Advertisement
Advertisement
Advertisement
Advertisement

चेतनामूलक उपन्यास ‘सङ्गत’ विमोचन

  |      10:54:00   |  
चेतनामूलक उपन्यास ‘सङ्गत’ विमोचन

असार १०, काठमाडौं । उपन्यासकार तथा लेखक देवेन्द्र न्यौपानेको चेतनामूलक उपन्यास ‘सङ्गत’ विमोचन गरिएको छ । नेपाल प्रहरीको लागुऔषध ब्यूरोद्वारा अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध दिवसको पूर्वसन्ध्यामा सोमबार यहाँ आयोजित कार्यक्रममा लेखक न्यौपानेको उक्त उपन्यास विमोचन गरिएको हो ।
 
उपन्यास महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री र लागुऔषध ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यले संयुक्तरूपमा विमोचन गर्नुभयो । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक क्षेत्रीले काठमाडौँ उपत्यकामा प्राकृतिक लागुऔषधभन्दा औषधिजन्य लागुऔषधको समस्या बढ्दै गएको बताउनुभयो । “लागुऔषधको दुरुपयोग नियन्त्रणका लागि प्रहरीका साथसाथै स्थानीय समुदायको पनि महत्वपूर्ण भूमिका रहेको छ”, उहाँले भन्नुभयो ।

प्रहरी नायब महानिरीक्षक अमात्यले कुलतमा लागेका व्यक्तिले मात्र नभएर घरपरिवार र समाजले समेत निकै ठूलो मूल्य चुकाउनुपरेको बताउनुभयो । एउटा किशोरले कुलतबाट छुटकारा पाउन गरेको अठोट, त्यसका लागि उसले चालेको कदम र यसबाट उसको जीवनमा आएको परिवर्तनलाई समेटेर उपन्यास लेखिएको उपन्यासकार न्यौपानेले बताउनुभयो ।
  
नेपालमा हाल एक लाख ५० हजार बढी युवा कुलतमा फसेको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । नेपालमा वार्षिक १२ प्रतिशतको गतिमा लागुऔषध प्रयोगकर्ता बढ्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न गृह मन्त्रालयले हरेक वर्ष सप्ताहव्यापी कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले लागुऔषध दुरुपयोग रोक्नका लागि विशेष योगदान पु¥याएका छन् ।
 
सोही अवसरमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारलाई समेटेर बनाइएको सडक नाटक, नृत्य र ब्याण्डसमेत प्रस्तुत गरिएको थियो ।
रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement