Advertisement
Advertisement
Advertisement
Advertisement

धुर्मुसको समाजसेवामा अर्को सफलता : आगलागी पीडित रत्नेदेवीको उद्धार

  |      22:52:00   |  
धुर्मुसको समाजसेवामा अर्को सफलता : आगलागी पीडित रत्नेदेवीको उद्धार

भदौ २, महोत्तरी ।  तराईको समाजमा उत्कृष्ट काम गर्दै प्रसिद्धी कमाउनुभएका नेपालका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले बिहीबार समाजसेवामा एक अर्को महत्वपूर्ण कार्य गर्नु भएको छ । 

 

सर्लाहीको लालबन्दी–५, माझी टोलकी आगलागी पीडित रत्नेदेवीलाई उद्धार गरी अर्को सफलता हासिल गर्नुभएको हो । छ महिना अघि आगो शरीरमा सल्केर शरीर जलेको र पैसाको अभावमा उपचार गराउन नसकेकी माझीलाई बिहीबार दिउँसो उद्धार गरी बर्दिवासस्थित जनसेवा अस्पतालमा उहाँले भर्ना गराउनुभएको हो । 

 

आगलागी पीडितको पीडामाथि फेरि बाढीको पीडा थपिएको सुनेर धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्षसमेत रहनुभएका सीताराम कट्टेल ‘धुर्मुस’ केहीबेर भक्कानिनुभएको थियो । पूर्णरुपमा शरीर जलेको र पैसाको अभावमा समयमा उपचार गराउन नसकेर जीवन मरणको दोसाँध रहेकी महिलामाथि बाढीले गर्दा अर्को पीडा थपिएको देख्न नसकेर धुर्मुस भक्कानिँदै ती महिलाको उपचारमा जुट्नुभएको हो । 

राहत सामग्री लिनजान समेत नसकेकी उनको हात, खुट्टा डढेको देखेपछि आफूले वर्षौंअघि दालले पोलेर डेढ महिना थलिएको पीडा सम्झेको धुर्मुसले बताउनुभयो । “आगोले पोल्दाको पीडा मैले राम्रोसँग अनुभव गरेको छु, त्यसैले रत्नेदेवीलाई अस्पताल पु¥याएको हुँ”, धुर्मुसले पत्रकारसँग भन्नुभयो । 

 

छव्बिस घर परिवारलाई राहत बाँडेर गाँउ घुम्न जानेक्रममा आफूले रत्नेदेवीलाई विचल्ली अवस्थामा भेटेको धुर्मुसले जानकारी दिनुभयो । पीडित महिलाको हातखुट्टाको नशासमेत खुम्चिसकेको देखेपछि धुर्मुस सुन्तली फाउण्डेशन, बर्दिवासका होटल व्यवसायी हीरा गौतम र मेडिकल टोलीले उनको उपचारका लागि बिहीबार उनलाई अस्पतालमा भर्ना गरेको हो । 

अस्पतालमा उपचारपछि रत्नेदेवी घाउ निको हुने भएपनि खुम्चिएका नशालाई सोझ््याउन भने शल्यक्रिया गर्नुपर्ने डक्टरले बताएका छन् । त्यसका लागि उनलाई केही दिनपछि काठमाडौँ पठाइने फाउण्डेशनका अध्यक्षसमेत रहेका कट्टेलले बताउनुभयो। 

 

तराई मधेशमा बाढीले आफ्नो कहर देखाउँदा मानवीय सेवाका लागि राहत लिएर मधेश झरेका धुर्मुसले राहत बाँड्दै जाँदा ती महिलालाई उद्धार गरेका हुन् । राहत सामग्री र मेडिकल टोलीसहित सर्लाही लालबन्दी पुगेका धुर्मुसले त्यस क्षेत्रका २६ बाढी पीडितलाई बिहीबारै राहत वितरण गरेका छन् । 

 

यसभन्दा अगाडि धुर्मुसले महोत्तरीको बर्दिवासमा रु चार करोडको लागतमा मुसहर समुदायका लागि एकीकृत नमुना मुसहर बस्ती निर्माण गरेका थिए । रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement