Advertisement
Advertisement
Advertisement
Advertisement

अधुरै रह्यो छोरीको पहिलो कमाइ खाने देउसराको सपना

  |      14:02:00   |  
वेब तस्विर
वेब तस्विर

भानुभक्त आचार्य

असार २९, कैलाली ।  २१ वर्षीय छोरी मायालाई सम्झदै आमा देउसरा बिक सामूहिक कार्यक्रममै भक्काइन्। कैलालीको गौरिगंगा नगरपालिका –११ कटाकी माया दलित समुदायबाट पहिलो एसएलसी उत्तिर्ण गर्ने किशोरी थिइन्। उनले एसएलसी पास गर्दा गाउँमा मिठाइ बाँडिएको थियो।

 

 मायालाई उच्च शिक्षा बढ्ने ठुलो धोको थियो, चरम गरिबीमा गुज्रिरहेको उनको परिवारमा त्यो सहज थिएनन्। उनलाई पढाउन मायाकी आमा कुबेत गइन्। जेनतेन गरेर माया एसएलसी उत्तिर्ण भइनन्। त्यो उपलब्धी गाउँकै लागि हर्षको बिषय भयो। मायाले आमालाई अब आफू कमाउने भएको भन्दै कुबेत नजान आग्रह गरिन्।  गौरिगंगा नगरपालिकामा सामाजिक परिचालीकाको लागि आवेदन दिइन्। असार ३ गते उनी छनोट भइन्। असार ५ गते देखी काममा लागिन्।

 

 पहिलो महिनाको तलबले आमालाई ‘सरप्राइज’ दिने बताएकी माया काममा लागेको एक साता नपुग्दै बिदा भइन्। हत्या गरिएकी माया  बिक असार १२ गते कार्यालय जान भनेर घरबाट हिँडेकी  कार्यालय नगुग्दै बिच बाटोमै अपहरणमा परिन्। उनको हत्या गरियो । सामूहिक बलात्कार पछि हत्या भएको प्रहरीले पुष्टि ग¥यो। 

 

उनको हत्यामा संलग्नहरु पक्राउ परे। अहिले उनीहरु माथि मुद्धा चलिरहेको छ ।  २१ बर्षिय छोरी मायालाई सम्झिदै उनकि आमा देउसरा बिक बेलाबेलामा भक्कानिन्छिन्। पिडित परिवारहरुले बिहिबार मायाको हत्याराहरुलाई हदै सम्मको कारबाही होस् भन्दै धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेकाथिए।  पत्रकार सम्मेलन मायाकी आमाको रोदनले स्तब्ध बन्यो। हत्यारा उम्काउने प्रपंञ्च मायाका परिवारहरुले घटना मोड्ने प्रयास भइरहेको बताएका छन्। उनीहरुले हत्यारालाई कारबाही हुन नदिने योजना रहेको बताए। 

 

मृतकका ठुलोबुवा खडक बिकले भने ‘ती दानबहरु हुन्, केहीले उनीहरु निर्दोश छन् भन्ने पनि गरेको सुन्न आएको छ, यस्तो भयो भने हामी माथि अन्याय हुने छ।’ प्रगतिशिल शिक्षक मञ्च कैलालीका महासचिब डीबी सुनारले पनि घटनाका दोशीहरुलाई सफाइ दिने योजना बन्दै गरेको बताए। ‘केही राजनैतिक दलका ठुलै नेताहरुले उनीहरु निर्दोश रहेको बताउन थालेका छन् ।’ उनले भने ‘आवश्यक परे नाम पनि भनौंला।’  युवती हत्याको मुख्य योजनाकार ३० वर्षका गणेश बडुवाल, घटनामा संलग्न २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षका भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटीलाई प्रहरी पक्राउ गरेको छ।

 

  छोरा छोडेर छोरीलाई पढाए  माया बिक भन्दा जेठा एक जना दाजू र कान्छा एक जना भाइ छन्। चरम गरिबीका कारण दुबै दाजु भाइले १० सम्म पनि पढ्न पाएनन्। माया घर कि एक मात्रै छोरी।  बिगतमा छोरालाई बिद्यालय जान दिएर छोरीलाई घरमै राख्ने चलन तोड्दै मायाका परिवारले मायालाई बिद्यालय भर्ना गरे। चरम गरिबीले तीनै जनालाई पढाउन सम्भव भएन दुई दाजु भाइ बिचमै पढाइ छाडे, मायालाई परिवारले पढाइछाडे। 


 
मायाका बुवा हर्बबहादुर बिक दीर्घरोगी छन्। आमाले कुबेत गएर छोरी पढाइन्। पाचँ बर्ष कुबेतको बसाइ पछि छोरीले एसएलसी पास गरिन्। आमा गदगद हुदै बिदामा नेपाल आइन्।  आमालाई विदेश नजान मायाले सुझाव दिइन्। यहि आफूले कमाउने र पाल्ने बाताइन्। 

 

सांसदको माग मृत्युदण्ड : १२ गते अपहरणमा गरेर सामूहिक बलात्कार पछि हत्या गरिएकी मायाको हत्यामा संलग्नहरुलाई मृत्युदण्ड दिनु पर्ने प्रदेश सातका सांसदहरुले बताए। बिहिबार प्रदेशसभा सदस्य पूर्णा जोशीले त्यस्ता अपराधीहरुलाई पनि घटना अनुसारको कारबाही हुुनु पर्ने बताइन्। उनले भनिन् ‘यो जघन्य अपराध हो, अक्षम्य अपराधमा संलग्नहरुलाई फाँसि दिइनु पर्छ।’ नेपाली काग्रेसका सचेतक टेकबहादुर रैकाले पिडितलाई न्याय र दोशीलाई कारबाही दुबै हुनुपर्ने बताए । उनले भने ‘घरमा कमाउने सदस्यको हत्या भएको छ, परिवारमा बिचल्लि छ, हत्यारालाई मृत्युदण्ड र परिवारलाई क्षतिपुर्ती सहितको न्याय दिनुपर्छ।’

 

 प्रदेश सातकै सांसद दुर्गा बिकले पनि यस्ता घटनाका दोषीलाई मृत्युदण्डको सजाय नभए सम्म यस्ता अपराधमा कमी नआउने बताइन्। ‘सविंधानमा मृत्युदण्ड दिन नपाउने भनिएको छ, हामी केन्द्र सरकारसँग पहल गरेर त्यो संविधान संशोधनका लागि आवाज उठाउछौं।’ 

 

अपराधीले मुक्ति पाउँदैनन् :  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक बिनोद घिमिरेले माया बिकको हत्यामा संलग्नहरुले उन्मुक्ति नपाउने बताएका छन्। उनले भने ‘हामीले मुद्धा दर्ता गरेर अनुसन्धानलाई तिब्रता दिएका छौं अपराधी कुनै पनि हालतमा उम्किन पाउदैन।’ पासविक ढंगले युवतीको हत्या गर्नेहरूलाई मुलुकी ऐनअन्तर्गत तीनवटा अभियोगमा मुद्धा दर्ता गरेको प्रहरी उपरिक्षक घिमिरेले जानकारी दिए ।  ‘पक्राउ परेका पाँचैजनालाई ज्यान मार्ने कसुरमा सर्वस्वसहित जन्मकैद, जबरजस्ती करणीमा पाँचदेखि सात वर्षसम्म कैद र सामूहिक करणी गरेकाले थप पाँच वर्ष कैद हुने गरि मुद्धा दर्ता भएको छ ।’ उपरिक्षक घिमिरेले भने। उनीहरुको पहिलो पटक सात दिने म्याद थप गरेर फेरि म्याद थप भएको छ।

थाहा खबरबाट साभार


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement