Advertisement
Advertisement
Advertisement
Advertisement

आमाको हक खोज्दा छोरी जलाएर मारेको आरोपमा बुबा र हजुरआमा पक्राउ

  |      14:15:00   |  
महिला खबरबाट साभार तस्विर
महिला खबरबाट साभार तस्विर

असार २६, ललितपुर । सुतिरहेकी छोरी जलाएको आरोपमा बुबा, हजुरआमा र फुपू विरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ ।

 

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ५ की १५ वर्षीया समिक्षा ठकुरीलाई जलाएर मारेको आरोपमा उनका बुबा तेजेन्द्र ठकुरी, हजुरआमा हरिकला ठकुरी, फुपू मधु र अम्बिका ठकुरीको नाममा आईतबार जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । समिक्षाका मामा बमबहादुर दर्लामीले चारै जना विरुद्ध मुद्दा दर्ता गराएका हुन् ।

 

प्रहरीका अनुसार यहि असार ९ गते राती ३ बजेको समयमा आफ्नै घरमा सुतिरहेको बेला आगोमा जल्दै गर्दा समिक्षा चिच्याएपछि छिमेकीले उद्धार गरी बिहानपख उपचारका लागी पाल्पाको सिटी अस्पताल पु¥याएका थिए ।

 

सिटी अस्पतालमा उपचार हुन नसकेपछि उनलाई काठमाडौंको किर्तीपुरमा रहेको बर्न अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा असार २० गते बुधबार उनको ज्यान गएको थियो ।

 

ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी डिलबहादुर मल्लले घटना रहस्यमय तरिकाले भएको देखिए पनि अनुसन्धान प्रक्रियामा रहेको हुँदा केहि भन्न नसकिने बताए ।

 

घटना भएको १३ दिनपछि इलाका प्रहरी कार्यालयमा चारै जनाको नाममा किटानी जाहेरी परेपछि आइतबार मात्रै जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको डिएसपी मल्लले बताए । किटानी जाहेरी पश्चात मृतकका बुबा र हजुरआमालाई पक्राउ गरी अनुसन्धान थालेको उनको भनाइ छ ।

 

समिक्षाकी आमा माया थापाका अनुसार समिक्षा ९ महिनाकी छँदा उनका बुवा तेजेन्द्र ठकुरीले दोस्रो बिहे गरे । दोस्रो बिहेपछि तेजेन्द्रले आफूलाई रातदिन कुटपिट गर्न थालेपछि ९ महिनाकी छोरी बोकेर माइतीमा बस्न थालेको उनले बताइन् ।

 

छोरीकै लालनपालनका लागि उनलाई माइतीको जिम्मा लगाएर विदेशमा काम गर्दै आएकी माया छोरी जलाइएको चौथो दिन नेपाल पुगेकी छन् ।

 

माया बैदेशिक रोजगारमा हुँदा समिक्षाको लालनपालन उनको माईतीले गर्दै आएका थिए ।मायाका अनुसार कक्षा १ देखि १० सम्म मामा घरमै बसेर पढेकी समिक्षालाई गत वर्षको तिहारपछि उनका बुबा तेजेन्द्रले अब छोरीलाई आफै पाल्ने भन्दै आफ्नो घर लगेका थिए ।  तर घर लगेपछि हजुरआमा, फुपू र बुवाले कुटपिट गर्ने गरेको कुरा समिक्षाले बताउँदै आएको उनका मामाका छोरा बिनोद दर्लामीले  बताए ।

 

यस्तै समिक्षाले बुझ्न थालेदेखि नै आफूलाई म तपाईको हक दिलाएरै छोड्छु भन्दै आएको मायाले बताइन् ।  उनका अनुसार मेरो आमालाई किन दुख दिएको भन्दै समिक्षाले बुबा र हजुरआमासँग आफ्नो र आमाको हकका लागि अब म लड्छु भन्दै आएकी थिइन् ।

 

समिक्षाले कानुनी अधिकारको लागि आवाज उठाउँछिन् र उनलाई अंशसहित लालनपालन र अध्ययनमा खर्च गर्नुपर्छ भन्ने डरले उनको हत्या गरिएको आरोप माया र उनका माइती पक्षको छ ।

समिक्षाका मामा र आमाले दोषीलाई पक्राउ गरी कडा सजायको व्यवस्था नगरेसम्म शब नबुझ्ने अडान राखेपछि समिक्षाको शब शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

महिला खबरमा प्रकाशित समाचार


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement