Advertisement
Advertisement
Advertisement
Advertisement

दिल्लीमा एक छात्राको बलात्कार भएको ६ वर्ष पुगेकै दिन अर्की बालिका बालात्कृत

  |      12:44:00   |  
दिल्लीमा एक छात्राको बलात्कार भएको ६ वर्ष पुगेकै दिन अर्की बालिका बालात्कृत

पुस ३,भारतको राजधानी दिल्लीमा छिमेकीबाट बलात्कृत भएको भनिएकी एक तीन वर्षीया बालिकाको अवस्था गम्भीर छ। बालिका बस्ने गरेको भवनमा सुरक्षा गार्डका रूपमा कार्यरत ४० वर्षीय आरोपीलाई पक्राउ गरिएको छ। अचेत अवस्थामा फेला परेकी बालिकालाई प्रहरीले लगत्तै अस्पताल पुर्‍याएका थिए जहाँ उनको शल्यक्रिया भइरहेको छ। दिल्लीमा एउटा बसमा एक किशोरीको क्रुरतापूर्वक बलात्कार गरिएको घटनाको ६ वर्ष पुगेकै दिन आइतवार पछिल्लो घटना भएको हो।

 

दिल्लीकी महिला आयुक्त स्वाती मालिवालले पछिल्लो घटना ६ वर्षअघिको घटनाभन्दा पनि ूनिराश तुल्याउनेू खालको भएको बताएकी छन्। सो घटनापछि भारतभरि प्रदर्शन भएका थिए। बालिकाको अवस्थाबारे स्पष्ट हुन सकेको छैन अथवा उनी बाँच्न सफल हुने वा नहुने थाहा हुन सकेको छैन। स्थानीय सञ्चारमाध्यमहरूले घटनालाई जघन्यू भनेका छन्। टाइम्स अफ इन्डिया पत्रिकाका अनुसार घटनाबारे प्रकाशमा आएपछि स्थानीयवासीले आरोपितलाई पत्ता लगाएका थिए र कुटपिट गरेका थिए।कुटपिटबाट घाइते भएका आरोपितलाई उपचार गराइ प्रहरीले नियन्त्रणमा लिएको सो पत्रिकाले जनाएको छ।

 

भारतमा बलात्कार किन घट्दैन?

सामूहिक बलात्कारपछि हत्या, सौतेनी आमा पक्राउ?

भारत: मृत्युदण्डले के बलात्कार रोक्न सक्छ?

 

पीडित बालिकाका आमाबुवा दैनिक ज्यालादारी गर्छन् र घटनाका बेला उनीहरू घरमा थिएनन्। आरोपित व्यक्तिले मिठाइको प्रलोभन देखाएर बालिकालाई घर बाहिर लगेका थिए। प्रहरीले आरोपितविरुद्ध बालबालिकालाई यौन आक्रमणबाट जोगाउने ऐन अन्तर्गत मुद्दा दर्ता गराएका छन्, जसअनुसार आरोप प्रमाणित भए दोषीलाई मृत्युदण्ड हुनसक्छ। पछिल्लो बलात्कारको घटनाले भारतमा फेरि आक्रोश निम्त्याएको छ। गत एप्रिलमा भारत प्रशासित कश्मीरमा एक आठ वर्षीया बलिकाको बलात्कारपछि हत्या गरिएको घटनाले सञ्चारमाध्यममा निकै चर्चा पाएको थियो। गत जुनमा मध्यप्रदेशमा एक सात वर्षीया बालिकाको बलात्कार भएको घटनाको विरोधमा सयौँ मानिसहरू सडकमा उत्रिएका थिए।

 

भारतमा यौन दुर्व्यवहारको अवस्था:
     प्रत्येक १५५ मिनेटमा १६ वर्षमुनिकी एक बालिका र प्रत्येक १३ घण्टामा १० वर्षमुनिकी एक बालिकाको बलात्कार हुने गर्छ। सन् २०१२ मा ८,५४१ जना बालबालिकाको बलात्कार भएकोमा सन् २०१६ मा १९,७६५ जनाको बलात्कार भएको थियो। सन् २०१५ मा १० हजार बालबालिकाको बलात्कार भएको थियो। भारतमा २४ करोड महिलाको १८ वर्ष नपुग्दै बिहे भएको थियो। सरकारी अध्ययनमा सामेलमध्ये ५३।२२ प्रतिशत बालबालिकाले कुनै न कुनै प्रकारको यौन दुर्व्यवहारमा परेको बताएका छन्यौ न दुर्व्यवहार गर्ने ५० प्रतिशत मानिसहरू बालबालिकाले चिनेका अथवा विश्वासिला र तिनको हेरचार गर्ने रहेको पाइएको छ।

स्रोतः भारत सरकार, युनिसेफ


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement