Advertisement
Advertisement
Advertisement
Advertisement

एक महीने महिला हिंसाविरुद्धको अभियान

  |      13:04:00   |  
वेब तस्विर
वेब तस्विर

असोज २२, इलाम । जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्धको एक महीने अभियानअन्तर्गत जिल्लाका ३५५३ जनालाई महिला तथा बालिका हिंसा र यसबाट पर्ने असरबारेमा जानकारी गराइएको छ । जिल्लाका स्थानीय तहका २१ विद्यालयमा विविध कार्यक्रमसहित यसबाट पर्ने असरबारेमा जानकारी गराइएको हो । 

 

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसहित जिल्लामा क्रियाशील २० सङ्घसंस्थाको आयोजनामा गत भदौ २१ गतेबाट इलाममा जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्धको एक महिने अभियान सञ्चालन गरिएको थियो । उक्त अभियानको आइतबार एक समापन कार्यक्रमका अवसरमा जिल्लाका विभिन्न स्थानमा भएको कार्यक्रममा ३५५३ जनालाई यौनजन्य हिंसासम्बन्धी जानकारी गराइएको थियो । 

 

बालिकालाई सुरक्षित राख्न सबैभन्दा बढी, अभिभावक र समाज शिक्षित हुनुपर्ने र बालिकालाई शिक्षामा जोड दिनुपर्ने समापन कार्यक्रमका सहभागीले जोड दिनुभयो । अशिक्षित भन्दा पनि शिक्षित ब्यक्तिकै कारण बालिका तथा महिला पीडित हुने भन्दै महिलालाई आत्मनिर्भर तथा बालबालिकालाई शिक्षामा जोड दिन सके हिंसाका घटनामा कमी आउने सहभागीको जोड थियो । 

 

कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले एक महिने अभियान समाप्त भए पनि यससँग सम्बन्धित कार्यक्रम निरन्तर गरिरहनुपर्ने बताउनुभयो । उहाँले विकृतिमुक्त समाज स्थापनामा मदिरा नियन्त्रणले सहयोग पुग्ने बताउँदै यसतर्फ पनि सोच्न आग्रह गर्नुभयो । 

 

अभियनका संयोजक तथा जिल्ला युवा समितिका प्रकाश परियारले गाउँगाउँमा जाँदा बालिकाको अवस्था नाजुक रहेको बताउँदै शिक्षाले नै उनीहरूको स्तर माथि उठाउन सकिने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न सङ्घसंस्था, कार्यालय तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement