Advertisement
Advertisement
Advertisement
Advertisement

निर्मला पन्त हत्याकाण्ड : किन जटिल बन्यो अनुसन्धान

  |      13:02:00   |  
वेब तस्विर
वेब तस्विर

असोज २, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका आमाबुवाले छोरीको हत्यामा संलग्न व्यक्तिहरूलाई पत्ता लगाइछाड्ने प्रधानमन्त्री केपी ओलीको आश्वासनबाट विश्वस्त हुन नसकेको बताएका छन्।

 

न्यायका लागि राजधानी आएका निर्मला पन्तका आमाबुवाले झन्डै एक साता लामो काठमाडौं बसाइ सकेर घर फर्कनुअघि सोमवार बिहान प्रधानमन्त्री ओलीलाई भेटेका थिए। अपराध अनुसन्धानमा संलग्न केही अधिकारी र कानुनविज्ञहरूका अनुसार अनुसन्धानको संवेदनशीलतालाई बिर्सेर त्यसलाई असर पर्नेगरी सार्वजनिक विषय बनाइँदा निर्मला पन्त हत्याकाण्ड झन् जटिल बन्दै गएको छ।

 

आश्वासन
निर्मलाकी आमा दुर्गादेवी पन्तबाट घटनाको दिनको बेलीबिस्तार सुनेपछि प्रधानमन्त्री ओली केही बोलेका थिए। सुरुका छानबिन समितिहरूले काम नगरेकाले त्यसबारे अनुसन्धान गर्न उच्चस्तरीय समिति बनाइएको र त्यसले दोषी पत्ता लगाएरै छोड्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

 

निर्मलाका आमाबुवा प्रदेश नं ७ बाट प्रतिनिधित्व गर्ने सांसद र केही अधिकारकर्मीसहित बिहान बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटबारे दुर्गादेवी पन्तले भनिन्, घटना कसरी भयो, कानुन कसरी कमजोर भयो भनेर मैले भन्न त भनेँ। तर मैले कति कुरा भन्न छुटाएँ होला, अरूको कुरा चाहिँ सुनिदिनुभएन।

 

जटिल
निर्मला पन्त हत्याकाण्डको प्रारम्भिक अनुसन्धानमा संलग्न सबै २२ प्रहरीहरू अनुसन्धानको घेरामा छन्। उनीहरू सबैलाई काठमाडौं झिकाइएको छ। दोषीलाई जोगाउन खोजिएको भन्दै सर्वत्र विरोध हुनथालेपछि एकपछि अर्को अनुसन्धान टोलीहरू गठन गरिएका छन्। अनुसन्धान एउटा लामो र प्राविधिक प्रक्रिया भएकोले त्यसलाई राजनीतिक उत्तरदायित्वका नाममा मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले बोल्दा अनुसन्धान समितिलाई अनावश्यक दबाव सिर्जना हुने विज्ञहरू बताउँछन्।

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी प्रमुखका रूपमा लामो समय काम गरेका अवकाशप्राप्त डीआईजी हेमन्त मल्ल भन्छन्, संसद्‌मा जवाफ दिनका लागि वा सरकारले दोषी पत्ता लगाउन प्रहरीमाथि उच्च दबाव दियो। जसले गर्दा छिट्टो नतिजा दिने क्रममा अनुसन्धानको दिशा मोडियो कि ?

 

शङ्का
त्यसो त निर्मलाका परिवारले उनी बेपत्ता भएलगत्तै दिएको उजुरीमाथि प्रहरीबाट तदारुकता नदेखाइनु र अनुसन्धानले निष्कर्षमा नपुग्दै प्रहरीले सन्देहपूर्ण ढङ्गबाट मानिसहरू पक्राउ गर्दै त्यसबारे जानकारी सार्वजनिक गर्नुलाई अनुसन्धानको न्यूनतम मर्मको हेक्का नगरिएको विज्ञहरू बताउँछन्।

 

डीएनए परीक्षण आधार मानेर प्रमाणहरू नष्ट गरिएका कुरा उठे पनि अन्य थुप्रै पक्षबाट अनुसन्धान गर्न सकिने आधारहरू जीवितै रहेको अनुसन्धानकर्ताहरू बताउँछन्। सबैलाई शङ्काको दृष्टिकोणबाट मात्र हेर्दा अनुसन्धानको मर्म र त्यसमा संलग्नहरूको मनोबल बिगारिएको उनीहरूको मत छ।

 

तिनैमध्येका एक फौजदारी कानुनविज्ञ रजितभक्त प्रधानाङ्ग भन्छन्, सीआईबी पठायो उसले समेत काम गर्न पाउँदैन। उनीहरूलाई समेत कारबाही गर्दा डरको राजनीति खडा भएको छ। पटकपटक अनुसन्धान टोलीहरू बनाउनु समेत हुँदैन। यसअघि गृह मन्त्रालयको छुट्टै छानबिन समिति रहेका थियो जसको सिफारिसमा यसअघिका दुईवटा अनुसन्धान समितिका प्रहरीहरू निलम्बनमा परेका हुन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement