Advertisement
Advertisement
Advertisement
Advertisement

तेस्रो लिङ्गी अन्जली लामा चर्चित फेसन सप्ताह लेक्मे फेसन वीकमा हुने निश्चित

  |      11:22:00   |  
दाँयाबाट  दोस्रो हुन अन्जली लामा
दाँयाबाट दोस्रो हुन अन्जली लामा

काठमाडौं। नविन वाईवा देखि ट्रान्सजेन्डर अन्जली लामा र पहिलो ट्रान्सजेन्डर मोडल हुँदै सुपर मोडल अन्जली लामाको परिचय कमाउँदा, अन्जलीले सपना देख्नेहरु अगाडि बढ्छन्, अगाडि बढ्न चाहनेहरु हार मान्दैनन्, हार नमान्नेहरु असफलता देखि डराउँदैनन् र डर नमान्नेहरुले नै जित सुनिश्चित गर्छन् भन्ने कुरालाई यथार्थमा देखाएकी छिन् । आजको मितिमा अन्जली लामाको नाम नेपाली मोडलिङ क्षेत्रमा अपरिचित नाम होइन । यो परिचय अब झन् विस्तारित हुँदैछ, कारण उनको छलाङ नेपाली फेसन शोको रनवे बाट भारतको चर्चित फेसन सप्ताह लेक्मे फेसन वीकमा हुने निश्चित भएको छ ।

 

अन्जलीको जन्मथलो नुवाकोट हो । नविन वाईवा नामको बालकको रुपमा प्रारम्भिक परिचय बोकेकी अन्जली उच्च शिक्षा हासिल गर्न काठमार्डौं प्रवेश गरेसंगै लिङ्ग परिवर्तन गरी अन्जली लामाको नामबाट व्यवसायिक यात्रा प्रारम्भ गरेकी हुन् । उनको प्रारम्भिक जीवन देखि परिवर्तित परिचयको जीवनसम्म यात्रा र त्यसका लागि उनले गरेको संघर्ष, सामना गरेको चुनौति र त्यसमा उनको दृढ संकल्प, निरन्तर मिहेनत तथा इच्छा शक्तिले प्राप्त गरेको सफलताको सेरोफेरो उनी माथि केन्द्रित ‘अन्जली, लिभिङ इन्साइड, समवन् एल्स स्किन’ नामक वृत्तचित्र पनि बनेको छ । ५० मिनेटको वृत्तचित्रलाई मोहन राईले निर्देशन गरेका हुन् ।


गत डिसेम्बर १४ तारिखमा सम्पन्न अडिसनबाट चयन भएसंगै अन्जली आगामी फेब्रुअरीमा संचालन हुने लेक्मे फेसन सप्ताहको समर रिसोर्ट कलेक्सन २०१७ का लागि मोडलका रुपमा निश्चित भएकी हुन् । उनी संगै सो फेसन सप्ताहका लागि नयाा अनुहारका रुपमा दिव्या जाधव, एश्वर्या शेरान, सान्द्रा सियोनेली र टाटीयाना पोलिच्छुक चयन भएका हुन् । लेक्मे फेसन सप्ताहको समर रिसोर्ट २०१७ श्रृङ्खला आगामी फेब्रुअरी १ तारिख देखि ५ सम्म मुम्बई स्थित बान्द्रा कुर्ला कम्प्लेक्सस्थित जियो गार्डेनमा संचालन हुनेछ । 

 

सन् २००७ मा मिस पिन्क प्रतियोगिताको प्रतियोगि भएसंगै मोडलिङ दुनियाँको यात्रा तय गरेकी अन्जलीले सन् २००८ को प्रारम्भतिर साइबरसंसार डटकममा फोटोसुट गरेसंगै उनको मोडल परिचय विस्तारै झाङ्गिदै गएको हो । उनले यसवीचमा द र्‍याम्प मोडलिङ एजेन्सीमा कोरियोग्राफर रोजिन शाक्यबाट व्यवसायिक मोडलिङको प्रारम्भिक प्रशिक्षण पनि प्राप्त गरेकी थिइन् । नमूना कलेजको ग्राजुएसन फेसन शो, ट्रेन्डसेटर्स, क्लासिक डायमण्ड ज्वेलरी शो, एन् भोग, डिजाइनर्स रनवे लगायत नेपाली रनवेका प्रायस् सबै महत्वपूर्ण र उल्लेखनीय फेसन कार्यक्रमहरुमा क्याटवाक गरिसकेकी अन्जली लामा अग्लो जिउडाल, आकर्षक विरालो चाल, आत्मविश्वास र मोडल एटीट्युडले भरिपूर्ण प्रस्तुतिका लागि चिनिन्छिन् । 

 

आफ्ना हरेक प्रस्तुतिमा क्रमिक रुपले निखारिंदै र प्रभावकारी हुँदै गएकी अन्जलीको परिचय नेपालकै पहिलो ट्रान्सजेन्डर रनवे मोडलका रुपमा पनि स्थापित छ । बलिउड फेसन डिजाइनरको काठमाडौंस्थित आउटलेट पनासे रनवेको ब्रान्ड फेश समेत रहिसकेकी अन्जलीका तस्वीरहरुले वेभ, वाउ, म्युज, एम एण्ड एस, नभ्यता लगायतका म्यागाजिनहरुको कभर पेजको पनि शोभा बढाइसकेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement