Advertisement
Advertisement
Advertisement
Advertisement

जोन्सन पाउडर प्रयोग गर्दा क्यान्सरको खतरा

  |      16:27:00   |  
जोन्सन पाउडर प्रयोग गर्दा क्यान्सरको खतरा

भदौ ११, काठमाडौं। अमेरिकाको एक अदालतले बेबी प्रोडक्ट बनाउने चर्चित कम्पनी जोन्सन एण्ड जोन्सनलाई एक पीडित महिलालाई ४२ हजार ५ सय करोड रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । 

 

यो ताजा आदेश एक महिलाको उजुरीमा आधारित छ, जो जोन्सन कम्पनीको पाउडर निरन्त प्रयोग गर्दै आएकी थिइन । यसअघि समेत अमेरिकी कम्पनीले यस्तै चार उजुरीको बिषयमा जोन्सन एण्ड जोन्सनलाई पीडक ठहर्याउँदै फैसला गरिसकेको छ । ती चारैवटा फैसलामा पाउडरकै कारण सम्बद्ध व्यक्तिलाई क्यान्सर भएको पुष्टि भएको भन्दै निकै ठूलो रकम क्षतिपूर्तिको रुपमा भराइसकिएको अन्तराष्टिय मिडियाहरुले जनाएका छन्। 

 

तर, पछिल्लो हर्जना अहिलेसम्मकै सबैभन्दा ठूलो रकम रहेको मिडियाहरुले जनाएका छन् । 
 

पाउडर प्रयोग गर्दा क्यान्सरको खतरा

क्यालिफोर्नियाकी एक महिला इवा इकवेरियाले लस एन्जल्सको अदालतमा कम्पनीविरुद्ध मुद्धा दायर गरेकी थिइन् । ती महिलाले कम्पनीको बेबी पाउडरको लगातार प्रयोगबाट उनलाई पाठेघरको क्यान्सर भएको जिकिर गरेकी छिन् । ती महिलाको अहिले उपचार भइरहेको छ । 

 

उनको अवस्था निकै नाजुक रहेको मिडिया रिपोर्टमा उल्लेख छ । महिलाको तर्फबाट बहस गर्ने वकिलले भनेका छन् कि जोन्सन एण्ड जोन्सन कम्पनीले हालसम्म बेबी पाउडरको प्रयोगबाट क्यान्सर समेत हुनसक्छ भन्ने तथ्यलाई ग्राहकबाट लुकायो र करोडौं ग्राहकलाई सो कम्पनीले गुमराहमा राख्यो । 

 

११ वर्षदेखि पाउडरको प्रयोग
इवाको उमेर ६७ वर्ष रहेको छ र उनमा क्यान्सर भएको तथ्य सन् २००७ मा पत्ता लागेको थियो । चार हप्तासम्म चलेको अदालती बहसको क्रममा उनी भिडियोमार्फत पत्रकारसामु पेश भएकी थिइन । जहाँ उनले आफूले ४० वर्षसम्म जोन्सन बेबी पाउडर प्रयोग गरेको बताइन । जब उनले यो पाउडर प्रयोग गर्न थालेकी थिइन्, तब उनको उमेर ११ वर्ष मात्र थियो । यदि यो उत्पादनमा क्यान्सर पनि हुनसक्छ भन्ने चेतावनी लेखिएको थियो भने आफूले धेरै अगाडि यो प्रोडक्ट प्रयोग गर्न छाडिदिइसकेको हुने उनले बताएकी छिन् । 

 

११ सय करोडको हर्जना
यसअघि भर्जिनियाकी एक महिलाको उजुरीका आधारमा सेन्ट लुुइसको अदालतले जोन्सन एण्ड जोन्सन कम्पनीलाई करिब ११ सय करोड रुपैयाँ हर्जना भर्न आदेश दिएको थियो । उनले समेत सन् २०१२ मा गर्भाशयको क्यान्सर पत्ता लागेको थियो । ती महिलाले समेत त्यसबेला आफूले ४० वर्षदेखि जोन्सनको बेबी पाउडर र शावर टु शावर पाउडर प्रयोग गर्दै आएको बताएकी थिइन् । त्यसबेला अदालतले आफ्नो फैसलामा ती महिलालाई क्यान्सर हुनुमा जोन्सन एण्ड जोन्सन कम्पनी ९९ प्रतिशत दोषी रहेको भनिएको छ । 

 

यसअघि समेत भएको थियो यस्तै घटना
यसअघि सन् २०१६ मा समेत एक अमेरिकी अदालतले जोन्सन पाउडरको प्रयोगबाट गर्भासयको क्यान्सर भई मृत्यु भएकी एक महिलाको परिवारलाई ७ सय ३४ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति दिन आदेश दिएको थियो । सन् २०१६ को मई महिनामा समेत अर्की पाउडरकै निरन्तर प्रयोगबाट गर्भासयको क्यान्सरबाट पीडित अर्की एक महिलालाई समेत अदालतले ५ सय ६१ करोड क्षतिपूर्ति दिन जोन्सन एण्ड जोन्सन कम्पनीलाई आदेश दिएको थियो । 

 

२४०० उजुरी दायर
यी घटनाहरुपछि कम्पनीविरुद्ध उजुरीको थुप्रो लागेको छ । कम्पनीविरुद्ध मुद्धा दायर गर्नेहरुले तर्क गरेका छन् कि जोन्सन बेबी पाउडरको प्रयोगले क्यान्सर समेत हुन्छ भन्ने सन्देश दिन कम्पनीले भूल गर्यो, यो नै उसको जघन्य अपराध हो । अमेरिकाको सेन्ट लुुइस अदालतमा जोन्सन एण्ड जोन्सन कम्पनीविरुद्ध दायर २४०० मुद्धामा अहिलेसम्मकै सबैभन्दा धेरै क्षतिपूर्ति दिन भन्दै आएको यो आदेश नै पहिलो हो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement