गौतमले तयार पारेका ब्राम्हण, क्षेत्री, शेर्पा, तामाङ, गुरुङ, थारु, राउटे, राजकीय, मगर, नेवार, मैथिली आदि जातिका मासिनहरुले लगाउन परम्परागत पहिरनहरु प्रदर्शन गरिएको थियो । ‘नेपालमा झन्डै तीन महिना लगाएर तयार पारेका पहिरनले अमेरिकी दर्शकको समेत मन जित्न सकेकोमा म हर्षित छु, डिजाइनर गौतम भन्छिन्—‘पहिरनमार्फत मैले हामी नेपाली एक हौं भन्ने सन्देश दिन खोजेकी थिएँ । मेरो यो थिमलाई अधिकांश सहभागिले प्रसंसा गरे ।’ फेसन शोमा डिजाइनर गौतमले तयार पारेका पहिरनहरु विदेशी मोडलहरुले प्रदर्शन गरिरहँदा एक जना नेपाली मोडल जाङ्बु शेर्पाले पनि ती पहिरन प्रस्तुत गरे ।

उक्त फेसन शोमा नेपाली डिजाइनर गौतमसहित विश्वका १५ जना डिजाइनरहरुले आफ्ना पहिरन प्रदर्शन गरेका थिए । हरेक डिजाइनरलाई आफ्ना पहिरन प्रदर्शनका लागि एक–एक वटा सिक्वेन्स तयार पारिएको थियो । डिजाइनर गौतमको पहिरनले चौतर्फी प्रसंसा पाए लगत्तै न्यूयोर्कस्थित नेपाली राजदूतावासले उनलाई समारोहस्थलमै प्रसंसा पत्रले सम्मान गरेको छ । फेसन शो लगत्तै आफ्ना दुई पहिरन बिक्रि भएको समेत डिजाइनर गौतमले बताएकी छिन् । राउटे तथा शेर्पा जातिको संस्कृति झल्कने पहिरन विक्री भएको गौतम बताउँछिन् । न्यूयोर्कको होलि डे इनमा सम्पन्न फेसन शोमा करिव ६ सय दर्शक सहभागि थिए । नेपाली दर्शकको न्यून उपस्थिती रहेको फेसन शोमा नेपाली पहिरनले दर्शकको मन जितिरहँदा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समेत डिजाइनर गौतमसंग नेपाली परम्परागत पहिरनका बारेमा जिज्ञासा राखेका थिए।

 

‘म जहाँ पुग्छु, आफ्नो देश नेपाललाई संग–संगै लैजान्छु, डिजाइनर गौतमले फेसन शोपछि सञ्चारकर्मीहरुलाई भनेकी थिइन्—‘नेपाल बहुल जातिय मुलुक भएकाले हामी कला र संस्कृतिका लागि धनी छौं भन्ने कुरा मैले पहिरनमार्फत प्रदर्शन गर्न खोजेकी हुँ ।’ नेपालमा ती पहिरन तयार पार्न डिजाइनर गौतमलाई डिना गुरुङ तथा रनितले पनि सहयोग गरेका थिए ।

नेपाली पहिरनले दर्शकको मन जिते लगत्तै निकट भविष्यमा लन्डन तथा हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय फेसन शोमा आफूले निमन्त्रण पाएको डिजाइनर गौतम बताउँछिन । फेसन शोपछि वल्र्ड फेसन परेडका आयोजकले पनि नेपाली पहिरनको मुक्तकण्ठले प्रसंसा गरेका थिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement