Advertisement
Advertisement
Advertisement
Advertisement

अशक्त आमालाई छोराबाटै बलात्कारको धम्की

  |      16:11:00   |  
Picture : Mahila Khabar
Picture : Mahila Khabar

असार ५, ललितपुर । आमा ती मात्रै होइनन्, जसले पेट बोकेर जन्म दिन्छिन् । आमा त ती पनि हुन् जसले हात समातेर हिँड्न सिकाउँछिन् । खान, लाउन सिकाउँछिन् र कर्म गर्न पनि । तर जब तिनै छोराछोरी ठूला हुन्छन्, हुर्काउने र कर्म गर्न सिकाउनेको योगदान भुलिदिन्छन् अनि ज्यानै मारिदिने धम्की दिन्छन् भने तिनै आमाको मन कति दुख्छ होला ?

 

ललितपुरको यस्तै घटनाले जो कोहीको मन दुख्छ । आफूले पेटबाट मात्रै नजन्माएका तर एक आमाले निर्वाह गर्नुपर्ने सबै भूमिका निर्वाह गरी हुर्काएका श्रीमानका छोराहरूबाट एक अशक्त आमा प्रताडित छन् । कुटपिट मात्रै होइन, पटक–पटक बलात्कारको धम्की खेपिरहेकी उनले अन्ततः आफ्नो उद्धारका लागि अपिल गरेकी छन् ।

 

ललितपुरको डल्लुकी ४७ वर्षीया एकमाया थापा महर्जनले घर छोडेर नगए बलात्कार गरेर ज्यान मारिदिने धम्की आइरहेको भन्दै न्यायका लागि पहल गरेकी हुन् ।

 

सौतेना छोरा रामेश्वर महर्जनले घरबाट नगएको खण्डमा बलात्कार गरेर मारिदिन्छु भन्दै रातदिन धम्की दिने गरेकोले ज्यान जोगाउनै मुस्किल भएको एकमायाले महिला खबरसँगको टेलिफोनमा बताइन् ।

 

पाँच वर्ष अघि कम्मरको नसा सुकेपछि उठ्न, बस्नसमेत अर्काको सहारा चाहिने अवस्थाकी एकमायाले भनिन्, ‘एक्लै दिसा पिसाब गर्न त जान सक्दिन । घरै छोडेर म कहाँ जाऔं ?’ उनले घरमा कतिबेला के हुने हो भन्ने यकिन नभएका कारण बरु आफ्नो लागि सहारा स्थल खोजिदिन समेत आग्रह गरिन् ।

 

६३ वर्षीय श्रीमान रामराजा मर्हजनले जेठी श्रीमतीको मृत्यु भएपछि २०५२ सालमा उनीसँग बिहे गरे । बिहेको करिब १२÷१३ वर्ष सुःख शान्ति नै थियो । जब एकमायाबाट जन्मिएकी एउटी छोरी ठूली हुँदै गइन्, अनि परिवारले सम्पती खान जन्मिएकी भन्दै आमा–छोरीलाई नै प्रहार गर्न थाले ।

 

एकमायालाई सौतेना छोराछोरीको व्यवहारले भन्दा बढी श्रीमानको मौनताले दुख्छ । सँगै जीवन बिताउने कसम खाएर पाँच छोराछोरी हुर्काउने जिम्मासहित भित्र्याएकी आफूमाथि छोराहरूले निकै तल्लो स्तरको व्यवहार गर्दा समेत मुख खोल्दैनन् । ‘तिमीहरूको आमा हो । तिमीहरूका लागि त्याग गरेकी छ समेत भन्दैनन्’ उनले पीडा पोखिन् ।

 

एकमायाका अनुसार उनको बिहे हुँदा रामराजाका चार छोरा र एक छोरी मध्य कान्छो छोरा महेश दुई वर्ष थिए । उनी एक वर्षको छँदा आमाको मृत्यु भएको थियो । ‘त्यति नाबालकलाई हुर्काए, बढाए । अहिले तिनै छोराछोरीबाट ज्यान जोगाउन मुस्किल छ’ एकमायाले रुँदै महिला खबरलाई भनिन् ।

 

जेठो छोरा रामेश्वर महर्जन गाली बेइज्जती मात्रै गर्दैनन्, कुटपिट पनि गर्छन् । ‘तीन वर्ष अघि बुबाकै अगाडि तलाईं बलात्कार गरिदिन्छु भन्दै पाइन्ट खोलेर झम्टिन आयो । बल्लतल्ल जोगिएँ । कुटाइ त कति हो कति । कुन दिन मार्छ थाहा छैन’ उनले भनिन् । तर श्रीमान रामराजा भने छोराहरू बिरुद्ध एक शब्द पनि बोल्न नसक्ने उनले बताइन् । बरु समाजका अगाडि मलाई केही थाहा छैन भन्दै आफूलाई नै नराम्रो बनाउन खोज्ने गरेको गुनासो गरिन् ।

 

चार मध्य साइलो छोराको मृत्यु भइसक्यो । उनकी श्रीमती बिनिताले भने अहिलेसम्म नराम्रो नगरेको एकमायाले बताइन् । कान्छो छोरा महेशले केही दिन अघि ‘तँ निस्किनस् भने घाँटी च्यापेर मारिदिन्छु’ भन्दै टीभी फुटाएर फालिदिए तर हात भने हालेका छैनन् एकमायाका अनुसार काइलो छोरा अजयले पनि पटक–पटक घरबाट निस्के भन्दै कुटपिट र गाली बेइज्जती गरिरहन्छन् । छोरी मनिकाले पनि आमा भनेर सम्मान गर्दिनन् ।

आफूबाट जन्मेकी एक मात्रै छोरीलाई समेत सौतेना दाजुहरूले सुखले बस्न नदिएपछि गएको मंसिर महिनामा बिहे गरिदिएको उनले बताइन् ।

सात वर्ष अघि मृत्यु भएका साइला र जेठा छोरा जहिले पाइन्ट खोलेर बलात्कार गर्न आउँथे । ‘दुबै जना जहिले नसामा हुन्थे । हामी त ड्रग खान्छौं । तलाईं एड्स सारिदिन्छौं भन्थे । जेठो त अहिले पनि त्यस्तै भन्छ’ एकमायाले भनिन् ।

 

महिला आयोग र प्रहरीको वेवास्ता

छोराहरूको यातना, धम्की र श्रीमानको बेवास्ता विरुद्ध एकमाया नबोलेकी होइनन् । २०७५ भदौ र चैतमा गरेर तीनपटक ह्वील चिअरमा दुःख बिसाउन राष्ट्रिय महिला आयोग पनि पुगिन् । तर आयोगले सबैलाई बोलाएर दुईपटक मिलापत्र गरेर पठाइदियो ।

त्यस्तै स्वयम्भू प्रहरीले पनि जहिले जाँदा मिलापत्र गरेर पठाइदिने गरेकोले न्यायको आसै मरेको एकमायाको गुनासो छ ।

‘अशक्त शरीरमाथि पटक–पटक लात्ता प्रहार भएको कुराले प्रहरी र महिला आयोगलाई छुन्न । न्याय माग्न अन्त कहाँ जाने केही थाहा छैन’ उनले भनिन् ।

एकमायाले आफूमाथिको यातना नरोकिएपछि अहिले ललितपुर जिल्ला अदालतमा अंश मुद्दा दर्ता गराएको बताइन् । ‘अंश खान्छे भनेरै यति गरेका हुन् । कतैबाट न्याय नपाएपछि अंश मुद्दा हालेकी हुँ’ उनले भनिन् ।

शौचालय जानका लागिसमेत अरुको सहारा चाहिने अवस्थाकी एकमायालाई बिहे गरेर पठाइसकेकी छोरी आएर नै दिनदिनै स्याहार्छिन् । कहिलेकसो तल्लो तलामा भाडामा बस्ने मान्छेले चिया नास्ता खान दिने र सहयोग गर्ने गरेको थाहा पाएपछि परिवारले माथि आउने सिंढीको ढोकामा चाबी लगाइदिने गरेका छन् ।

 

आफूलाई त्यो यातना घरबाट मुक्ति दिलाइदिनका लागि अरुसँग मागेर अभियन्ता साबित्री सुवेदीलाई फोन गरेको र असार ३ गते साबित्री आफ्नो घरमा पुग्दा छोराहरूले नसा सेवन गरेर झण्डै हात हालेको पनि एकमायाले बताइन् ।

‘त्यसपछि घरमा कुटपिट र कलह भयो । अहिले काठमाडौंमा आफन्तकोमा लुकेर बसेकी छु । घर जान सक्दिन । मेरो लागि बस्ने व्यवस्था गरिदिनुस्’ एकमायाले भनिन् ।

महिला खबरबाट साभार 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement