Advertisement
Advertisement
Advertisement
Advertisement

आमाको नामबाट जन्म दर्ता गर्दा पनि विभेद

  |      22:07:00   |  
महिलाको पहिचान उनको श्रीमानसँग जोडेर हेर्ने संस्कारका कारण कानुनमै भएका प्रावधानहरूपनि व्यवहारमा लागू हुन नसकेको धेरैको भनाइ छ
महिलाको पहिचान उनको श्रीमानसँग जोडेर हेर्ने संस्कारका कारण कानुनमै भएका प्रावधानहरूपनि व्यवहारमा लागू हुन नसकेको धेरैको भनाइ छ

भदौ ३, काठमाडौं । आमाको नामबाट नागरिकता लिन सक्ने कानुन बनाउनु पर्छ भन्दै चर्को बहस भइरहेको समयमा नागरिकता बनाउने मुख्य आधारका रुपमा लिइने जन्म दर्ता गर्न समेत बुवाकै खोजी हुने गरेको कानुन व्यवसायीहरूले बताएका छन्।

बुवाको वासस्थानलाई नै स्थायी ठेगानाको रुपमा लिइने गर्दा यस्तो समस्या देखा परेको उनीहरुले बताएका छन्। वंशजको नागरिकता पाएकी नेपाली महिलाले आफ्नो सन्तानको जन्म दर्ता उनको नागरिकतामा रहेको ठेगाना अनुसार गर्न नपाएको गुनासो गर्ने गरेका छन्।

 

यस्तो समस्या लिएर राष्ट्रिय महिला आयोग पुगेका महिलाहरूलाई कानुनी परामर्श दिने अधिवक्ता विमला खड्का भन्छिन्, 'श्रीमान श्रीमतीको सम्बन्ध बिग्रिएपछि यस्तो समस्या पर्ने गरेको देखिन्छ। आफ्नो वंशजको नगरिकता हँदाहुँदै पनि श्रीमानले छोडीदिएका महिलाहरुले आफ्नो बच्चाको जन्म दर्ता गर्न नपाएको समस्या लिएर थुप्रै महिलाहरु हामी कहाँ आउने गरेका छन्।'


वञ्चित
जन्म दर्ता, नागरिकता जस्ता महत्त्वपूर्ण व्यक्तिगत कागजातहरूलाई अंशसँग जोडेर हेर्ने गरिएकोले पनि आमालाई यस्तो अधिकार प्रयोग गर्नबाट वञ्चित गरिएको महिला अधिकारकर्मीहरू बताउँछन्।


जसले गर्दा जिल्ला प्रशासन कार्यालय नजिकैको ठेगानाबाट नागरिकता लिएकी आमाले पनि नाबालकको जन्म दर्ताको कागजात बनाउन दुई दिन लगाएर श्रीमानकै गाउँ पुग्नु पर्ने गरेको उनीहरू बताउँछन्। नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकले आमा र बुवाबीचको यस्तो विभेदको अवस्थाको अन्त्य गर्ने आशा दिएको अधिवक्ता पुनदेवी महर्जनले बताइन्।


आफ्नो बंशजको नगरिकता हँदाहुँदै पनि श्रीमानले छोडीदिएका महिलाहरुले आफ्नो बच्चाको जन्म दर्ता गर्न नपाएको समस्या लिएर थुप्रै महिलाहरु हामी कहाँ आउने गरेका छन्
विमला खड्का, अधिवक्ता 

उनले भनिन्, 'बुवाको ठेगानालाई मात्र स्थायी ठेगाना मान्ने गरिएकाले अहिलेसम्म समस्या भएको हो। संशोधन विधेयकमा आमा र बावु दुवैको ठेगानाबाट नागरिकता लिन सक्ने भन्ने उल्लेख गरिएको छ। यसले अहिलेको समस्या हल गर्न सक्छ जस्तो लाग्छ।'

 

आशंका
नेपाली आमाबाट जन्मिएकाa सन्तानलाई यहीँको नागरिकता दिलाउन लामो समयदेखि वकालत गर्दै आएकी अधिवक्ता सुष्मा गौतम संविधानले महिलालाई पुरुष सरह वंश, अंश र पहिचानको अधिकार दिएको बताउँछिन्।


तर नागरिकता सम्बन्धी ऐनलाई लागू गर्न बनाइएका कार्यविधि र निर्देशिकाले समस्या पार्ने गरेको उनको अनुभव छ। त्यसैले संसदमा दर्ता भएको संशोधन विधेयक कसरी अघि बढ्छ भन्नेमा धेरै कुरा निर्भर हुने अधिवक्ता गौतमको ठम्याइछ।'सन्तानले चाहेमा आमाको ठेगाना छनोट गर्न पाउँछ भन्ने सोझो अर्थ अहिले दर्ता भएको संशोधन विधेयकमा छ। तर त्यो प्रावधान पारित हुन्छ कि हुँदैनरु यदि भइहाले पनि त्यसलाई कार्यान्वयन गर्ने गरी नियमावली र निर्देशिका आउँछन् कि आउँदैन भन्ने हेर्न बाँकी नै छ,' गौतमले भनिन्।

महिलाको पहिचान उनको श्रीमानसँग जोडेर हेर्ने संस्कारका कारण कानुनमै भएका प्रावधानहरूपनि व्यवहारमा लागू हुन नसकेको जनाकारहरु बताउँछन्।

- बिबिसीबाट 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement