Advertisement
Advertisement
Advertisement
Advertisement

जीवनमरणको दोसाँधमा २२ वर्षीया युवती

  |      16:10:00   |  
जीवनमरणको दोसाँधमा २२ वर्षीया युवती

                
चैत २७, गलेश्वर । माया पिरती र अध्ययन÷रोजगारीको लागि व्यस्त रहनुपर्ने २२ वर्षीया एक युवती मृत्युसँग जुधिरहेकी छन् ।


फोक्सोमा पानी जमेर पोखराको मणिपाल अस्पतालमा भर्ना गरिएकी सन्तु पोखरेल अस्पतालको श्ययाबाट बलिन्धारा आँशु निकाल्दै आफूलाई बचाउन मनकारी व्यक्ति र अदृश्य शक्तिसँग पुकारा गरिरहेकी छन् ।


म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराकी  सन्तु अहिले जीवनमरणको दोसाँधमा अस्पतालको श्ययामा छट्पटाइरहेकी छन् । दुई वर्षअघि मुटुमा प्वाल परेर शल्यक्रिया गरेपछि केही समय हाँस्दै, मुस्कुराउँदै भविष्यको सपना देखेकी यी युवतीको अहिले फोक्सोमा पानी जमेका कारण सबै सपना भताभुङ्ग भएका छन् । उपचारका लागि लाग्ने खर्चको अभावका कारण मर्ने बाँच्ने टुङ्गो नभएकी सन्तु अस्पतालको श्ययाबाट आफूलाई बचाउन याचना गरिरहेकी हुन् ।


सन्तुका बुबा सूर्य र आमा जमुना छोरीको उपचारका लागि पैसा नभएपछि आफूहरुलाई नै धिक्कार्दै परोपकारी सङ्घसंस्था र दाताहरुलाई गुहारी रहनुभएको छ  । चार छोरी र एक छोराको पालनपोषण, शिक्षादिक्षा र छोरी सन्तुको उपचार गर्दा भएको सबै सम्पत्ति रित्याएका सूर्य पोखरेल अब छोरीको उपचारका लागि खर्च गर्न एक पैसा नभएको बताउनुहुन्छ ।


“छोरीको थप उपचारका लागि जहाजबाट काठमाडौँ लैजानुपर्ने चिकित्सकले बताएका छन्”, सूर्यले रुन्चे स्वरमा भन्नुभयोे । “गाडीबाट लैजान सक्ने अवस्था छैन, काठमाडौँ पु¥याउने हो भने बचाउन सकिएला” सन्तुको उपचारमा संलग्न चिकित्सकको भनाइ उद्धृत गर्दै सूर्यले भन्नुभयो “साथमा रु १०० पनि छैन, कहाँबाट छोरीलाई जहाजमार्फत काठमाडौँ  लैजाऊँ ।”


अहिले सन्तुलाई अस्पतालको सघन उपचारकक्षमा राखिएको र दैनिक रु १० हजार औषधि र अन्य चार्जको रुपमा खर्च हुने गरेको उहाँले बताउनुभयो । गाउँमा बचेको अलिकति जग्गा र बास बस्ने घर बैंकमा धितो राखेर आएको पैसाले यतिञ्जेलसम्म छोरीको उपचार गराइएको बताउनुभयो । उहाँले सक्दो सहयोग गरेर आफ्नी छोरीको जीवनरक्षा गरिदिन मनकारी व्यक्ति र सङ्घसंस्थासँग आग्रह गर्नुभएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement