Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै मोबाइल चलाउने व्यक्तिको मस्तिष्कमा असर पर्ने

  |      23:37:00   |  
तस्विर: एजेन्सी
तस्विर: एजेन्सी


काठमाडौं। मोबाइल फोन अहिले सबैका लागि सम्पर्कको सजिलो माध्यम भएको छ । अब यो फोन कुराकानीका लागि मात्र प्रयोग गरिँदैन, इन्टरनेट चलाउन तथा मनोरञ्जन र ज्ञानका अनेक प्रयोजनमा समेत यसकै प्रयोग हुन थालेको छ । यसलाई अब कम्प्युटरजस्तै प्रयोग गर्न सकिन्छ । त्यसैले हिजोआज युवादेखि प्रौढसम्मका हातमा मोबाइल देख्न सकिन्छ । स्कुल–कलेजदेखि शौचालय अनि बिछ्यौनासम्म मोबाइलले साथ दिने गरेको छ । कार वा बाइक अनि साइकल नै किन नहोस्, मोबाइलमा आएको फोन उठाउन हातमा रहेको हेन्डलले अप्ठेरो पार्दैन, जसले सडक दुर्घटना पनि बढाएको छ ।

 

हुन त अहिले मोबाइल फोन स्टाइल स्टेटमेन्ट बनिसकेको छ । कक्षादेखि अफिससम्म, स्मार्ट फोन हातमा लिएर स्मार्ट देखिन चाहनु जोकसैको रहर भएको छ । स्टाटस सिम्बोल बन्न थालेको छ–मोबाइल । फेसबुकमा अपलोड गरिएका तस्बिरमा पनि आइफोनले खिचेको वा ग्यालेक्सीले तस्बिर खिचेको भनेर लेख्न थालेका छन्–युवाहरू । जसरी हुन्छ नयाँ–नयाँ मोडलका मोबाइल हातमा खेलाउन चाहन्छन्–युवाहरू । जसका लागि उनीहरू अनेक तरिकाले पैसाको जोगाड गरिरहेका हुन्छन् ।

 

चीनदेखि बेलायतसम्मका युवाहरू आइफोनका लागि कुमारित्व र मृगौला बेच्न तयार छन्, त्यसो त राजधानीका कलेजमा अध्ययनरत युवती पनि नयाँ महँगा मोबाइलका लागि सजिलै क्याजुअल सेक्सका लागि तयार हुन थालेको सुनिन्छ । मोबाइलप्रतिको युवा क्रेज निक्कै बढी छ तर धेरैले मोबाइललाई स्टाटस सिम्बोल र शानको कुरा मानिरहँदा यसले शरीरमा पार्ने नकारात्मक प्रभावको पक्ष भने ओझेलमा पर्दै गएको छ । विशेषज्ञहरू मोबाइलको अत्यधिक प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक हुने बताउँछन् । धेरै मोबाइल चलाउने व्यक्तिको मस्तिष्कमा समेत प्रभाव पर्ने चिकित्सकहरू बताउँछन् ।

 

पैसा र समयको समस्यामा परेको व्यक्तिले सपना पनि मोबाइलमा फोन गरेर थर्काएको देख्छ । विशेषज्ञहरू ठूलो दबाब र टेन्सनमा रहेको व्यक्तिमा मोबाइलकै कारण अनिद्रा, थकान एवं चिडचिडेपनको समस्या आउने बताउँछन् । जसका कारण उक्त व्यक्तिको बायोलोजिकल क्लक पनि बिग्रन्छ । स्वास्थ्यमा मोबाइलको नकारात्मक प्रभाव मानसिक रूपमा स्पष्ट देखिन्छ । धेरै मोबाइल चलाउने व्यक्तिलाई सम्झन कठिन हुने, बोल्दाबोल्दै बिर्सने, कुनै एउटा कुरा तथा काममा मात्र ध्यान केन्द्रित नहुने, अरूले भनेका कुराहरू सही रूपमा सम्झन नसक्ने, गणितीय क्षमता कमजोर हुनुका साथै प्राथमिकता निर्धारण गर्न नसक्ने जस्ता समस्या देखिन्छन् ।

 

मनोचिकित्सकहरू मोबाइलको अत्यधिक प्रयोगले मानिसको ध्यान एउटै कुरामा केन्द्रित गर्ने शक्ति (कन्सन्ट्रेसन पावर) कमजोर हुने बताउँछन् । कानमा इयरफोन लगाएर मोबाइलमा कुराकानी गर्नेहरूको कानमा समस्या देखिन्छ । इएनटी विशेषज्ञहरू कान शरीरको संवेदनशील अङ्ग भएकाले मोबाइलको भाइब्रेटरले कानको पर्दालाई प्रभाव पार्ने बताउँछन् । उनीहरूका अनुसार लगातार इयरफोनको माध्यमबाट कुराकानी गर्दा कानको हाई फ्रिक्वेन्सी प्रभावित हुन्छ जसले गर्दा एस, टी, एफ तथा जेडजस्ता अक्षर तुरुन्तातुरुन्तै नसुनिने हुन्छ भने कान भारी हुने, बन्द हुने र कान झनझनाउने हुन्छ ।

 

ईसीजी गर्दा जसरी इलेक्ट्रिक म्याग्नेटिक सिग्नलले ह्दयको गति नियन्त्रण गर्छ त्यसरी नै मोबाइलको रेडिएसनले पनि मुटुको धमनीमा प्रभाव पार्छ । मोबाइललाई सर्टको गोजीमा राख्नेहरूको ह्दयको सानो आर्टरी प्रभावित भएर मृत्यु हुने अवस्थासम्म सिर्जना हुन सक्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement