►शकुन्तला कटुवाल (पाठक)
कसरी रोकियो होला उनको त्यो अन्तिम स्वास, सम्झदा पनि मन पोल्छ । सास नै रोकिएला जस्तो हुन्छ । आवेगले एक्कासी शरीर नै तातिन्छ । निर्मलाको जीवन अन्त्य गर्नेहरुलाई भेटेर तिनीहरुको गला थिच्न मन लाग्छ । मन बेचैन भएर के गरौ र कसौ गरौ हुन्छ । सायद, निर्मलाको विभत्स हत्याको दृष्य देख्ने र सुन्नेको मनमा यस्तै हुँदो हो । तर के गर्ने प्रकृतिकको एक हिस्सा हामी यसरी सोच्ने मनलाई बाँधेर र सहेर बाँच्नुको विकल्प छैन । आफूलाई काबुमा राख्न नसक्ने र दानवधारी मन भएकाहरुले बेकसुर निर्मलाको जीवन निमोठेर अन्त्य गर्दा पनि हामी चुपचाप बस्नुपर्ने अवस्था छ । निर्दयीहरुले निर्मलाकोे फुल जस्तो जीवन क्षणभरमा कहिल्यै नफर्किने बाटोमा धकेलिदिए । यस्ता घट्ना देख्दा लाग्छ आफै जन्मिएको गाउँमा सुरक्षित छैनौ यो देशका छोरी । अनि खाडी मुलुकमा गएका नेपाली छोरीहरुको जीवनको त के कुरा गर्नु ।
गएको विहिवार कञ्चनपुर भीमदत्त नगरपालिका २ कि १३ वर्षिय निर्मला पन्त भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा उनको मृत फेला परेको त्यो दृष्य मानसपटलमा नराम्ररी गाडियो । स्थानिय सरस्वती उच्च माविमा कक्षा ९ मा अध्ययनरत निर्मला विहिवार ११ बजे भीनपा १८ मा रहेको साथीको घरमा होमवर्क गर्न जाने भन्दै घरबाट थिइन् । साथीको घरमा होमवर्क गर्न गएकी निर्मलालार्ई के थाहा होमवर्क गर्न हैन कहिल्यै नफर्किने गरी घरबाट निस्किदैछु भन्ने । निर्मलामाथि यस्तो मुटु नै थरथर काप्ने हिंसा भयो ।
यो घटनाले देशका हरेक आमाहरुलाई आफ्ना छोरीहरुको बारेमा सोच्न बाध्य बनाएको छ । निर्मलामाथी भएको बिभत्स दृष्य अर्थात घट्नाले अहिले देशभरका नारीहरुमा निराशा छाएको छ । पुरुषहरुमा पनि निराश नछाएको हैन तर नारीमाथी भएको यो ज्यादातीले अहिले उनीहरुमा के बितिरहेको छ भनेर कुनै पुरुषले महसुस गर्न सक्दैनन् । यो सत्य हो । यसरी बारम्बार यस्ता असहनिय दृष्यहरुको सामना गरेर बाच्ने ल्याकत नारी शक्तिमा छैन र पर्दैन पनि ।
यस्ता घट्नाले बर्षाैदेखि नारीलाई हेर्ने नजर आज पनि उहि छ भन्न खोजेको हो कि भन्ने महसुस गराउँछ । होला समाज आधुनिकतालाई बुझ्ने र प्रविधिको उच्चकोटीलाई समेत आफ्नै अगाडी नियाल्न सक्ने भयो, तर अझै नारीलाई केही पुरुष अन्दाजले आफू जस्तै मानव हो भन्ने सत्यतालाई स्विकार्न सकेको छैन ।
ऊबेला जिजु हजुरआमाले बोक्सीको आरोप खपेर अकालमा ज्यान गुमाएको यथार्थ आजपनि ताजै छ । हिजो हजुरआमाई यौनहिंसाको शिकार बनाएको समाजको दृष्टान्त आजपनि कायमै छ । खै कहाँ फेरियो त नारीलाई हेर्ने समाज ? जस्ताको तस्तै छ । आजपनि हाम्रो समाजमा नारीहरु अकालमा ज्यान गुमाउन बाध्य छन् । बलात्कारको नाममा होस त घरेलु हिंसाको । यस्तै, सुन्दा पनि अपत्यारिलो लाग्ने घट्ना गत सालको माघ महिनामा भयो । मुस्ताङमा ७० वर्षिया वृद्ध महिला बलात्कृत भइन् । कपाल पाकेकी र हजुरआमा जस्ता वृद्ध महिलामाथि कुदृष्टि राख्ने हाम्रो समाजका केही पुरुषका कारण सात दशक पार गरेकी वृद्धा आमामाथी पनि अपाराध भइरहेका छन् । यस्ता घटना र परिघटना हाम्रो समाजमा बारम्बार दोहोरिनुलाई के भन्ने ? धेरैको जवाफ छ, यस्ता अपराधका लागि परिपक्क कानूनी सजायको व्यवस्था हुनुपर्छ । त्यो हो फाँसीको सजाय । हैन भने अपराधी फेरी यस्ता अपराध गर्नका लागि फुकुवा हुने हुँदा अपराध बढेर जान्छ भन्ने धेरैको तर्क छ । अहिले सबैको एउटै प्रश्न छ, अपराधीलाई उन्मुक्ति कि फाँसी ? यसको जवाफ अब खोजिनुपर्छ । हैन भने नेपाली छोरी आफै जन्मिएको गाउँमा असुरक्षित भएर कहिलेसम्म बाँच्ने त ? हरेक दिन निर्मलाहरु बलात्कृत हुँनेछन् अनि सरकार र समाज मुक दर्शक हुनुपर्ने हुन्छ ।
बलात्कार अमानवीय अपाराध हो । अझ पछिल्लो समयमा बलात्कारसँगै ज्यानै लिनेसम्मका क्रुर तरिकाले हत्या गर्नेलाई जीवनको हक छ भन्न हामी कसरी सक्छौं ? हो हामी बलात्कारीलाई मृत्युदण्डको माग गरिरहेका छौं । यद्यपि, संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र नेपालले १९४८ को यातना तथा क्रुर, अमानवीय, अपमानजनक व्यवहार तथा सजाय नदिने संयुक्त राष्ट्रसंघको सन्धिमा सन् १९९१ मा नै हस्ताक्षर गरिसकेका कारण पनि संविधानमा मृत्युदण्डको व्यवस्था हुन सकेन् ।
तर सो सन्धिमा हस्ताक्षर गरेका अन्य देश मृत्युदण्ड दिँदा क्रूर र पीडादायी व्यवहार गर्न नपाउने हुनाले मृत्युदण्डका नयाँनयाँ उपायको खोजीमा लागेका छन् । नेपाल भने संयुक्त राष्ट्रसंघको सन्धिमा हस्ताक्षर गरेकै कारण मृत्युदण्डको कानून बनाउन सकिँदैन भनेर पन्छिरहेको छ ।
भर्खर हुर्कदै गरेकी १३ वर्षीया छोरी आफै जन्मिएको गाउँमा कहिलेबाट सुरक्षित हुन्छिन् ? यस्को जवाफ कोहिसँग पनि छैन । न त सरकारसँग छ । र कसैले दिन पनि सक्दैन् । भयावह र मुटु कमाउने यस्तो घट्ना अहिलेको यो २१ औं शताब्दीमा घट्नु भनेको सामान्य कुरा हैन ।
किन सोच्ने शक्ति नै क्षय भएको, हे पुरुष तिमीलाई जन्मदिने यहि नारी हो । जस्ले तिमीलाई १० महिना आफ्नो कोखमा बोकेर यो धर्ति देखाइरहेकी छिन् । तिमीलाई जीवनमा साथ दिने पनि नारी नै हो । तिम्रो हर दु:ख र खुशीमा नारीकै साथ मिल्छ । तिम्रो जीवनको सफलता र दिर्घायुको लागि पूजा गर्ने दिदीबहिनी पनि नारी नै हुन् । अनि तिनै दिदीवहिनी जस्तै कलिला बालिकामाथी कुन नजरले अपराध गर्न सक्यौ होला ! यतिबेला, निर्मला पन्ताको सामूहिक बलात्कार र निर्मम हत्याबाट सिंगो मुलुक स्तब्ध र तरंगित भएको छ । अर्कातिर अधिकांशको प्रश्न छ अब अपराधीलाई उन्मुक्ति कि फाँसी ?
निर्मलाको हत्यापछि सामाजिक संजालमा पोस्टिएका स्टेटस :
यो देशमा मेरी छोरी,म र कुनै पनि महिला सुरक्षित छन् भनेर म कसरी विश्वास गरुँ सरकार ? कन्चनपुरमा तेह्र वर्षिया बालिकामाथि भएको यो नृशंस घटनाले फेरि एकपटक हाम्रो समाजको संगीन अपराधिक चित्र सार्वजनिक गरेको छ । अपराधका वारदात देख्दा च्च्वुः च्च्वुः गर्ने तर आफ्नै माझमा राखेर अपराधीको संरक्षण गर्ने दोहोरो चरित्र छ हामीसँग ।हाम्रा भाइ,छोरा,बाउ,दाजु जो सुकै होऊन्, अपराधीको संरक्षण गरुन्जेल यस्ता घटना दोहोरिइरहन्छन् । यसपटक कन्चनपुरमा भएको जबर्जस्ती करणी र जघन्य हत्याका दोषी हाम्रै बिचका पुरुष हुन् ।यही समाजका उत्पादन । समाजले कस्तो पुरुष उत्पादन गर्दैछ ?यसबारे गम्भीर बन्नैपर्छ ।
22 hrs ·
Retweeted Rameshwar Bohara (@rambohara):
बलात्कार, बलात्कारपछि हत्या भनेको सभ्य समाजको निधारमा कलंकको टीका हो । यो अपराधमात्र होइन मानवताविरुद्धको अपराध हो । बिडम्बना त, समृद्धि–पथमा लम्केको सरकारलाई यो ‘सामान्य’ लाग्छ । अनि, विपक्षीलाई यो संसदमा उठ्नुपर्ने सार्वजनिक महत्वको विषय नै लाग्दैन ।
39 mins ·
"छोरी"जन्माएर बलात्कार हुन्छिन
भनेर नडराउनुस बरु"बलात्कार"
गर्ने"छोरो"छ भने"गर्भमा"नै मारेर
फालिदिनुस
"नारि"कुनै"खेलौना"होइन मन
लाग्यो"खेल्यो"अनि फाल्यो
नारिलाई"Rape"हैन"safe"गर.