Advertisement
Advertisement
Advertisement
Advertisement

एउटा गाउँ जहाँ जातीय विभेदको ‘नामनिसान छैन’

  |      15:45:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र १७, काठमाडौं । फाप्लु, सोलुखुम्बुकी उर्मिला श्रेष्ठ गाउँका दलितको घरमा जाने, सँगै बसेर उनीहरूकै घरमा खाना खाने गर्छिन्। केही वर्ष अघिसम्म दलित र गैरदलित भनी फरक व्यवहार भए पनि पछिल्ला वर्षमा उक्त क्षेत्रमा त्यस्तो जातीय विभेद कत्ति पनि नरहेको उनी बताउँछिन्।

 

फाप्लु र आसपासका क्षेत्रहरू सुर्के, यर्मादिङमा गरी करिब दुई सय घर दलित बस्ती रहेको छ। त्यहा शेर्पा, तामाङ, नेवार लगायत केही बाहुन र क्षेत्रीको पनि बसोबास रहेको छ।

 

भात र भान्छा चल्छ
उनीहरू हरेक क्षेत्रमा अब्बल छन्, उनीहरूका घर हाम्राभन्दा बढी सफासुग्घर छन्,श्रेष्ठले भनिन्, उनीहरूसँग बस्दा र खादा उनीहरू दलित हुन् त्यसैले बस्न हुँदैन भन्ने लाग्दैन। हामीबीच भातरभान्सा सबै चल्छ।

 

सोलुखुम्बुको फाप्लुमा बस्दै आएका दलित र गैरदलितबीच देखिएको यो समानता राजधानीकै कतिपय क्षेत्रका लागि पनि नौलो मानिन्छ। काठमाण्डू वरपरकै कतिपय गाउँमा अझै पनि दलितलाई गैरदलितले घर छिर्न नदिने, उनीहरुले छोएको पानी नचलाउने गर्छन्, विवाह त परको कुरा।

 

घरमा फलेका तरकारी विक्री गर्न टाढा जान पर्दैन, हाम्रै घरबाट यहाँका गैरदलितले किनेर लैजान्छन्। पितृकार्य, पूजामा गरिने भोजहरूमा उनीहरू नधकाइकन आउँछन्, खान्छन्, सोलु दूधकुण्ड नगरपालिका ४ की लली विश्वकर्मा भन्छिन्, उनीहरूका लागि भनेर छुट्टै खानेकुरा पकाउने चलन छैन। हामी जे पकाउँछौँ त्यही सँगै बसेर खाने हो। घर चलाउने महिलाहरूले नै कुनै विभेद नगरेपछि घरबाहिर काम गर्ने पुरुष वा बालबालिकामा त्यो हुने कुरै भएन।

 

अचम्म लाग्छ
एक अर्कामा घरमा निर्वाध रुपमा प्रवेश गर्ने अनि मर्दापर्दा वा पूजाआजामा एक अर्कालाई सहयोग गर्ने यहाँका बासिन्दाको चलनले यहाँ आउने अन्य क्षेत्रका मानिसलाई पनि अचम्मित पार्छ।

 

झापा घर भइ आठ वर्षदेखि सोलुखुम्बुको फाप्लुमा शिक्षण गराउँदै आएका श्रीकृष्ण गौतमले त नेपालका नमुना जिल्लाका रुपमा सोलुखुम्बुलाई लिन्छन्। नेपालका प्राय सबै जिल्लाहरूमा दलित र गैरदलितबीच विभेद छ। तर यहाँ त एकदमै फरक छ। मलाई शुरू शुरूमा अचम्म लाग्थ्यो।

 

एउटै परिवारका रुपमा उनीहरू मिलेर बसेको देख्दा गौतम जस्तै अन्य भेगबाट आएका मानिसहरू आश्चर्य मान्छन्। तर सोलु दूधकुण्ड नगरपालिका ४ दलित बस्तीकी कृष्णकुमारी विश्वकर्मा भन्छिन् छुवाछूत, सानो जात र ठूलो जात भनि गरिने विभेद र अन्य कुनै किसिमको दुर्व्यवहार हाम्रो समाजमा पाइँदैन। उनीहरू आवश्यक पर्दा रकम सरसापटीदेखि लिएर तरकारी र अन्नपात पैंचो चलाउँछन्।

 

किन फरक गर्नु ?
त्यहाँ दलित युवाहरूले गैरदलित समुदायका छोरीचेली विवाह गरेर घरबार बसाएका छन्। जसले गर्दा जातीय रूपमा समेत फरक दृष्टिकोण नभएको उनको ठहर छ।
सामाजिक रूपमा एक ढिक्का भएर बस्न थालेपछि कुनै असजिलो पर्दा पनि हारगुहार गर्न सजिलो भएको फाप्लुकै उर्मिला श्रेष्ठ बताउँछिन्। शिक्षा र चेतनाको विकास भएसँगै विभेद न्यूनीकरण हुँदै गएको फाप्लुकी सुमजोक लामा बताउँछिन्। उनी भन्छिन्, हाम्रो गाउँमा मान्छेले मान्छेलाई विभेद गर्नु सामाजिक लज्जाको विषय हुन्छ। दलितरगैरदलित हाडछालाले बनेको उस्तै मानिस त हो किन फरक गर्नुपर्‍यो ?

 

सोलुखुम्बुमा प्रायः सबै जातिले सबैको संस्कार र संस्कृतिलाई उतिकै महत्त्व दिने गर्छन्। हिन्दू धर्मालम्बीहरूले मनाउँदै आएका चाडबाडहरू र बौद्ध धर्मालम्बीहरूले मान्ने चाडहरू प्रायः सबै मिलेर मनाउँछन्। जसको प्रभाव स्वरुप दलित र गैरदलितबीचको एकता सम्भव भएको अधिकारीहरू बताउँछन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement