Advertisement
Advertisement
Advertisement
Advertisement

अदितिको मोडलिङ करियरको यात्रा काठमाडौंदेखि मुम्बईसम्म

  |      22:46:00   |  
मोडल अदिति बुढाथोकी
मोडल अदिति बुढाथोकी

काठमाडौं। मोडल, फेसन ब्लगर र अब अभिनेत्रीका रुपमा पनि परिचय थपिएको छ, अदिति बुढाथोकीको । फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा पनि उनको लोकप्रियता उक्तिकै छ । उनले नेपाली रजतपटमा चलचित्र ‘कृ’ मार्फत् डेब्यु गर्दैछिन् र देखिने छिन् सिल्भर स्क्रिनमा अहिलेका युवापुस्ताका सर्वाधीक लोकप्रिय अभिनेता अनमोल के.सी.संग । मोडलिङको सिलसिलामा काठमाडौंदेखि मुम्बईको यात्रा तय गरेकी अदितिले मुम्बईमा आफ्नो प्रभाव राम्ररी जमाउन थालिसकेकी छिन् । हालै मात्र उनी अभिनीत गायक सन्दीप ब्रारको स्टेप कट् बोलको पन्जाबी म्युजिक भिडियो अहिले हटकेक बन्न पुगेको छ । युट्युबमा ख्याति कमाउँदै यो भिडियो रिलिजको छोटो समयमै दुई लाख भन्दा बढी पटक हेरिएको म्युजिक भिडियो बन्न सफल भएको छ र यसको दर्शक संख्या बढ्दो क्रममा रहेको छ ।

 

सुन्दर एवं चार्मिङ मुहार, ५ फिट ५ इन्च उँचाईको शरीरमा चिटिक्क मिलेको जिउडाल, सिम्पल शालीनदेखि स्टनिङ ग्ल्यामरस लुकमा उत्तिकै प्रभावकारी देखिन सकिने उनको क्षमता र प्रस्तुतिले उनलाई नेपाली र मुम्बईमा रहेका थुप्रै फेसन फोटोग्राफरहरुको लेन्समा कैद हुने अवसर प्रदान गरेको छ । जसमा उनी सफल र प्रभावकारी देखिएकी छिन् । महेश प्रधान, अन्जिल मास्के, शैसब किशोर श्रेष्ठ, ब्रायन राई, हेमंग फोटोग्राफीदेखि हितेश कनरिया, अमित अग्रवाल, अद्वेत वैद्य, फैजी अली, सर्दुल नवारे लगायतका भारतीय फेसन फोटोग्राफरका फोटोग्राफी कलाको शोभा बन्न सफल भएकी २४ वर्षिया अदिति आफ्नो फेसन ब्लग अदितिज् क्लोजेट मार्फत् फेसन सम्बन्धी लेखनमा र त्यसमार्फत् धेरैलाई पछिल्लो फेसन शैली बारे सजग गराउनमा पनि सक्रिय रहँदै आएकी छिन् ।

 

मुम्बईमा मोडलिङ गतिविधिमा प्रभावकारी बन्दै गएकी अदितिले जाबोङ डटकम, अमेजन डटकम जस्तो कहलिएको अनलाइन शपिङ देखि भायलेट फेसन, सिल्कभिल्ला, नवदुर्गा साडी लगायतको फेसन ब्रान्ड, जडाउ ज्वेलरी, ब्लिङ, श्री कल्पतारु ग्रुप लगायत विभिन्न ब्रान्डका लागि मोडलिङ गरिसकेकी छिन् । उनी सुनन्दा नामक भारतीय पत्रिकाको कभर गर्ल पनि बनिसकेकी छिन् । मोडल म्यानेजमेन्ट एजेन्सी टिएफएम इन्डियाकी मोडल पनि रहेकी अदिति भारतको चर्चित म्युजिक कम्पनी सोनी म्युजिकको तीन वटा म्युजिक भिडियोका लागि पनि अनुबन्धीत भइसकेकी छिन् । 

 

त्यसो त काठमाडौंमै पनि अदिति चिरपरिचित मोडलकै रुपमा गनिन्छिन् । केही फेसन शो र म्युजिक भिडियोमा देखिसकेकी अदिति नारी, नभ्यता, एम एण्ड एस लगायतका म्यागाजिनको कभर गर्ल बनिसकेकी छिन् भने साप्ताहिकको ब्लो अपको शोभा भइसकेकी हुन् । साप्ताहक जोय पपया सन ग्लाम हन्ट २०१३ की प्रतिस्पर्धी रहेकी अदिति सो प्रतियोगितामा वेष्ट स्कीन अवार्ड विजेता पनि हुन् । नेपाल फेसन सप्ताहको २०१५ प्रोमोसनल अभियानमा मुख्य मोडल बनेकी अदितिले कुवेर ज्वेलरी, द डानियल वेलिङटन नामक स्टाइलिस घडीका लागि पनि मोडलिङ गरिसकेकी छिन् । 

 

आईटीमा स्नातक डिग्री प्राप्त अदिति ईद सीरान, वन् डिरेक्सन सुन्न रुचाउँछिन् भने डिस्नी मुभीप्रति उनी बढी झुकाव राख्छिन् । घर पालुवा जनावरमा कुकुर मनपराउने अदिति शपिङका पनि उत्तिकै शौखिन हुन् । रातो र गोल्डेन उनको मनपर्ने कलर शेड्स हो उनको पहिरन चयनमा ब्ल्याक ड्रेस, जिन्स, व्हाइट शर्ट र भिन्टेज ड्रेस पर्दछ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement