Advertisement
Advertisement
Advertisement
Advertisement

धरानमा नेबुला फूड्सको चर्चा, स्वदेशमै अध्ययन गरि उद्यमी बनेका दुई युवाको सपना साकार हुँदै

  |      15:49:00   |  
धरानमा नेबुला फूड्सको  चर्चा, स्वदेशमै अध्ययन गरि उद्यमी  बनेका दुई युवाको सपना साकार हुँदै

-भक्तराज रसाइली
काठमाण्डौ । परम्परालाई प्रविधिको उच्चतम सदुपयोग र आफ्ना गुरुको प्रेरणादायी उद्गारले २ युवाहरुको सपना पूरा भएको छ अर्थात् धरानमा नेबुला फूड्स प्रा.लि.ले उत्पादन गरेका मासुजन्य अचार, सुकुटी, ससेज लगायतका उत्पादनले धरान र आसपासको क्षेत्रको बजारमा चर्चा कमाइरहेको छ । 

माछाको ससेज र मिटबल उत्पादन गर्ने नेबुला नेपालकै पहिलो भएको दाबी  उद्यमीद्वय समोज खत्री र विवेक खतिवडाको छ ।

 

संखुवासभा स्थायी घर भएका २९ वर्षीय समोजकुमार खत्री र विराटनगर घर भएका २७ वर्षीय विवेक खतिवडा दुवै विज्ञानका विद्यार्थी हुन् । खत्रीले नाष्ट कलेजबाट र खतिवडाले केन्द्रीय प्रविधि क्याम्पसबाट बी.टेक पढ्दापढ्दै परम्परालाई नै प्रविधिको सहायताले नेबुला जन्माए । 

 

तारा बन्ने समूहको पहिलो रुपको हाइपोथेटिकल नाम, उनीहरुले आफ्नो कम्पनीको नाम जुराएको भनाइ छ । भोलि यही व्यवसायमार्फत नै चम्किलो बन्न सकिन्छ कि भनेर यही नाम जुराएको उद्यमी खत्रीको भनाई छ ।

 

कलेज पढ्दापढ्दै नै कोठामा फूरेको विचारलाई मूर्त रुप दिन आजको दिन आफैं पनि हेडगियर लगाएर फ्याक्ट्रीका सहकर्मीसँग हातेमालो गर्छन् । उनीहरुले प्रविधिलाई मोडिफाई गरेर पूर्ण व्यावसायिक बन्ने सोंच राखेका छन् । 

 

आफ्नै तरिकाले उद्योग खोल्ने दृढता र सपनामा प्रा.डा. धनबहादुर कार्कीको उद्गार टेक्नोलोजिस्ट आर नट दि जब सिकर्स, दे आर जब क्रियटर्सले आजको नेबुला जन्माउन प्रेरणा प्राप्त भएको उनीहरु बताउँछन् । 

 

विवेक खतिवडासँग पढिसके पश्चात् चितवनको एक बियर फ्याक्ट्रीमा काम गरेको अनुभव छ । त्यसमा उनको मन नगएपछि आफैं केही गर्ने सोंचका साथ ऋण लिएर खत्री र खतिवडाले धरान १७ मा उद्योग स्थापना गरेका हुन् । 

 

धरानभन्दा बाहिरका भए पनि आफूले पढेको शहर र समाज नियाल्दा धरानमा सामान भरिएको कन्टेनर आउने, तर खाली जाने देखेर उद्यमशीलता बढाउन आफूहरु लागिपरेको उनीहरु एकैस्वरमा बताउँछन । 

उसो त धरान उपमहानगरपालिकाले सहजीकरण गरेर ल्याब परीक्षण गर्दा मासुसँग रोग पनि खाइरहेको र उपभोक्ता तथा उत्पादकलाई सचेतना फैलाउन ५ वर्षे कार्ययोजना बनाएर उपमहानगरलाई प्रतिवेदन प्रस्तुत गरेका यी उद्यमीहरुले दैनिक ५० हजारको उत्पादन बिक्री गर्ने गरेका छन् ।

 

सुकुटी २० केजी, ससेज ५० केजी, अचार १० केजीसम्म दैनिक उत्पादन हुने उद्योगले १६ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको उद्यमी खतिवडाले जानकारी दिए ।

 

नेबुला टिममा अरु ५ जना पनि रहेका र धरान १७ मा जग्गा लिजमा १० वर्षका लागि लिएर आफैंले भवन बनाएको खतिवडाले बताए । हालसम्म उद्योगमा उनीहरुको १ करोड ५ लाख लगानी भइसकेको छ ।

 

उद्योगमा उत्पादित अधिकांश सामान धरानमा नै खपत हुने र केही चाहि १ नम्बर प्रदेशका मुख्य शहरहरुमा निर्यात हुने गरेको उनीहरुले जानकारी दिए । कोसेलीका रुपमा युके, युएस, मकाउ लगायतका देशमा समेत उनीहरुको उत्पादन पुग्न थालेको छ । काठमाण्डौ र पश्चिममा भने बुटवलसम्म नेबुलाका उत्पादन फैलिन थालेकोमा दुवै दंग समेत छन् ।

 

नेपाल सरकारले मासुको स्ट्याण्डर्ड नबनाएको दुःखी यी उद्यमशील युवा समोज खत्रीलाई फ्याक्ट्रीमा काम गर्ने कर्मचारीले प्रत्येक महिनाको १० गते तलब बाँड्दा निकै आनन्द आउँछ रे । १६ वटा घरपरिवारमा चूलो बाल्न सकेकोमा उनी सधैं प्रफूल्लित हुने बिजशालालाई बताउँछन् । 

 

सामान्य ससेज, ससेज लगायतका उत्पादन लिएर आफन्तलाई पुर्याउँदा उनीहरुको हेय हाउभाउबाट केही दुःखी हुने गरेका विवेक खतिवडा आफूले मासुको आइटमलाई प्रविधिको संयोजन गरी उत्पादन गर्ने सपना सुनाउँदा साथीहरुले खिल्ली उडाउने गरेको विगत सम्झन्छन् । तर त्यस्ता साथी अहिले नेबुलाको दिनहुँको प्रगति देखेर उनीसँग नतमस्तक हुने गरेका छन् ।

 

नेपाल सरकारको पशुपंक्षी मन्त्रालयबाट १० लाख रुपैयाँ मासुजन्य उद्योग प्रवद्र्धनका लागि अनुदान पाएता पनि अनुदान भन्ने शब्द हटाउनुपर्ने खत्रीको सुझाव छ । सहुलियत दरमा सर्वसुलभ ढंगले ऋणका लागि यस्ता उद्योगमा लगानी गर्नुपर्ने  र स्ट्याण्डर्ड फूड प्रडक्सन मापदण्ड लागू गर्न सरकारसमक्ष खत्रीले अनुरोध गरे । 

 

कच्चापदार्थको आपूर्ति, एकरुपताको अभाव, तालिमप्राप्त जनशक्ति लगायतका चूनौती भोगेका उद्यमीहरुले मासुका प्रडक्ट डाइभर्सिफिकेसन गरेर १ वटा प्रडक्टबाट ५० वटा प्रडक्सन बनाउन सकिने प्रचूर सम्भावना रहको नेबुलाका दुवै उद्यमीहरुको एकमत छ ।

 

युवाहरुलाई के सन्देश दिन चाहनुहुन्छ भन्ने बिजशालाको जिज्ञासामा विवेकले भने–‘झण्डाबोकेर नहिँडौं । यही गर्न प्रयास जारी राख्नुपर्ने र सपनाका लागि काम  भन्ने सन्देश दिन चाहन्छु ।’ 

 

अर्का उद्यमी समोज भन्छन्-‘युवाहरुले संघर्ष गर्दै यहाँ आफ्नो भविष्य रोजौं, समृद्ध देश बनाउन भर्जिन ठाउँ भएकाले झूठको राजनीति त्याग्दै उत्पादनशील कार्यमा युवा सदैव अग्रपंक्तिमा उभिनुपर्छ ।’ 

 

यसरी नै युवाहरु वैदेशिक रोजगारीमा गएर चालीस कटेसी आउने परिपाटीलाई यी उदाहरणीय उद्यमीको हिम्मत तथा सपना अनि मुलुककै एक प्रख्यात शहर धरानलाई उत्पादनशील क्षेत्र र निर्यात शहरका रुपमा चिनाउन गरेको पहलकदमी हरेक युवाहरुका लागि जीवनदर्शन अनि करियरको राजमार्ग आफैं बनाउन प्रेरणा मिलोस, शुभकामना ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement