Advertisement
Advertisement
Advertisement
Advertisement

मेकअप गर्दा आँखाको सुरक्षा यसरी गरौं

  |      18:06:00   |  
मेकअप गर्दा आँखाको सुरक्षा यसरी गरौं

काठमाडौं। आँखा सबैभन्दा महत्वपूर्ण एवं संवेदनशील अङ्ग हो । सुन्दर आँखाले मानिसको अनुहारको सम्पूर्ण सौन्दर्य झल्काउँछ । ओठले बोल्न नसकेका शब्दहरू आँखामार्फत प्रकट हुन्छन् । अझ भनौं नारी सौन्दर्यमा आँखाको शृंगारले विशेष भूमिका खेलेको हुन्छ । प्रकृतिले प्रदान गरेको रूपमा कुनै पनि पक्षलाई एउटा कलात्मक हातले सजाएर अझ आकर्षक बनाउनु पनि आफैंमा एउटा कला हो । 

आँखाको मेकअप गर्नुअघि आँखाको रंग कस्तो छ विचार पुर्‍याउनुपर्छ । कसैको आँखाको आईबल खैरो त कसैको कालो वा नीलो हुन्छ । यिनै रंगसँग मेल खाने रंग चयन गर्नुपर्छ । आँखाको मेकअप गर्नुअघि आँखीभौंको सेप राम्रोसँग मिलाउनुपर्छ । कसैको आँखीभौं पातलो भए त्यसलाई आइब्रो पेन्सिलले मिलाएर अनुहारको बनावटअनुसार ठिक्कको आकार दिन सकिन्छ । त्यसपछि आइलिडलाई बेस कोटद्वारा एप्लिकेटरको सहायताले मिलाएर विस्तारै फैलाउनुपर्छ । यदि डार्क सर्कल छ भने कन्सिलर प्रयोग गर्नुपर्छ । कन्सिलर स्किन टोनअनुरूप हुनु आवश्यक छ । हाईलाईट गर्दा आँखीभौंको ठीक तल उठेको भागमा गोल्डेन आइभरी सिल्भर वाइट आदि आइस्याडो प्रयोग गर्नुपर्छ । आफूले लगाएको पहिरनसँग मेल खाने कलरको आइस्याडो लगाउनु वेश हुन्छ ।

आइस्याडो लगाउँदा आँखाको कुनादेखि ब्रसको सहायताले विस्तारै लगाउँदै–लगाउँदै किनारा अथवा कोषमा लगाएर डार्क सेडो (गाढा) लगाउने र अझ त्यसमा स्लेटी गाढा हुनुपर्छ जसले गर्दा स्मोकी लुक देखियोस् । अब आँखाको परेलामा मस्कारा लगाउनुपर्छ । यसले परेला बाक्लो देखिन्छ । आईलाईनर हल्का हातले विस्तारै लगाउनुपर्छ र अन्त्यमा गाजल लगाउनुपर्छ । यदि कसैको परेला एकदम पातलो छ अथवा छँदै छैन भने प्रस्ट देखिने गरी मिलाउन फल्स मस्कारा (नक्कली परेला) लगाउन सकिन्छ । मौसमअनुसार गर्मी अथवा वर्षामा वाटर प्रुफ मेकअप गर्न सकिन्छ ।
जसरी हामीले आँखाको मेअपमा ध्यान दिन्छौं त्यसैगरी आँखाको स्वास्थ्यका लागि पनि उत्तिकै ध्यान दिनु आवश्यक छ ।

–सुत्नुअघि आई रिमुभरले आँखाको मेकअप सफा गर्नुपर्छ । 
–एउटा कपासको टुक्रामा रिमुभर भिजाएर पुछ्नुपर्छ । 
–दैनिक कम्तीमा ८ घन्टा सुत्नुपर्छ । 
–धेरै बेर अथवा लेट नाइट टेलिभिजन हेर्नु राम्रो होइन । 
–टेलिभिजन हेर्दा कम्तीमा आधा घन्टाको फरकमा आँखामा पानीको छिटाले १०–१५ पटक छ्याप्नुपर्छ । 
–भिटामिन ई र डी सेवन गर्नुपर्छ । 

 दैनिक गाजर, पाकेको फर्सी, केरा, मेवा आदि सेवन गरे आँखालाई फाइदा हुन्छ । यसका साथै समय–समयमा शुद्ध गुलाबजलको केही थोपाले आँखा सफा गरे आँखालाई थकानबाट मुक्ति एवं शीतलता प्रदान गर्छ । हप्तामा एकपटक आलु वा काँक्रोलाई स्लाईस गरेर आँखा बन्द गरी २० मिनेटसम्म राख्नाले फाइदा हुन्छ । यसबाट आँखा वरिपरि देखिने कालो दाग पनि क्रमिक रूपमा हटेर जान्छ । गर्मीमा घर बाहिर निस्कदा कालो चस्मा र छाता प्रयोग गर्नुपर्छ । आँखा चिलाउने अथवा पानी आउने समस्या देखापरे जँचाउनुपर्छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement