Advertisement
Advertisement
Advertisement
Advertisement

किन कोही साह्रै भाग्यमानी हुन्छन्

  |      15:53:00   |  
वेब तस्विर
वेब तस्विर

किन केही मानिसहरू साह्रै भाग्यमानी हुन्छन् ? 

 

तपाईंले आफैलाई यी प्रश्न गरिराख्नुहुन्छ भने एक पटक पुनस् सोच्नुस्। बिबिसि

 

मानिसहरूले राम्रो हुन् वा नराम्रो आफ्ना भाग्य आफै कोर्छन्, मनोविज्ञ रिचर्ड वाइजमन भन्छन्।

 

वाइजमनले भाग्यको भूमिका र मानिसहरूको जीवनमा त्यसले पारेको प्रभावबारे अध्ययन गरिराखेका छन्। उनले त्यसलाई  वैज्ञानिक अनुसन्धानु भनेका छन् जसले आफूलाई भाग्यमानी र भाग्यमानी नभएको ठान्नेहरूबीचको भिन्नता हेरिराखेको छ।

 

निष्कर्ष के तरु भाग्य कुनै जादुयी क्षमता वा अप्रत्यासित नतिजा नभइ यो हामी कसरी सोच्छौँ र काम गर्छौँ भन्ने हो।

 

खासगरी, भाग्यमानी भनिने वा आफूलाई भाग्यमानी ठान्ने मानिसहरूले यी चार कुरा ठिकसँग गर्छन्।

 

१. नयाँ अवसरहरूको पहिचान
 

आफूलाई भाग्यमानी ठान्ने मानिसहरू सही समय पहिचान गर्दै त्यसको सदुपयोग गर्छन्।

 

जब उनीहरूले अगाडि नयाँ बाटो देख्छन्, खुशी साथ त्यस बाटोमा हिँड्छन्।


भाग्यले साथ नदिएको ठान्नेहरूका हकमा भने त्यो ठ्याक्कै उल्टो हुन्छ, वाइजमन भन्छन्।

 

उनीहरू एउटै बाटोमा हुन्छन्। जसकै कारण अवसरहरू देखिए पनि उनीहरू त्यसको सदुपयोग गर्न डराउँछन्।

 

२. अन्तरआत्मालाई सुन्नु
 

नयाँ अवसरलाई सदुपयोग गर्नका लागि अन्तरआत्मालाई सुन्नुको अर्थ धेरै हुन्छ।

भाग्यमानी मानिसहरू त्यसो गर्न धक मान्दैनन्।

 

उनीहरूलाई केही कुरा ठिक लाग्यो भने त्यसमा ढुक्कैसँग विश्वास गरेर अगाडि बढ्छन्।


अर्कोतर्फ आफूलाई भाग्यमानी नठान्नेहरू स्वभावैले धेरै गहिरिएर परिस्थितिको समीक्षा गर्छन्। जुन उनीहरूका लागि प्रत्युत्पादक भइदिन्छ।

 

वाइजमन भन्छन्, उनीहरूका काम सफल हुनका लागि धेरै समय लाग्छ र उनीहरूको सोचाई धेरै फलदायी समेत भएको पाइँदैन।

 

३. सफल हुने आशा

 

आशावादी मानिसहरूका रूपमा हेरिने भाग्यमानीहरू आफ्ना हरेक काममा सफल भइने सोच्छन्।

 

उनीहरू आफ्ना कामहरू राम्ररी हुने ठान्छन् र सोही धारणाले नै त्यो सजिलै पूरा भइदिए जस्तो हुन्छ, वाइजमन भन्छन्।

 

सधैभरी यसले काम गर्छ भन्ने छैन तर सकारात्मक सोचले अप्ठ्यारो परिस्थितिमा पनि गतिशील भइरहन भने सघाउँछ।

 

यो गुणको प्रभाव यस्तो हुन्छ कि त्यसले अरू मानिसहरूलाई सहजै आकर्षित गर्छ।


आफूलाई भाग्यमानी नठान्नेहरूमा भने निराशावादी सोच हावी भइदिन्छ।

 

वाइजमनका अनुसार आफ्ना उदास शैलीका कारण मानिसहरू त्यस्ता व्यक्तिहरूबाट पञ्छिन खोज्छन्।

 

४. सकारात्मक रहनु
 

यस स्वभावको साँचो भनेको सकारात्मक रहनु हो।

 

नराम्रा कुराहरू सबैको जीवनमा घट्छन् तर भाग्यमानी मानिसहरू यस्तै अनुभवले त्यस्ता परिवेशमा काबु पाउन सक्छन्।

 

उनीहरू त्यस्तो परिस्थिति बुझेरै अगाडि बढ्छन्।

 

यसले खराब समयलाई पनि राम्रोमा परिणत गर्छ।


तर आफूलाई भाग्यमानी नठान्नेहरू स-साना नकारात्मक कुराबाटै चिन्तित हुन्छन्।

 

उनीहरू भविष्य बेरङ्गको हुँदैछ भन्ने सोचेर पर्यत्न गर्नु नै बेकार रहेको ठान्छन्।

भाग्यमानी हुन चाहनुहुन्छरु
 

रिचर्ड वाइजमन भन्छन्, केही तरिका अपनाइयो भने जोकोही भाग्यमानी मानिसजसरी सोच्न र व्यवहार गर्न सक्छन्।

 

त्योमध्ये एउटा भाग्य डायरीु बनाउनु र आफूलाई भाग्यमानी सोच्न थाल्नु पनि हो।

 

जेजस्तो भए पनि आफूमा घटेका सबैभन्दा सकारात्मक वा राम्रो कुरा के हो, त्यो लेख्नुहोस्।


 

यसले नकारात्मकता हटाएर जीवनका सकारात्मक पक्षमा केन्द्रित हुन सघाउँछ।

 

हामीसँग हुने कतिपय घटना हाम्रो बसमा हुँदैनन् तर भाग्य डायरी बनाउँदा हामीले त्यस्ता अवस्थासँग कसरी जुझ्ने भन्ने सिक्छौँ।

 

त्यो रातारात भइहाल्ने कुरा होइन, वाइजमन भन्छन्, तर केही हप्तामै मानिसमा यसको साँच्चिकै असर पर्न थाल्नेछ। 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement