Advertisement
Advertisement
Advertisement
Advertisement

धूम्रपान छोड्दा आयु बढ्छ

  |      00:00:00   |  
तस्विर: एजेन्सी
तस्विर: एजेन्सी


काठमाडौं। तरल पदार्थ ग्रहण : पानी शरीरको प्रमुख तत्व हो । शरीरको तौलको साठी प्रतिशत अंश पानी हुन्छ । शरीरका हरेक प्रणालीलाई पानीको आवश्यकता हुन्छ । औसत एकजना वयस्क व्यक्तिलाई दैनिक कम्तीमा १ दशमलव ५ देखि २ लिटर पानी चाहिन्छ । पानीले शरीरको छाला कोमल बनाउनुका साथै पाचन तन्त्र ठीक राख्छ । 

 

भोजनमा नुनको मात्रा : अचार, पापड, चटनी, केन सुप र तरकारीमा नुनको प्रयोग कम गर्नुपर्छ । प्रतिदिन ५ ग्रामभन्दा कम नुन खानु उपयुक्त मानिन्छ । ताजा तरकारी, फलफूल, माछा, पोल्ट्री उत्पादन तथा ननभेज खाना खानुपर्छ । 
 

आदर्श तौल : अतिरिक्त तौलका कारण पनि स्वास्थ्यसम्बन्धी जोखिम बढ्छ र ह्दय रोग तथा मधुमेहजस्ता रोग लाग्ने सम्भावना बढ्छ । यदि तौल सामान्यभन्दा बढी छ भने खानपानमा बिस्तारै परिवर्तन ल्याउने प्रयास गर्नुपर्छ । आफ्नो शारीरिक सक्रियता बढाउनुपर्छ । यदि एकैदिनमा एक–डेढ किलो तौल बढेको छ र सातामा एक–दुई किलो बढ्दैछ भने कुनै फिटनेस ट्रेनरसित सल्लाह गरी काम गर्नुपर्छ । 

 

ब्लड प्रेसर तथा कोलेस्ट्रोल लेवल : ब्लड प्रेसर तथा कोलेस्ट्रोल लेवल जाँच गर्नुपर्छ । उच्च रक्तचाप भएका व्यक्तिमा सधैं स्ट्रोक वा ह्दयाघात हुने खतरा हुन्छ । हरेक दिन ब्लड प्रेसर जाँच गराउनुपर्छ र थोरै पनि परिवर्तन देखा परे चिकित्सकसँग सल्लाह लिनुपर्छ । रक्तचाप कम हुँदा ह्दयमा दबाब कम हुन्छ । 

 

शारीरिक रूपमा चुस्त : व्यायाम गर्दा शरीरमा शक्ति बढ्छ । शरीरका मांसपेशी पनि मजबुत हुन्छन् । बिस्तारै–बिस्तारै व्यायाम गर्ने बानी बसाल्नुपर्छ जसले शारीरिक क्षमता स्वत: विकसित हुन्छ । शारीरिक व्यायामका लागि अलग–अलग प्रकारको एरोविक्स, पौडी, साइक्लिङ आदि गर्न सकिन्छ । 

 

धूम्रपान त्याग : धूम्रपानका कारण ब्लड प्रेसर बढ्छ । यसले व्यायाम गर्ने क्षमता घट्छ र शरीरमा रगत जम्ने जोखिम वृद्धि हुन्छ । धूम्रपान छोड्दा आयु बढ्छ, स्वास्थ्यमा सुधार आउँछ । यसबाट आकर्षक देखिन सकिन्छ भने धूम्रपानका कारण मुहारको रिङ्कल बढ्छ । दाँतमा दाग पर्छ, फोक्सो प्रभावित हुन्छ, औंला पहेंला हुन्छन् अनि छालाको रंग पनि परिवर्तन हुन्छ । त्यस्तै धूम्रपान त्याग गर्दा इन्द्रियहरू सक्रिय हुन्छन् र पैसा पनि बचत हुन्छ । 

 

तनाव कम गर्ने : तनाव बढेको महसुस भए वा निद्रा गडबड भयो भने तुरुन्त विशेषज्ञसँग सम्पर्क गर्नुपर्छ । 

 

मद्यपान नियन्त्रण : मद्यपान सेवन गर्दा फोक्सो एवं ह्दयलाई क्षति पुग्छ । यसले काम गर्ने क्षमतामा प्रभाव पार्छ, तौल बढ्छ र ह्दयाघातको खतरा पनि बढाउँछ । 

 

नियमित स्वास्थ्य परीक्षण : आपत्कालीन स्थितिमा मात्र होइन समय–समयमा आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्छ । प्रतिरक्षा तन्त्र कमजोर हुनुपूर्व नै स्वास्थ्य परीक्षण गराउनु उपयुक्त हुन्छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement