Advertisement
Advertisement
Advertisement
Advertisement

उद्धार गरिएकी बङ्गलादेशी महिलाको पुनःस्थापनाको पहल

  |      15:31:00   |  
उद्धार गरिएकी बङ्गलादेशी महिलाको पुनःस्थापनाको पहल

माघ २२, परासी । सडकमा बच्चा जन्माइरहेको अवस्थामा पाँच महीनाअघि उद्धार गरिएकी एक बङ्गलादेशी महिलाको सफल उपचार भएको छ । उपचार सफल भएपछि उनको पुनःस्थापनाको लागि पहल पनि शुरु भएको छ । 


बङ्गलादेशको मानिकगञ्ज नजिकै माइत र आरिसा घर बताउने ३५ वर्षीया शलमा खानलाई भदौ १० गते पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित गोबरहिया प्रहरीचौकी नजिकैबाट उद्धार गरिएको थियो । 

 

सडकमै बच्चा जन्माएर सालनालसमेत नकाटिएको अवस्थामा फेलापरेपछि बच्चासहित ती महिलाको जिल्ला प्रहरी कार्यालय नवलपरासीले उद्धार गरी जिल्ला अस्पताल पुराएको थियो । 


मानसिक सन्तुलन गुमाएकी ती महिलाको रामग्राम नगरपालिकाको आर्थिक सहयोगमा कोशीस नेपाल ललितपुरमा स्वास्थ्य उपचारका लागि पठाइएको थियो भने बच्चालाई जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा नर्स र महिला प्रहरीको रेखदेखमा संरक्षण गरिएको रामग्राम नगरपालिकाका उपप्रमुख रम्भा कुँवरले बताउनुभयो । 


चार महीना ११ दिनको मानसिक उपचार पश्चात् ती महिला पूर्ण स्वस्थ अवस्थामा फर्केको कोशिस नेपालकी सामाजिक कार्यकर्ता मञ्जु क्षेत्रीले बताउनुभयो । “मानसिक सन्तुलन गुमाइसकेकी ती महिला छिट्टै स्वस्थ हुँदा निकै खुशी लागेको छ,” उहाँले भन्नुभयो। 


अहिले परासीस्थित अल्पकालीन आश्रयस्थल सेवा केन्द्रमा उनलाई आश्रय दिइएको छ । उनलाई अस्पतालको संरक्षणमा राखिएको छोरासँग पनि भेट गराइएको छ । पाँच महीनापछि छोरालाई भेट्न पाउँदा शलमामा खुशीको उमङ्ग छाएको थियो। 


अब उहाँलाई आफ्नै देश फर्काउन काठमाडौँस्थित बङ्गलादेश दूतावासमार्फत पहल भइरहेको छ । त्यसका लागि दूतावासका अधिकारीसँग कुराकानी भइरहेको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर राय बताउनुहुन्छ । ती महिलाले आफू अर्धचेत अवस्थामै एक वर्षअघि बङ्गलादेशबाट भारतहुँदै नेपाल आएको बताउनुभयो । 


श्रीमान् आसान खानले बङ्गलादेशमा खुर्सानीको व्यापार गर्दै आएको बताउँदै उहाँले आफ्नो त्यहाँ तीन जना छोरी र पहिलो श्रीमतीको चार जना छोरी रहेको बताउनुभयो । पहिलो श्रीमतीको मृत्युपछि श्रीमान्ले आफूलाई विवाह गरेको तर आर्थिक अवस्था कमजोर भएकाले ६ महीनाकी कान्छी छोरीलाई अर्कैले पाल्न लगेपछि चिन्ताले आफू मानसिक रोगी हुन पुगेको ती महिलाको भनाइ छ । 


बस चढेर नेपाल आएको बताउने ती महिलाले आफूलाई छिटो घर जाने वातावरण बनाइदिन आग्रह पनि गर्नुभएको छ । दूतावासमार्फत ती महिलालाई पुनःस्थापना गरिने उल्लेख गर्दै रामग्राम नगर उपप्रमुख कुँवरले भन्नुभयो,“हामीले पहल गरिरहेका छौँ, उनलाई पुनःस्थापनाका लागि नेपाल सरकार तथा दूतावासबाट सहयोग हुने अपेक्षा पनि छ ।” रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement