असार ३२, काठमाडौं । सानो कुरामा ध्यान नदिँदा शरीरमा कति ठूलो हानी पुग्छ भन्ने कुरालाई सामान्य रुपमा लिने बानीले धरै मानिसहरु रोगको सिकार भएको पाइन्छ । शरीरका हरेक अंग निकै नै संवेदनशिल हुन्छन् । भनाइमा सानो ठूलो भन्न शब्द प्रयोग गरिएपनि असर भने पिडादायी हुन्छ । यस्तै कानको कानेगुजीलाई हामी सामान्य रुपमा लिने गर्छाै । जथाभावि कान कोट्याउने, सिन्का प्रयोग गर्ने जस्ता असामान्य कार्यले हामी बहिरो हुन सक्छौ भन्ने कुराको अन्दाज भने बिल्कुलै लगाएका हुँदैनौ । यो निकै न गम्भिर विषय हो । कानगुजी त हो के हुन्छ भनेर विभिन्न वस्तुको प्रयोगमा निकाल्ने प्रयास गर्नु गलत हो । यस्ता कार्यले कान बन्द हुने अर्थात नसुन्ने समस्या आउँछन् ।
कान बन्द भएको अवस्था भोग्नु भएको छ भने तपाईलाई लाग्दो होः कानेगुजी के का लागि हो ?
–कानको भित्रि भागलाई कानेगुजीले धुलो, फोहर र किराहरुबाट जोगाउँछ ।
–ब्याक्टेरिया र ढ्सी प्रतिरोधि विशेषता पनि यसको हुन्छ ।
कानको दुलो बाट बाहिर कानेगुजी निस्किने सामान्य प्रकृया भनेको भित्रि भागको छाला बिस्तारै बाहिर तिर सर्छ । र त्यही प्रकृयालेनै कानेगुजी बाहिर ल्याउँछ ।
कानेगुजी सफा गर्न के गर्नु पर्छ त ?
कानेगुजी निकाल्न धेरै मानिसले केही पनि गर्नु पर्दैन, तर धेरै जसो मानिसले सानो पाईपमा कपासको डल्लो राखिएको ‘बड’ प्रयोग गर्छन् र त्यसलाई दुर्भाग्यवश केही मानिस ईयर बड पनि भन्छन् । ति वस्तु कानेगुजी सफा गर्न प्रयोग गर्नु हुदैन । कानको नली साँघुरो हुँदा वा संक्रमणका कारण धेरै मानिसको कान बन्द हुन्छ । यसका कारण श्रवण शक्ति गुम्न सक्छ र चापका कारण असहज महसुस हुन सक्छ ।
‘बड’ले कानेगुजीलाई झन भित्र धकेलेर कान बन्द हुने अवस्था आउन सक्छ । इयर क्यान्डल भनिने मैनबत्तिले आराम दिने जस्तो लाग्छ तर त्यसले कानमा क्षति पुर्याउन सक्छ । घरमा मानिसहरुले आफैले गर्न सक्ने भनेको कानेगुजीलाई नरम बनाउने प्रयास गर्ने हो । जस्तै उदारणका लागि जैतुनको तेलको थोपा हाल्न सकिन्छ । कानेगुजी पगाल्ने सोडियम बाइकार्बोनेट जस्ता अलि कडा खालका यौगिक पनि प्रयोग गर्न सकिन्छ वा हाइड्रोजन परेअक्साइड र यी सबै व्यापारिक रुपमा उपलब्ध छन् ।