चैत्र १७, २०७५ भारतको नयाँ दिल्लीमा बन्धक बनाएर राखिएका १२ जना नेपाली महिलाको उद्धार गरिएको छ । इराक, कुवेत र दुबई पठाइदिने भन्दै केही महिनादेखि नयाँ दिल्लीको बाहिरी क्षेत्रमा पर्ने छावला थाना, द्वारकामा बन्धक बनाईएका ती नेपाली महिलाको दिल्ली महिला आयोगको सहयोगमा उद्धार गरिएको हो ।
वैदेशिक रोजगार गिरोहले ती महिलाहरुलाई विगत केही महिनादेखि नयाँ दिल्लीको ग्रामीण भेगका रुपमा चिनिने ती ठाउँमा कोठामा भाडामा लिएर बन्धक बनाएर राखेका थिए ।
वैदेशिक रोजगार गिरोहले ८ जनालाई कुतुब बिहार र अन्य चार जनालाई श्याम बिहारमा कोठा भाडामा लिएर राखेको थियो । दिल्ली महिला आयोग, दिल्ली प्रहरी, नेपाली दूतावास र केआई नेपालको संयुक्त टोलीले गएराति छापा मारेर उनीहरुको उद्धार गरेको हो ।
स्रोत : रेडियो कान्तिपुर