Advertisement
Advertisement
Advertisement
Advertisement

कति समयको भ्रुणको गर्भपतन ठीक ?

  |      13:48:00   |  
वेब तस्विर
वेब तस्विर

चैत १७, मियामी (एएफपी) – अमेरिकी राज्य जर्जियाका गभर्नरले भ्रुणको “मुटुको चाल” थाहा भएपछि गर्भपतन गराउन निषेध गर्नेसम्बन्धी एउटा नयाँ कानुनमा हस्ताक्षर गर्ने तयारी गर्नुभएको छ । स्थानीय सयमअनुसार शुक्रबार भएको संसद तल्लो सदनमा भएको मतदानमा सांसदहरुले नयाँ कानुन पारित गरेका थिए । 


अमेरिकी हलिउडका कलाकारहरुले गभर्नरको उक्त कदमका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । 


संयुक्तराज्य अमेरिकामा केही वर्षदेखि गर्भपतनको विषयले राजनीतिक रुप लिएको छ । केही अमेरिकी राज्यहरुले गर्भपतनलाई सीमित गर्ने प्रयास पनि गरेका छन् । गर्भपतनको पक्ष र विपक्षमा पूरै राजनीति बाँडिएको छ । 


जर्जियाको तल्लो संसदले “मुटुको चालसम्बन्धी विधेयक” पारित गरेको थियो । यो कानुन अनुसार भ्रुणको पहिलो मुटुको चाल थाहा पाएपछि गर्भपतन गर्न पाइने छैन । सामान्यतया भ्रुणको मुटुको चाल ६ हप्तामा थाहा हुन्छ । कतिपय गर्भवती आमाहरुलाई ६ हप्तासम्ममा आफ्नो पेटमा बच्चा छ भन्ने समेत थाहा हुँदैन । 


“जर्जियाले प्राण वा जीवनलाई महत्व दिन्छ । हामी निर्दोष र आवाजविहीनको पक्षमा छौं,” गभर्नर ब्रायन केम्पले बताउनुभयो । रिपब्लीकन पार्टीका गभर्नर केम्पले सांसदहरुलाई सम्बोधन गरेर लेखिएको वक्तव्यमा उक्त कुरा उल्लेख छ । 


अमेरिकाको ठूलो मानव अधिकार समूह अमेरिकी नागरिक स्वतन्त्रता यूनियन ९एसीएलयू० ले जर्जिया राज्यको उक्त कदम विरुद्ध अदालतमा चुनौती दिने जनाएको छ । 


“गभर्नर केम्पले उक्त विधेयकमा लालमोहर लगाए हामीसँग एउटा मात्र विकल्प छः अदालतको ढोका घच्घच्याउने,” एसीएलयूका कार्यकारी निर्देशक आन्द्रे योङले बताउनुभयो । 


अमेरिकी सर्वोच्च अदालतले सन् १९७३ मा एक आदेश मार्फत देशब्यापी रुपमा गर्भपतनलाई कानुनी मान्यता दिएको थियो । 


सन् २०१७ मा राष्ट्रपतिको कार्यभार सम्हालेयता राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतमा दुई जना दक्षिणपन्थी विचारधारा राख्ने न्यायाधीश नियुक्त गरिसक्नु भएको छ । अधिकारकर्मीहरु विगतको त्यस अधिकारलाई सर्वोच्च अदालतले उल्ट्याउने सम्भावना रहेको भन्दै चिन्तित भएका छन् । 


रिपब्लीकन पार्टी र राष्ट्रपति ट्रम्प गर्भपतनको विपक्षमा छन् । रिपब्लीकन पार्टी र यसका समर्थकहरु “जीवनको अधिकार” को पक्षमा उभिएका छन् भने डेमोक्र्याटिक पार्टी “छनौटको अधिकार” को पक्षमा छन् । 


अमेरिकाको जर्जिया राज्य फिल्म र टेलिभिजन उत्पादनका लागि प्रमुख गन्तव्य हो । दर्जनौं हलिउड कलाकारले महिला विरुद्धको यस कानुनका कारण आफ्नो व्यवसाय अन्यत्र राज्यमा लैजाने भन्दै चेतावनी समेत दिएका छन् । 


कलाकारहरु अलिसा मिलानो, अलेक बाल्डवीन, आमी शुमर, बेन स्टिलर, सराह सिल्भरम्यान, मिया फारो समेतले सांसदहरुलाई पत्र लेखी महिलाका लागि सुरक्षित राज्यहरुमा आफ्ना उद्योग व्यवसाय स्थानान्तरण गर्न बाध्य हुने बताएका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement